अपकमिङ (पूर्व अपकमिङ डटओआरजी ) (नेपालीमा अनुवाद - आगामी) एक सामाजिक घटना पात्रो वेबसाइट हो जसलाई सन् २००३ मा एण्डि बायोद्वारा स्थापित गरिएको थियो।[२] अक्टोबर २००५ मा, अपकमिङ डटओआरजीलाई याहु!द्वारा अधिग्रहण गरिएको थियो।[३][४] अप्रिल २०१३ मा, याहु!ले यसमा स्वामित्व त्याग्ने घोषणा गरेको थियो।[५]

अपकमिङ
सन् २०१७ को जुलाईमा यसको गृह पृष्ठ
साइटको प्रकार
घटना, सामाजिक सञ्जाल
मालिकयाहु! (सन् २००५-१०१३)
सर्जकएण्डि बायो, गोर्डन लुक, लियोनार्ड लिन
युआरएलupcoming.org
अलेक्सा क्रम१,२०५,०१० जुलाई २०१७[१]
व्यवसायिकYes
दर्ताचाहिँदैन

मे २०१४ मा, साइट पुन: सुरू गर्नका लागि यसले $३०,००० लक्ष्यलाई सफलतापूर्वक उठाउँदै एण्डि बायोले किकष्टार्टर अभियानको घोषणा गरेका थिए।[६]

विशेषता सम्पादन गर्नुहोस्

अपकमिङले घटना पात्रो र एक सामाजिक सञ्जाल सेवा साइटका संयुक्त सुविधाहरू प्रदान गर्दछ।[७] मुख्य रूपमा, साइटले कला घटना, सम्मेलन, र सङ्गीत कन्सर्ट जस्ता आगामी घटनाहरूको खोजी र प्रदर्शन गर्न योग्य भण्डारको रूपमा सेवा प्रदान गर्दथ्यो। घटना जानकारीहरूलाई मुख्यतया प्रयोगकर्ता समुदायद्वारा योगदान गरिएको थियो, यद्यपि यसको पछिल्ला वर्षहरूमा, व्यावसायिक आँकडाबाट घटनाको बढ्दो प्रतिशतको उत्पत्ति भएको थियो। प्रयोगकर्ताहरूले उनीहरूको योजनाहरूलाई सङ्केत गर्दै उनीहरू कार्यक्रम "हेरिरहेका" वा "जाँदै" थिए भनेर सङ्केत गर्न सक्दथे। प्रयोगकर्ताहरूले एक अर्कासँग "मित्र" सम्बन्ध स्थापना गर्न र उनीहरूका साथीहरूले भाग लिएको सूचनाहरू प्राप्त गर्न सक्थे।[८] अपकमिङले ई-डाँक वा सन्देश मार्फत प्रयोगकर्ताहरूलाई अनुस्मारकहरू पनि प्रस्ताव गरेको थियो।

साइटलाई सुरूमा याहु!को प्रयोगकर्ता खाता प्रणाली, र यसको डोमेन नाम अपकमिङ डट याहु डटकममा परिवर्तन गरिएको थियो। सोही समयमा, साइट औपचारिक रूपमा यसको नाम "अपकमिङ डट ओआरजी"बाट "अपकमिङ" मा परिवर्तन गरिएको थियो।[९][१०] यसको बाबजुद पनि, साइटका धेरै प्रयोगकर्ताहरू अझै पनि अपकमिङ डट ओआरजीको रूपमा सूत्रबद्ध हुन सक्दछन्।

अपकमिङले आई क्यालेन्डर, जियोआरएसएस , र आरएसएसलाई सामग्री सिन्डिकेशन को लागि प्रयोग गरेको थियो भने यसले घटनाका आँकडाहरू खोज्न वा पेश गर्नका लागि खुला एपिआईलाई समर्थन गरेको थियो। घटनाहरू, पात्रो अनुप्रयोगहरूमा सिधा डाउनलोड गर्नका लागि लागि यसले एच क्यालेन्डर,सूक्ष्म ढाँचाको पनि प्रयोग गरेको थियो।[११] अन्तमा, प्रयोगकर्ताहरूले जाभास्क्रिप्टद्वारा सञ्चालित तिनीहरूको आफ्नै वेबसाइटहरूमा चिनो सार्वजनिक गर्न सक्दछन्, जसले उनीहरूको आगामी घटनाहरूलाई सूचीबद्ध गर्दछ।

