अलेसिया काराकरिलो (जन्म: ११ जुलाई १९९६) अलेसिया काराको नामले परिचित, एक क्यानडेली गायिका, गीतकार र वाद्यवादक हुन्।[४] सामाजिक सञ्जाल तथा युट्युबमा केही गीतहरू गाएर सार्वजनिक गरेपछि उनले सन् २०१४ मा एपी मनोरञ्जन र डेफ ज्याम रेकर्डिङसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने पछि उनले एकल गीतहरू सार्वजनिक गर्न सुरु गरेकी थिइन्।[५][६] उनी द्वारा रचना तथा गायिएको "हियर" नामक गी क्यानडेली बिलबोर्ड हट १०० को शीर्ष १९ मा आएको थियो भने उनको स्लिपर नामक गीत अमेरिकी बिलबोर्ड हट १०० को शीर्ष ५ मा पर्न सफल भएको थियो।

अलेसिया कारा
कारा सन् २०१८ मा प्रदर्शन गर्दै
व्यक्तिगत विवरण
वास्तविक नामअलेसिया कारेसिलो
जन्म (1996-07-11) ११ जुलाई १९९६ (उमेर २७)[१]
ओन्टारियो, क्यानडा
उत्पत्तिओन्टारियो, क्यानडा
विधा
  • पप
  • समकालीन आर र बी
  • आत्मिय सङ्गीत
  • इन्डी पप
पेशा
  • गायिका
  • गीतकार
  • वाद्यवादक
वाद्ययन्त्र
  • गीतार
  • किबोर्ड
  • जुकल
  • पियानो
सक्रिय वर्षसन् २०१४–हाल
लेबल
  • इपी मनोरञ्जन
  • डेफ जाम रेकर्डिङ[२]
  • युनिभर्सल सङ्गीत क्यानडा[३]
सहयोगी
  • लोगिक
  • जेड
  • जोजो
  • एलेक बेन्जामिन
  • जोन लेभिन
  • सन मिन्डेज
  • पिङ्क
  • माइली साइरस
  • ट्रोइ सिभान
वेबसाइटalessiacara.com

काराले सन् २०१५ मा उनको "नो-इट-अल" नामक पहिलो साङ्गीतिक सङ्गालो सार्वजनिक गरिएको थियो जुन क्यानडेली एल्बम चार्टमा शीर्ष ८ मा र अमेरिकी बिलबोर्ड २०० चार्टमा शीर्ष ९ मा आउन सफल भएको थियो।[७][८] उक्त साङ्गीतिक सङ्गालो "स्कार्स टु योर ब्युटिफुल" नामक एकल गीत सन् २०१६ मा अमेरिकी बिलबोर्ड हट १००को शीर्ष ८ भित्र पर्न सफल भएको थियो। सन् २०१७ मा काराले अमेरिकी सङ्गीतकार जेडसँग सहकार्य गर्दै "स्टे" नामक एकल गीत सार्वजनिक गरेकी थिइन् भने सोही वर्ष उनले एक अमेरिकी गायक लोजिकसँग सहकार्य गर्दै "१-८०-२७३-८२५४" नामक एक गीत सार्वजनिक गरेकी थिइन्।[९] कारा सन् २०१८ को ग्र्यामी पुरस्कारका लागि नव कलाकारको रूपमा मनोनीत भएकी थिइन्। उनको सन् २०१८ मा द पेइन्स अफ ग्रोइङ नामक दोस्रो साङ्गीतिक सङ्गालो सार्वजनिक भएको थियो जसको "ट्रस्ट माई लोन्ली" र "ग्रोइङ पेइन्स" नामक गीतहरू सफल भएका थिए।

साङ्गीतिक कार्यकाल सम्पादन गर्नुहोस्

सन् २०१४–२०१७, कार्यकालको सुरुवात तथा "नो इट अल" नामक साङ्गीतिक सङ्गालो सम्पादन गर्नुहोस्

