अन्तरिम चुनावी मन्त्रिपरिषद् २०६९

अन्तरिम चुनावी मन्त्रीपरिषद् नेपालको वर्तमान अन्तरिम सरकार हो। यसले नेपालको इतिहासमा पहिलो पटक बहालवाला प्रधान न्यायाधीशको अध्यक्षतामा सरकार बनेको छ। २०६४ सालमा निर्वाचित संविधानसभाबाट संविधान बन्न नसकेको र राजनीतिक दलहरूबीच सरकार बनाउनका लागि सहमति नभएको कारण यो अन्तरिम व्यवस्था गरिएको हो।

अन्तरिम चुनावी मन्त्रीपरिषद्
देश   नेपाल
गठन २०६९ चैत्र १ गते
बिघठन 
राष्ट्रपति डा. रामवरण यादव
मन्त्रीपरिषद्‍को अध्यक्ष खिलराज रेग्मी
सहभागी दल निजामती सेवामा विशिष्ठ श्रेणीका पूर्व प्रशासक
प्रतिपक्षी दल
पतिपक्षी नेता
निर्वाचन
पूर्ववर्ती बाबुराम भट्टराई मन्त्रीपरिषद्
उत्तरवर्ती सुशील कोइराला मन्त्रीपरिषद

राष्ट्रपति राम वरण यादवले संविधानको बाधा अड्काउ फुकाउने व्यवस्था जारी गरेपछि र प्रमुख चार दल एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाबीच चुनावी सरकारको नेतृत्व प्रधानन्यायाधीश खिलराज रेग्मीलाई दिने भएको सहमति अनुरूप २०६९ चैत्र १ गते यो मन्त्रीपरिषद् गठन गरिएको हो। [१] चार दलबीच फागुन ३० गते भएको ११ बुँदे राजनीतिक सहमतिमा प्रधान न्यायाधीशको नेतृत्वमा गठन हुने अन्तरिम चुनावी मन्त्रिपरिषद बढीमा ११ सदस्यीय रहने उल्लेख छ। दलीय सहमतिमा निजामती सेवामा विशिष्ठ श्रेणीका पूर्व प्रशासक मन्त्री हुने उल्लेख छ। [२]

पृष्ठभुमि सम्पादन गर्नुहोस्

= मन्त्रीपरिषद्को कार्यविभाजन सम्पादन गर्नुहोस्

१. सम्माननीय खिलराज रेग्मी, मन्त्रिपरिषद् अध्यक्ष, रक्षा; सहकारी तथा गरीबी निवारण

मन्त्रीहरू

२. श्री माधवप्रसाद घिमिरे - गृह र परराष्ट्र

३. श्री हरिप्रसाद न्यौपाने - कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला र श्रम तथा रोजगार

४. श्री ऋद्धिबाबा प्रधान - महिला, वालवालिका तथा समाजकल्याण र भूमिसुधार तथा व्यवस्था

५. श्री विद्याधर मल्लिक - सङ्घीय मामिला तथा स्थानीय विकास र स्वास्थ्य तथा जनसङ्ख्या

६. श्री माधवप्रसाद पौडेल - सामान्य प्रशासन; सूचना तथा सञ्चार र शिक्षा

७. श्री शंकरप्रसाद कोइराला - अर्थ; उद्योग र वाणिज्य तथा आपूर्ति

८. श्री छविराज पन्त - भौतिक पुर्वाधार तथा यातायात र सहरी विकास

९. श्री टेकबहादुर थापा (घर्ती) - कृषि विकास र वन तथा भू-संरक्षण

१०. श्री रामकुमार श्रेष्ठ - युवा तथा खेलकुद; शान्ति तथा पुननिर्माण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

११. श्री उमाकान्त झा - उर्जा; विज्ञान, प्रविधि तथा वातावरण र सिंचाइ [३][४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्