अर्ग्यानिक रेङ्किन चक्र
थर्मल इन्जिनियरिङ, अर्ग्यानिक रेङ्किन चक्र (ORC, ओआरसी) एक प्रकारको थर्मोडायनामिक चक्र एक प्रकार हो। यो रेङ्किन चक्र को एक प्रकार हो जसमा कार्बनिक, उच्च-आणविक-द्रव्यमान (पानी तुलनामा) भएको तर वाष्पीकरण तापमान पानीको भन्दा कम भएको तरल पदार्थको प्रयोग हुन्छ। तरल पदार्थले कम तापमान स्रोतहरू जस्तै बायोमास दहन, औद्योगिक फोहोर , भू-तापीय उर्जा, सौर्य पोखरी आदिबाट तातो रिकभरीलाई प्रयोग गर्न सकिन्छ। कम तापमानको ताप उपयोगी कार्यमा रूपान्तरण हुन्छ, जुनलाई बिजुलीमा रूपान्तरण गर्न सकिन्छ।
यो प्रविधिको बिकास सन् १९५० को दशकको उत्तरार्धमा लुसिएन ब्रोनीकी र ह्यारी ज्वी ताबोरद्वारा गरिएको थियो।[१]
नाफ्था इन्जिन, सिद्धान्तमा ओआरसीसँग मिल्दोजुल्दो तर अन्य उपायोगहरूका लागि विकास गरिएको थियो, सन् १८९० को दशकको पूर्वार्धमा प्रयोगमा थिए।
अर्ग्यानिक रेङ्किन चक्रको कार्य सिद्धान्त
सम्पादन गर्नुहोस्उपयोगिता
सम्पादन गर्नुहोस्अर्ग्यानिक रेन्किन चक्र प्रविधिको को धेरै सम्भावित उपायोगिताहरू छन्, र विश्वव्यापी रूपमा स्थापित क्षमताको २.७ गिगावाटभन्दा बढी र ६९८ पहिचान गरिएको पावर प्लान्टहरू छन्।[२] ती मध्ये, सबैभन्दा व्यापक र आशाजनक क्षेत्रहरू निम्न हुन्ः [३]
अपशिष्ट गर्मी पुनर्प्राप्ति
सम्पादन गर्नुहोस्बायोमास पावर प्लान्ट
सम्पादन गर्नुहोस्बायोमास विश्वभर उपलब्ध छ र यसलाई साना देखि मध्यम आकारका पावर प्लान्टहरूमा बिजुली उत्पादन गर्न प्रयोग गर्न सकिन्छ। वाष्प बोइलर जस्ता मेसिनरीका उच्च विशिष्ट लगानी लागतको समस्या अर्ग्यानिक रेङ्किन चक्र पावर प्लान्टहरूमा समाधान हुन्छ। अर्को फाइदा भनेको कार्यकारी तरल पदार्थको विशेषताहरूको कारणले गर्दा मेसिनको सञ्चालन आयु वाष्प टर्बाइन को तुलनामा लामो हुन्छ। अर्ग्यानिक रेङ्किन चक्र प्रक्रियाले धेरै क्षेत्रहरूमा उपलब्ध इन्पुट इन्धनको अपेक्षाकृत सानो मात्रालाई हटाउन पनि मद्दत गर्दछ किनभने सानो आकारका कुशल पावर प्लान्ट सम्भव छ।
जियोथर्मल प्लान्ट
सम्पादन गर्नुहोस्सौर तापीय शक्ति
सम्पादन गर्नुहोस्नवीकरणीय र दिगो बिजुली उत्पादन गर्नका लागि अर्ग्यानिक र्याङ्काइन चक्रलाई सौर्य थर्मल कलेक्टरहरूसँग जोड्न सकिन्छ। यी प्लान्टहरू पानी-वाफ चक्रको साथ CSP सँग मिल्दोजुल्दो छन् तर तिनीहरूले तल्लो तापमान स्तरहरूमा काम गर्छन् जसले प्याराबोलिक ट्रफ कलेक्टर र रैखिक फ्रेस्नेल रिफ्लेक्टरहरू जस्ता सौर्य कन्क्नेट्रेटिंग प्रविधिहरूको शोषण सम्भव बनाउँदछ।
अर्ग्यानिक र्याङ्काइन चक्रले कम क्षमता र कम कलेक्टर तापमान मा बिजुली उत्पादन गर्न सकिन्छ, र यसैले कम लागत, साना स्केल विकेन्द्रीकृत CSP एकाइहरूको लागि सम्भावना रहन्छ। अर्ग्यानिक र्याङ्काइन चक्रले थर्मल ऊर्जा भण्डारणले सुसज्जित हाइब्रिड CSP-PV प्रणालीहरूलाई उनीहरूको तात्कालिक बिजुली उत्पादनको ७०% सम्मको माग रिकभरी प्रदान गर्न सक्षम बनाउँछ, र अन्य प्रकारका विद्युतीय भण्डारणहरूको लागि एकदमै प्रभावकारी विकल्प हुन सक्छ।
पवन ऊर्जा
सम्पादन गर्नुहोस्कार्यशील तरल पदार्थका उदाहरणहरू
सम्पादन गर्नुहोस्- क्लोरोफ्लोरो कार्बन: ओजोन ह्रासको कारण मोन्ट्रियल प्रोटोकल द्वारा प्रतिबन्धित (जस्तै R-11, R-12)
- हाइड्रोक्लोरो फ्लोरो कार्बन: मोन्ट्रियल प्रोटोकलमा कोपेनहेगन संशोधनको कारण चरणबद्ध रूपमा बाहिर (जस्तै R-22, R-123)
- हाइड्रोफ्लोरो कार्बन(जस्तै R134a, R245FA)
- हाइड्रोकार्बन: ज्वलनशील, ग्यास प्रसंस्करण सुविधाहरूको सामान्य उप-उत्पादनहरू (जस्तै isobutane, pentane, propane)
- पीएफसीहरू[४]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Harry Zvi Tabor, Cleveland Cutler, Encyclopedia of the Earth, 2007.
- ↑ T. Tartiere, "ORC World Map", अन्तिम पहुँच १६ अगस्ट २०१६।
- ↑ Quoilin, Sylvain; Broek, Martijn Van Den; Declaye, Sébastien; Dewallef, Pierre; Lemort, Vincent (२०१३), "Techno-economic survey of Organic Rankine Cycle (ORC) systems" (PDF), Renewable and Sustainable Energy Reviews 22: 168–186, डिओआई:10.1016/j.rser.2013.01.028, अन्तिम पहुँच २०१३-०३-०२।
- ↑ "TURBODEN - Organic Rankine Cycle systems"।