 
सन् २०१५ बाट काराको प्रचारक तस्वीर

सन् २०१४ मा उनी क्यानडाबाट संयुक्त राज्य अमेरिकामा सरुवा भइन् भने उनले त्यसपछि इपी मनोरञ्जन रेकर्डिङसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्।[१०] सन् २०१५ मा काराले उनको पहिलो "हियर" नामक एक आधिकारिक गीत डेफ जाम नामक एक अमेरिकी रेकर्डिङ संस्था मार्फत सार्वजनिक गरेकी थिइन् जसलाई एमटिभीले वर्णन गरेको थियो।[११] सन् २०१५ मेमा उक्त गीतलाई विभिन्न सञ्चार माध्यमहरूमा सुन्नै पर्ने गीतको रूपमा प्रशंसा प्राप्त गरेको थियो।[१२] सन् २०१५ मा उक्त गीतलाई २० सर्वोत्कृष्ट पप गीतको सूचीमा राखिएको थियो।[१३] एक अमेरिकी पत्रिका रोलिङ स्टोनले यस गीतलाई वर्ष समाप्तमा ५० उत्कृष्ट गीतहरूको सूचीमा सूचीकृत गरेको थियो। सन् २०१५ जुलाई २९ का दिन कारा जिमी फलोन द्वारा सञ्चालित द टुनाइट सोको अतिथिका रूपमा उक्त कार्यक्रममा देखा परेकी थिइन्।[१४] काराको हियर नामक गीत स्ट्रिमी पुरस्कारका लागि मनोनीत पनि भएको थियो। उनले पछि उक्त साङ्गीतिक सङ्गालो अन्तर्गत समावेश पाँच गीतहरू पनि सार्वजनिक गरेकी थिइन्।[१५] उनको नो-इट-अल नामक साङ्गीतिक सङ्गालो सन् २०१५ नोभेम्बर १३ का दिन सार्वजनिक गरिएको थियो।

सन् २०१६ को जनवरी देखि अप्रल महिनासम्म काराले उनक‍ पहिलो साङ्गीतिक सङ्गालोलाई विश्वव्यापी गराउनका लागि विभिन्न स्थानमा कार्यक्रम गर्ने जानकारी गराएकी थिइन् भने उनले सन् २०१६ को सुरुवात देखि मध्यसम्म अमेरिका तथा क्यानडाका विभिन्न सहरहरूमा आफ्नो प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।[१६] सन् २०१६ मा काराले जुनो पुरस्कार पनि प्राप्त गरेकी थिइन्।[१६] सन् २०१६ मार्च ७ का दिन काराले "वाइल्ढ थिङ्स" नामक एक गीतको आधिकरिक श्रृव्य दृश्य उनको आधिकारिक भिभो खाता तथा युट्युब मार्फत सार्वजनिक गरेकी थिइन्।[१७] सन् २०१६ को अप्रिलमा काराले बेलायती साङ्गीतिक समूह कोल्डप्ले द्वारा युरोप र उत्तर अमेरिकाका विभिन्न सहरहरूमा प्रस्तुत गर्ने प्रत्यक्ष प्रस्तुतमा सहायक कलाकारको रूपमन प्रस्तुत हुने जानकारी गराएकी थिइन्।[१८] सन् २०१६ जुन २३ मा दिन सार्वजनिक गरिएको गायक ट्रोय सिभानक‍ "वाइल्ड" नामक एक गीतको आधिकारिक श्रव्य दृश्यमा उनी समावेश भएकी थिइन्।[१९] डिज्नी पिक्चर द्वारा निर्माण गरिएको मोयना नामक चलचित्रका लागि काराले हाउ फार आइ विल गो नामक गीत गाएकी थिइन् जसलाई सन् २०२६ नोभेम्बर ३ का दिन काराको आधिकारिक युट्युब खाता मार्फत सार्वजनिक गरिएको थियो भने हाल यस गीतको श्रव्य दृश्यले २३ करोड अवलोकन प्राप्त गरेको छ।[२०] सन् २०१६ डिसेम्बर १५ का दिन काराले उनको एक गीतको आधिकारिक श्रव्य दृश्यको रूपमा "सेभेन्टिन" नामक गीत सार्वजनिक गरेकी थिइन्।[२१]

