संपथवाडुगे रोहिता सिल्भा (अङ्ग्रेजी: Amal Silva, जन्मः १२ डिसेम्बर १९६०, मोरातुवा, श्रीलङ्का) एक पूर्व श्रीलङ्काका क्रिकेट टिमका खेलाडी हुन । उनले सन् १९८३ देखि १९८८ सम्म ९ टेस्ट र २० एक दिवसिय खेल खेलेका थिए । उनी टिमका विकेटकिपर तथा वाया हातबाट बल गर्ने खेलाडी साथै श्रीलङ्काको लागि शुरूवात पंत्तीमा खेल्ने खेलाडी हुन् ।

अमाल सिल्भा
අමල් සිල්වා
व्यक्तिगत जानकारी
नामसंपथवाडुगे अमाल रोहिता सिल्भा
जन्मDid not recognize date. Try slightly modifying the date in the first parameter. (age त्रुटि: मान्य वर्ष, महिना, दिन आवश्यक छ)
मोरातुवा, कोलंबो, श्रीलङ्का
ब्याटिङवाँया हात प्रयोग गर्ने खेलाडी
बलिङराइट आर्म ऑफ़ ब्रेक
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २३)११ मार्च १९८३ v न्यूजिल्याण्ड
अन्तिम टेस्ट२५ अगस्त १९८८ v इङ्ल्यान्ड
एदिअ पदार्पण (क्याप ३९)३ नोभेम्बर १९८४ v न्यूजिल्याण्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२५ अक्टोबर १९८४ v पाकिस्तान
खेल जीवन तथ्याङ्क
Competition टेस्ट एक दिवसीय अन्तर्राष्ट्रीय
Matches २०
Runs scored ३५३ ४४१
Batting average २५.२१ २२.०५
100s/50s २/- -/३
Top score १११ ८५
Balls bowled - -
Wickets - -
Bowling average - -
5 wickets in innings - -
10 wickets in match - n/a
Best bowling - -
Catches/stumpings ३३/१ १७/३
स्रोत: क्रिकइन्फो, १७ नोभेम्बर २०१७

उनले आफ्नो खेल जीवन भर जम्मा २९ खेल खेलेका थिए । जसमा ९ टेस्ट क्रिकेट र २० एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल समावेश छन् । उनको खेल जीवनको उच्च प्रर्दशन १११ रन टेस्टमा तथा ८५ रन एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा बनाएका थिए ।

शिक्षा सम्पादन गर्नुहोस्

अमाल सिल्वाले प्रिंस आँफ वेल्स क्याम्पस र सेन्ट पिटर क्याम्पसमा आफ्नो शिक्षा पूरा गरेका थिए ।[१]

अन्तर्राष्ट्रिय क्रिकेट खेल जीवन सम्पादन गर्नुहोस्

अमाल सिल्वाले अन्तराष्ट्रिय क्रिकेटमा पेशागत जीवनको शुरूवात सन् १९८३ को मार्च ११ देखि टेस्ट खेलबाट गरेका थिए । उनको पहिलो खेल न्युजिल्याण्डको विरूद्ध खेलेका थिए । सन् १९८४ मा एलभिस घाइते भए पश्चात सिल्भाले इङ्ल्यान्डको खेलमा सामेल भएका थिए । उनको पहिलो टेस्ट खेल लड्समा उनले १०२ रन बनाएका थिए । यस प्रदर्शनको कारण उनले भारतसँगको अर्को टेस्ट खेलमा समेत सामेल गराइएको थियो । उनको पहिलो टेस्ट खेलमा उनले ९ क्याच समातेका थिए भने देश्रो टेस्टमा ८ क्याच समात्नुका साथै आफ्नो खेल जीवनको सर्वाधिक रन १११ समेत बनाउका थिए । उनले टेस्ट सिरिजमा २२ आउटको साथ खेल सम्पन्न गराएका थिए, जुन श्रीलङ्काको खेलको रेकर्ड समेत हो ।

टेस्ट खेलको खेल जीवन सम्पादन गर्नुहोस्

अमाल सिल्वाले आफ्नो क्रिकेट खेल जीवनको शुरूवात टेस्ट खेलबाट गरेका थिए । उनले आफ्नो खेल जीवनमा ९ टेस्ट खेलहरू खेलेका थिए । जसमा उनले २५.२१ दरको औषतमा ३५३ रन बनाएका थिए । उनको खेल जीवनमा बनाएका ३५३ रनमा दुई वटा सय रन सामिल छ । उनको टेस्ट खेलमा सर्वाधिक १११ रकम बनाएका थिए । उनले विकेटकिपरको रूपमा ३३ क्याच र १ स्टम्प गरेका थिए ।

एक दिवसीय अन्तर्राष्ट्रि क्रिकेट खेल जीवन सम्पादन गर्नुहोस्

अमाल सिल्वाले आफ्नो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल जीवनको शुरूवा सन् १९८४ को न्यूजिल्याण्ड विरूद्धको खेलबाट गरेका थिए र अन्तिम खेल सन् १९८५ को अक्टोबर २५ को पाकिस्तान विरूद्धको खेल खेलेका थिए ।

उनले आफ्नो पूरै खेल जीवनमा कुल २० अन्तर्राष्ट्रिय क्रिकेट खेल खेले जसमा उने २२.०५ को औषत दरले ४४१ रन बनाएका थिए । उनले एक दिवसीय खेल जीवनमा कुनै सय रन बनाएन तर पचाँस रन भने ३ पटक बनाएका थिए । सिल्भाले विकेट किपरको रूपमा १७ क्याच र ३ स्टम्प गरेका थिए ।

टेस्ट क्रिकेटमा सय रन बनाएको खेलको सूची सम्पादन गर्नुहोस्

अमाल सिल्भा को टेस्ट क्रिकेट को शय रनको सूची
क्रम संख्या रन खेल बिरूद्ब शहर/देश स्थान वर्ष परिणाम
[1] 102* 2   इङ्ल्यान्ड   लन्डन, इङ्ल्यान्ड लर्डस १९८४ ड्रा
[2] 111 4   भारत   कोलंबो, श्रीलङ्का पी सारा ओवल १९८५ जीत

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्