अरुण गोविल

भारतीय अभिनेता

अरुण गोभिल ( /ɑːrun ɡvɪl/; जन्म: सन् १९५८ जनवरी १२) एक भारतीय अभिनेता हुन्। उनी हिन्दी चलचित्र र टेलिभिजनमा काम गर्छन्। उनी टेलिभिजन शृङ्खला रामायण (सन् १९८७-१९८८) मा भगवान रामको चित्रणका लागि परिचित छन्। उनी 'पहेली' (१९७७), 'सावन को आने दो' (१९७९), 'साँच को आँच नहीं' (१९७९), 'जिओ तो ऐसे जियो' (१९८१), 'हिम्मतवाला' (१९८३) र 'दिलवाला' (१९८६) जस्ता हिन्दी चलचित्रहरूमा अभिनय गरेका छन्।

अरुण गोविल
गोविल सन् २०२२ मा
जन्म (1958-01-12) १२ जनवरी १९५८ (उमेर ६६)
मेरठ, उत्तर प्रदेश, भारत
पेशाअभिनेता
कार्यकालसन् १९७७–वर्तमान
राजनीतिक दलभारतीय जनता पार्टी
जीवनसाथीश्रीलेखा गोविल
सन्तान
आफन्ततबस्सुम (भाउजु)

बाल्यकाल सम्पादन गर्नुहोस्

अरुण गोविलको जन्म सन् १९५८ जनवरी १२ मा उत्तर प्रदेशको मेरठमा भएको थियो।[१][२][३] आफ्नो किशोरावस्था उत्तर प्रदेशको शाहजहानपुरमा बिताएका थिए। उनको बुबाले उनलाई सरकारी कर्मचारी बनाउन चाहन्थे तर अरुण भने अन्य क्षेत्रमा काम गर्न चाहन्थे।[४]

अरुणका बुबा चन्द्रप्रकाश गोविल सरकारी अधिकारी थिए। अरुण ६ दाजुभाइ र दुई बहिनीमध्ये चौथो हुन्। उनको जेठा भाइ विजय गोविलले तबस्सुमसँग विवाह गरेका छन्। तबस्सुम पूर्व बाल अभिनेत्री र दूरदर्शनबाट प्रसारित गरिएको 'फूल खिले हैं गुलशन गुलशन' नामक पहिलो बलिउड सेलिब्रेटी वार्तालाप कार्यक्रमको प्रस्तोता हुन्, जुन २१ वर्षसम्म चलेको थियो। [५]

करियर सम्पादन गर्नुहोस्

सन् १९७५ मा अरुण आफ्नो भाइको व्यवसायमा सामेल हुन मुम्बई गएका थिए।[६] कलेजमा नाटक गरेपछि उनले अभिनय क्षेत्रमा काम गर्ने निर्णय गरेका थिए। गोविलले भारतीय सिनेमामा पहिलो ब्रेक सन् १९७७ को चलचित्र 'पहेली' मा पाएका थिए जब उनको भाउजु तबस्सुमले ताराचन्द बडजात्यासँग उनको परिचय गराएकी थिइन्।[७] कनक मिश्राको 'सावन को आने दो' (१९७९) र सत्येन बोसको 'साँच को आँच नहीं' (१९७९) मा अभिनय गरेपछि उनी दर्शकमाझ लोकप्रिय हुन पुगेका थिए।[८][९] उनले रामानन्द सागरद्वारा निर्देशित 'विक्रम और बेताल' (१९८५) बाट सानो पर्दामा पदार्पण गरेका थिए।[१०] त्यसपछि उनलाई सागरको टिभी शृङ्खला 'रामायण' (१९८६) मा भगवान रामको भूमिकामा अभिनय गरिएको थियो, जसको लागि उनले १९८८ मा प्रमुख भूमिकाको श्रेणीमा उत्कृष्ट अभिनेतामा अपट्रोन अवार्ड जितेका थिए।[११][६][१२]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

गोविलले अभिनेत्री श्रीलेखासँग विवाह गरेका छन्।[१३][१४] उनीहरूका दुई सन्तान सोनिका र अमल छन्।[१४][१५] सन् २०२१ मार्च १८ मा उनी भारतीय जनता पार्टीमा सामेल भएका थिए।[१६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Birthday wishes for Amit, Navina, Yash and Arun", Tellychakkar Dot Com (अङ्ग्रेजीमा), २०१२-१०-३०, अन्तिम पहुँच २०२०-०२-१८ 
  2. "Arun Govil movies, filmography, biography and songs - Cinestaan.com", Cinestaan, अन्तिम पहुँच २०१८-०४-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-०२ मिति
  3. "Arun Govil - BollywoodMDB", www.bollywoodmdb.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-०१ 
  4. "Arun Govil: the first Ram", www.hindustantimes.com (अङ्ग्रेजीमा), २०१४-१०-१८, अन्तिम पहुँच २०१८-११-१० 
  5. "Nargis, Meena Kumari, Madhubala, Suraiya... they all loved me", www.rediff.com, अन्तिम पहुँच २०१८-११-११ 
  6. ६.० ६.१ "Arun Govil: the first Ram", www.hindustantimes.com (अङ्ग्रेजीमा), २०१४-१०-१८, अन्तिम पहुँच २०१८-११-१० "Arun Govil: the first Ram". www.hindustantimes.com. 18 October 2014. Retrieved 10 November 2018.
  7. "Paheli (1977) - Review, Star Cast, News, Photos | Cinestaan", Cinestaan, अन्तिम पहुँच २०१८-११-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-११ मिति
  8. "Sawan Ko Aane Do (1979) - Review, Star Cast, News, Photos | Cinestaan", Cinestaan, अन्तिम पहुँच २०१८-११-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-११ मिति
  9. "Saanch Ko Aanch Nahin (1979) - Review, Star Cast, News, Photos | Cinestaan", Cinestaan, अन्तिम पहुँच २०१८-११-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-११ मिति
  10. "Vikram Aur Betaal: It was great storytelling with a twist", www.hindustantimes.com (अङ्ग्रेजीमा), २०१६-०५-१२, अन्तिम पहुँच २०१८-११-१० 
  11. "I would never regret playing lord Ram: Arun Govil - Times of India", The Times of India, अन्तिम पहुँच २०१८-११-११ 
  12. "Recent news", www.friendsofprasarbharati.org, अन्तिम पहुँच २०१८-११-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-०१ मिति
  13. "Arun Govil with his wife Shrilekha", Photo Gallery, अन्तिम पहुँच जुन १९, २०२० 
  14. १४.० १४.१ Ekta Chanana (अक्टोबर १५, २०२१), "Arun Govil real life Sita, Shreelekha", Bollywood Shaadi's 
  15. "Remember Arun Govil Who Played Ram In The First Ever 'Ramayana'? His Daughter Is All Grown Up Now!", PagalParrot (en-USमा), २०१८-०१-१६, मूलबाट ११ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-११-११  वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-११ मिति
  16. "Arun Govil of Ramayana fame joins BJP", The Indian Express (अङ्ग्रेजीमा), २०२१-०३-१८, अन्तिम पहुँच २०२१-०३-१९