सन् २०१७ फेब्रुअरी ४ मा दिन आयोजित स्याटर्‍डे नाइट लाइभ कार्यक्रममा उनले आफ्ना केही गीतहरूको प्रत्यक्ष प्रस्तुत दिएकी थिइन्।[२२] सन् २०१७ अप्रिल १८ का दिन काराको "स्टे" नामक नयाँ साङ्गीतिक श्रव्य दृश्य युट्युब मार्फत सार्वजनिक गरिएक‍ थियो जसमा अमेरिकी सङ्गीतकार जेड पनि अटाएका छन्।[२३] लोजिक नामक एक गायकको एभ्रिडे नामक साङ्गीतिक सङ्गालोका लागि काराले "१-८००-२७३-८२५५" नामक गीतमा पनि लोजिकलाई साथ दिएकी थिइन्।[२४][२५] उक्त गीतलाई सन् २०१७ अप्रिल २८ का दिन सार्वजनिक गरिएको थियो जसमा अमेरिकी गायक तथा गीतकार खलिदको पनि केही भूमिका रहेको छ।[२६]

सन् २०१८–हाल: "द पेइन्स अफ ग्रोइङ" र "दिस समर" नामक साङ्गीतिक सङ्गालो सम्पादन गर्नुहोस्

 
सन् २०१८ मा कारा अस्ट्रेलियाको सिड्नीमा प्रस्तुति दिँदै

सन् २०१८ जनवरी २८ का दिन काराले उत्कृष्ट नव कलाकार विधामा ग्र्यामी पुरस्कार दित्न सफल भएकी थिइन् भने उक्त पुरस्कार जित्न उनी पहिलो क्यानडेली कलाकार पनि बन्न सफल भएकी थिइन्।[२७] सन् २०१८ जुन १ मा काराले सामाजिक सञ्जाल टुइटर मार्फत उनले तीन सेकेन्डको एक श्रव्य दृश्य सार्वजनिक गरेकी थिइन्।[२८] जुन ९ का दिन उनले आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल मार्फत उनको आउँदो गीतको शब्द दर्शक तथा श्रेताका माझ सार्वजनिक गरेकी थिइन्।[२९][३०][३१][३२][३३] उनले पछि उनको केही गीतहरूको छोटो अंश सार्वजनिक गरेपछि सन् २०१८ जुन ११ का दिन उनले उनको उक्त गीतको‍ बाहिरी आवरण तथा केही शब्दहरू पनि सार्वजनिक गरेकी थिइन् जसलाई पछि सन् २०१८ जुन १५ का दिन "ग्र‍इङ पेइन्स" नामक शीर्षक दिई सार्वजनिक गरिएको थियो।[३४][३५] उक्त गीतको आधिकारिक श्रव्य दृश्य सन् २०१८ जुन २० का दिन सार्वजनिक गरिएको थियो जुन सन् २०१८ एमटिभी भिएमएसको उत्कृष्ट चलचित्रता विधामा मनोनीत भएको थियो।[३६][३७][३८] सन् २०१८ मा उनले एल्टन जोनको "आई गेस देट्स ह्वाई दे कल इट द ब्लुज" नामक गीतलाई आफैले गाएकी थिइन्।[३९][४०]

