अन्नप्राशन संस्कार वा पास्नी हिन्दू संस्कार अनुसार अन्नप्राशन गराइने प्रक्रिया हो । शिशु विकसित हुँदै जान्छ स्तनपानबाट प्राप्तहुने पौष्टिक आहारले मात्र शिशुको शारिरिक र मानसिक विकासका लागि पर्याप्त हुँदैन । जन्मने वित्तिकै शिशुको शरीरमा बाहिरी खाद्यान्न पचाउनसक्ने क्षमता हुँदैन, त्यसैले जन्मिएको छ महिनामा अन्नप्राशन गराइन्छ ।स्वस्थ बढ्दो गतिको संकेतको रूपमा, यो संस्कृति परापूर्व कालबाट नै गरिरहिएकाे छ।

अन्नप्राशन गरेको बच्चा

अन्नप्राशनको स्पष्ट अर्थ शिशु अब पेय पदार्थ, विषेश गरी आमाको दुधमा मात्र निर्भर नहुने हुँदा अन्न ग्रहण गरी शारीरिक र मानसिक रूपमा आफूलाई बलबान् बनाउनु हो । तन र मनलाई सुदृढ बनाउनलाई अन्नको सर्वाधिक योगदान छ । शुद्ध, सात्विक एवं पौष्टिक आहारले तन र मन दुबै स्वस्थ रहन्छ । स्वस्थ तनमा नै स्वस्थ मनको निवास हुन्छ । शुद्ध र सात्विक आहारले नै अन्तस्करण शुद्ध हुन्छ तथा मन, बुद्धि, आत्मा सबैलाई पोषण मिल्छ । यसैकारण अन्नप्राशन संस्कारको हाम्रो जीवनमा विषेश महत्त्व रहेको छ ।

संस्कार विधि

सम्पादन गर्नुहोस्

हिन्दू धर्मका अनुयायीहरूले जन्मको छैठौं महिनालाई अन्नप्राशनको उपयुक्त समय बताएका छन् । सो महिनामा शुभ नक्षत्र एवं शुभ दिन हेराएर यो संस्कार गरिन्छ । यस संस्कारमा दियो, कलश, गणेश र विशेष गरी ब्रह्मा, विष्णु, महेश्वरको पूजन गरिन्छ, किनभने हिन्दु धर्मले अन्नं ब्रह्मा रसो विष्णुर्भुक्ता देवो महेश्वरः भनेको छ । देवपूजन कार्य सकेपछि खिर र मिठा मिठा मिष्ठान्न शिशुलाई भोजन गराइन्छ । हिन्दू धर्म शास्त्रमा खिरलाई अमृत समान उत्तम मानिन्छ । हाम्रो समाजमा अन्नप्राशनका दिन आफ्ना छिमेकी, नातेदार, आफन्तजनलाई बोलाई प्रसाद खुवाउने र शिशुलाई विभिन्न उपहार दिने समेत चलन छ । []][१]


सन्दर्भ सूची

सम्पादन गर्नुहोस्
  1. डा.पोखरेल, ऋषिराम र अन्य (२०६१) कर्मकाण्ड, भक्तपुर: शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्