समुदाय सम्पादन गर्नुहोस्

 
अक्टोबर २००८ मा अपकमिङको गृह पृष्ठ

सन् २००८ सम्म, विशेष गरी स्वतन्त्र सङ्गीत, वेब प्रविधिक र सान फ्रान्सिस्को खाडी क्षेत्रका अनुयायीहरूका बीच, धेरै जसो प्रयोगकर्ताहरू र घटनाहरू उत्तरी अमेरिकामा अवस्थित थिए।[१२] प्रयोगकर्ताहरूको स्थानीय भाषामा घटनाको आँकडा पेश गरी अपकमिङ प्रयोगकर्ताहरू विश्वको लगभग सबै स्थानहरूमा पनि फेला पार्न सकिन्छ। अपकमिङ बहुभाषी सामग्रीहरू भण्डारण गर्न र खोजी गर्न पूर्ण रूपमा सक्षम थियो।

प्रतिस्पर्धी र प्रभाव सम्पादन गर्नुहोस्

यसको नजिकको प्रतिस्पर्धी, इभेण्टफुल, सन् २००३ को सुरूमा योसँग समायोजन भएको थियो। फेसबुकको घटना प्रणाली धेरै नै अपकमिङको सरलिकृत संस्करणको जस्तै छ, सामान्यतया यसलाई, अनौपचारिक वा निजी भेलाको लागि प्रयोग गरिन्छ। घटनाहरूका पात्रोका क्षेत्रमा अन्य प्रतिस्पर्धीहरू जस्तै इभेण्टसेटर डटकमजुभेण्ट्स डटकम समावेश छन् जुन ष्टबहबले डिसेम्बर २०११ मा प्राप्त गरेको थियो।

पुन: सुरूवात सम्पादन गर्नुहोस्

७ मे २०१४ मा, एण्डि बायोले याहु!को स्वतन्त्र रूपमा अपकमिङ आटओआरजीको पुन: सुरू गर्नका लागि किकष्टार्टर अभियानको प्रक्षेपण गरेका थिए जसले वेबसाइट बन्द भएपछि बायोलाई अपकमिङ डटओआरजीलाई खरिद प्रस्ताव गरेको थियो।[६] प्रक्षेपणको ९० मिनेट भित्रमा, यस परियोजनाले $३०,००० कोष लक्ष्य पुरा गरेको थियो।[१३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "अपकमिङ डट ओआरजी ट्राफिक तथ्याङ्क", अन्तिम पहुँच २८ जुलाई २०१७  वेब्याक मेसिन अभिलेखिकरण १० अक्टोबर २०१९ मिति
  2. वाक्सी डट ओआरजी: अपकमिङ डट ओआरजीको प्रक्षेपण!
  3. अपकमिङ के हो? याहु! स्थानीयमा वेब्याक मेसिन अभिलेखिकरण २००८-०२-१६ मिति
  4. याहु!ले अपकमिङको अधिग्रहण गरेको छ | सिनेट न्युज
  5. प्रोटालिन्सी, एमिल (अप्रिल १९, २०१३), "Yahoo cuts the deadwood with closures", द नेक्स्ट वेब, अन्तिम पहुँच मे १९, २०१३ 
  6. ६.० ६.१ "Andy Baio crowdfunds $30,000 in 90 minutes to relaunch community event site Upcoming", द नेक्स्ट वेब, मे ७, २०१४। 
  7. "The Web's Most Useful Sites, 2007, Event Calendars", PC World, २००७।  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०४-१४ मिति
  8. उडेल, जोन, इन्फो वर्ल्ड https://web.archive.org/web/20090107213408/http://weblog.infoworld.com/udell/2005/03/21.html |archiveurl= शीर्षक नै (सहायता), मूलबाट २००९-०१-०७-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २००९-०१-०७ मिति
  9. "एक नयाँ अपकमिङ", अप्रिल १९, २००७, मूलबाट मे १७, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २६, २००८ 
  10. "Upcoming.org Absorbed By Faceless Corporation, Free T-Shirts for All", म्यासएबल, अप्रिल १९, २००७। 
  11. "Yahoo! Local adopts Microformats", जेटडिनेट Video, मूलबाट २००९-०२-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-११-०३ 
  12. "Place browser home page", =अपकमिङ, मूलबाट २००८-११-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-१०-२६ 
  13. "अपकमिङको पुन: सुरुवात", अन्तिम पहुँच मे ७, २०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्