सन् २०१८ जुलाई १० का दिन उनले एक नयाँ गीत सार्वजनिक गर्ने जानकारी गराएकी थिइन् जसलाई उनी आफैले लेखेकी हुन् भने त्यसको निर्माण पनि उनी आफैले गरेकी थिइन्।[४१] उक्त गीतलाई सन् २०१८ जुलाई ११ का दिन "अ लिटल मोर" नामक शीर्षक दिई सामाजिक सञ्जाल तथा युट्युबमा सार्वजनिक गरिएको थियो भने सोही दिन उक्त गीतको आधिकारिक श्रव्य दृश्य पनि सार्वजनिक गरिएको थियो।[४२][४३] सन् २०१८ सेप्टेम्बर २९ का दिन क्यानडेली फुटबल लिगले १०६औँ ग्रे कप अन्तर्गत खेलको विश्राम समयमा केही सङ्गीतहरूको प्रत्यक्ष प्रस्तुत दिने जानकारी गराएको थियो।[४४][४५] सन् २०१८ मा काराले एक इटालेली गायक इरोज रामाजोट्टीसँग सहकार्य गर्दै इरोजको भिटम सिनेइ नामक साङ्गीतिक सङ्गालोका लागि "भेल पर सामपारे" नामक गीतमा आवाज दिएकी थिइन्।[४६][४७] सन् २०१८ अक्टोबर ५ मा काराको "ट्रस्ट माई लोन्ली" नामक एक एकल गीत सार्वजनिक भएको थियो भने उक्त गीतको आधिकारिक श्रव्य दृश्य पनि सोही दिन सार्वजनिक गरिएको थियो।[४८] सन् २०१८ नोभेम्बर ८ का दिन बेबिज नामक एक साङ्गीतिक श्रव्य दृश्यमा उनको उपस्थिति देखिएको थियो। सन् २०१८ नोभेम्बर १३ का दिन काराको "नट टुडे" नामक एक गीत सार्वजनिक गरिएको थियो।[४९] काराको दोस्रो साङ्गीतिक सङ्गालो सन् २०१८ नोभेम्बर ३० का दिन सार्वजनिक गरिएको थियो भने उक्त गीत सार्वजनिक भएको दुई घण्टामै युएस आइट्युन्स पप सङ्गीतको सूचीमा शीर्ष स्थानमा आउन सफल भएको थियो।[५०][५१] उक्त गीतले राम्रो सुरुवात गरेतापनि उनको दोस्रो साङ्गीतिक सङ्गालो भने बिलबोर्ड २०० तालिकामा ७१औँ स्थानमा पर्न सफल भएको थियो।[५२] सन् २०१९ सेप्टेम्बरमा काराले उनको दिस समर नामक साङ्गीतिक सङ्गालोमा समावेश "एभ्री कपल अफ विक" नामक गीत सार्वजनिक गरेकी थिइन्।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Van Evra, Jennifer (जनवरी २९, २०१८), "12 things you need to know about Alessia Cara, Canada's first-ever best new artist Grammy winner" (अङ्ग्रेजीमा), सिबिएस रेडियो, अन्तिम पहुँच जुलाई १०, २०१८ 
  2. Caramanica, Jon (मे १९, २०१५), "Alessia Cara Speaks Up for the Outsiders on 'Here'", The New York Times, अन्तिम पहुँच जुन १, २०१५ 
  3. https://www.billboard.com/articles/business/7767524/universal-music-canada-relocating-rock-star-building-toronto
  4. "11 Celeb Names You're Totally Pronouncing Wrong", सेभन्टिन पत्रिका, जुलाई ३१, २०१७, अन्तिम पहुँच नोभेम्बर १९, २०१७ 
  5. Thurmond, Alexandra (मे २०१५), "Sound Scout: Alessia Cara is the 18-year-old Singer-Songwriter We Cant Get Enough Of", Teen Vogue, अन्तिम पहुँच जुन १, २०१५ 
  6. "SPIN Singles Mix: Titus Andronicus, Vince Staples, Miguel, and More", SPIN Magazine, मे ५, २०१५, अन्तिम पहुँच मे १२, २०१५ 
  7. Zeichner, Naomi (अप्रिल २७, २०१५), "Every Introvert Needs To See This Song", The Fader, अन्तिम पहुँच मे १२, २०१५ 
  8. Lewis, Brittany (अप्रिल २८, २०१५), "Alessia "Here" (New Music)", Global Grind, अन्तिम पहुँच मे १२, २०१५ 
  9. "Grammys 2018: Alessia Cara Wins Best New Artist", Pitchfork (अङ्ग्रेजीमा), अन्तिम पहुँच जनवरी २९, २०१८ 
  10. "New Songs: Alessia Cara - Here", cutfromsteel.com, मे ४, २०१५, मूलबाट मे ७, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १२, २०१५  वेब्याक मेसिन अभिलेखिकरण मे ७, २०१५ मिति
  11. Thompson, Eliza (मे १, २०१५), "The 8 Songs You Need to Hear This Week", कस्मोपोलिटान्ट पत्रिका, अन्तिम पहुँच मे १२, २०१५ 
  12. Zorgel, Aaron (अप्रिल ३०, २०१५), "Northern Touch: The Best Canadian Songs of April", कम्प्लेक्स, अन्तिम पहुँच मे १२, २०१५ 
  13. Lipshutz, Jason (११ जुन २०१५), "20 Pop Songs You Need For Your Summer Playlist", बिलबोर्ड, अन्तिम पहुँच ९ मार्च २०२० 
  14. "50 Best Songs of 2015", रोलिङ स्टोन, ३ डिसेम्बर २०१५, अन्तिम पहुँच ९ मार्च २०२० 
  15. Unterberger, Andrew (जुलाई ३०, २०१५), "Alessia Cara Makes TV Debut Playing 'Here' With the Roots on 'Fallon", स्पिन पत्रिका, स्पिन मिडिया, अन्तिम पहुँच अगस्ट १९, २०१५ 
  16. १६.० १६.१ "5th Annual Nominees", स्ट्रिमी पुरस्कार, अगस्ट १२, २०१५, अन्तिम पहुँच अगस्ट २४, २०१५ 
  17. Ward, Kat (३ सेप्टेम्बर २०१५), "Alessia Cara: The Budding Pop Star Who's Making Introversion Cool", पेपर पत्रिका, अन्तिम पहुँच ९ मार्च २०२० 
  18. Geslani, Michelle (१६ नोभेम्बर २०१५), "Alessia Cara announces North American tour", कन्सिक्वेन्सेस अफ साउन्ड, अन्तिम पहुँच ९ मार्च २०२० 
  19. "Jack Garratt tops BBC Sound of 2016 list", बीबीसी, ८ जनवरी २०१६, अन्तिम पहुँच ९ मार्च २०२० 
  20. Rayner, Ben (२ अप्रिल २०१६), "The rapid rise of Brampton star Alessia Cara", टोरन्टो स्टार, अन्तिम पहुँच ८ मार्च २०२० 
  21. Spanos, Brittany (७ मार्च २०१६), "Watch Alessia Cara's Youthful, Celebratory 'Wild Things' Video", रोलिङ स्टोन, अन्तिम पहुँच ९ मार्च २०२० 
  22. Yoo, Noah (अप्रिल ८, २०१६), "Coldplay Expand U.S. Tour, Alessia Cara to Join", पिचफोर्क, Condé Nast, अन्तिम पहुँच अप्रिल ९, २०१६ 
  23. TroyeSivanVEVO (जुलाई २२, २०१६), Troye Sivan - WILD (Official Video) ft. Alessia Cara, अन्तिम पहुँच नोभेम्बर १४, २०१८ 
  24. Tarnoff, Brooke, "Watch How Far Alessia Cara Did Go on 'Saturday Night Live'", बिलबोर्ड (पत्रिका), अन्तिम पहुँच फेब्रुअरी २३, २०१७ 
  25. LogicVEVO (अगस्ट १७, २०१७), Logic - 1-800-273-8255 ft. Alessia Cara, Khalid, अन्तिम पहुँच नोभेम्बर १४, २०१८ 
  26. Ashley Lee, "'Moana': Alessia Cara Sings Lin-Manuel Miranda's Anthem 'How Far I'll Go' in New Music Video", बिलबोर्ड, November 3, 2016.
  27. "Alessia Cara Teases New Single "Growing Pains" with Lyric Guessing Game", exclaim.ca (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुन ११, २०१८ 
  28. "Alessia Cara Announces 'Growing Pains,' First Song Off Her Sophomore Album", बिलबोर्ड, अन्तिम पहुँच जुन १३, २०१८ 
  29. "Alessia Cara Drops Dystopian 'Growing Pains' Music Video: Watch", बिलबोर्ड, अन्तिम पहुँच जुन २३, २०१८ 
  30. Thompson, Rita (जुलाई १०, २०१८), "Alessia Cara Announces New Song 'A Little More,' to Be Released on Her Birthday", बिलबोर्ड, अन्तिम पहुँच अक्टोबर १९, २०१८ 
  31. Bargiela, Sara (जुलाई १२, २०१८), "Alessia Cara reveals new video for A Little More", इन्टरटेन्मेन्ट फोकस, अन्तिम पहुँच अक्टोबर १९, २०१८ 
  32. "ALESSIA CARA on Instagram: "I made a song in my basement and thought I'd release it tomorrow as a small gift for my birthday. "a little more"—written & produced by me...."", इन्स्टाग्राम, अन्तिम पहुँच जुलाई ११, २०१८ 
  33. "Alessia Cara- A Little More (Official Video)", जुलाई ११, २०१८, अन्तिम पहुँच जुलाई ११, २०१८ 
  34. "Alessia Cara to headline 2018 Grey Cup halftime show", सिबिसी समाचार (en-USमा), अन्तिम पहुँच अक्टोबर २, २०१८ 
  35. "Eros Ramazzotti, ecco il video di 'Vita ce n'è'" (इटालेलीमा), रेडियो १०५ सञ्जाल, अक्टोबर १९, २०१८, अन्तिम पहुँच नोभेम्बर ४, २०१८ 
  36. Dresdale, Andrea (सेप्टेम्बर २८, २०१८), "Alessia Cara announces new song, "Trust My Lonely," via bizarre Instagram video", एबिसी समाचार, अन्तिम पहुँच सेप्टेम्बर ३०, २०१८  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर २९, २०१८ मिति
  37. Glicksman, Josh (अक्टोबर ८, २०१८), "Alessia Cara Drops Colorful Video for 'Trust My Lonely': Watch", बिलबोर्ड पत्रिका, अन्तिम पहुँच अक्टोबर १९, २०१८ 
  38. SuperDuperKyle (नोभेम्बर ८, २०१८), KYLE - Babies feat. Alessia Cara [Official Music Video], अन्तिम पहुँच नोभेम्बर १४, २०१८ 
  39. AlessiaCaraVEVO (नोभेम्बर १३, २०१८), Alessia Cara - Not Today (Lyric Video), अन्तिम पहुँच नोभेम्बर १४, २०१८ 
  40. Arcand, Rob (अक्टोबर २६, २०१८), "Alessia Cara Unveils The Pains of Growing Album Art, Tracklist", स्पिन पत्रिका, अन्तिम पहुँच अक्टोबर २६, २०१८ 
  41. "Alessia Cara World on Twitter", Twitter (अङ्ग्रेजीमा), अन्तिम पहुँच नोभेम्बर ३०, २०१८ 
  42. "Top 40/M Future Releases", All Access Media Group, मूलबाट जनवरी २७, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ३, २०१९ 
  43. "Top 40/M Future Releases", अल एक्सेस मिडिया समूह, मूलबाट जनवरी २७, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ३, २०१९ 
  44. https://www.axs.com/alessia-cara-announces-fall-2019-tour-and-new-ep-this-summer-138260
  45. http://abcnewsradioonline.com/music-news/2019/7/22/alessia-cara-releases-new-single-ready-announces-fall-tour-d.html वेब्याक मेसिन अभिलेखिकरण २०२०-०७-२५ मिति
  46. @alessiacara (जुलाई १८, २०१९), "caught the writing bug out of the blue and made an EP. it's called This Summer. I'll be releasing a new track every couple of weeks until its release. the first song, Ready, will be out July 22nd." (ट्विट), अन्तिम पहुँच जुलाई १९, २०१९ट्विटरद्वारा। 
  47. Aniftos, Rania (जुलाई १८, २०१९), "Alessia Cara Announces New 'This Summer' EP & First Single 'Ready'", बिलबोर्ड, अन्तिम पहुँच जुलाई १९, २०१९ 
  48. ac (अगस्ट ७, २०१९), "Rooting For You. This Friday.pic.twitter.com/cLGVbr7MML", @alessiacara (अङ्ग्रेजीमा), अन्तिम पहुँच अगस्ट ९, २०१९ 
  49. "ALESSIA CARA on Instagram: "OKAY OKAY. this Friday."", अन्तिम पहुँच अगस्ट २९, २०१९ – इन्स्टाग्रामद्वारा। 
  50. http://www.mtv.com/news/3137815/alessia-cara-october-song/
  51. https://www.upi.com/Entertainment_News/Music/2019/09/03/Alessia-Cara-releases-new-song-October-from-upcoming-EP/8391567512581/
  52. https://wiky.com/news/articles/2019/oct/01/alessia-cara-documents-her-time-touring-with-shawn-mendes-in-october-music-video/942954/[dead link]

बाह्य कडीहरू सम्पादन गर्नुहोस्