अनीस बज्मी एक भारतीय चलचित्र निर्देशक, पटकथा लेखक र निर्माता हुन्। उनी भारतीय चलचित्र जगतमा आफ्नो कामका लागि परिचित छन्।

अनीस बज्मी
अनीस बज्मी सन् २०११ मा
जन्म (1962-11-01) १ नोभेम्बर १९६२ (उमेर ६१)
मोडासा, गुजरात, भारत
पेशा
कार्यकालसन् १९८२-वर्तमान
जीवनसाथीफातिमा बज्मी

बाल्यकाल सम्पादन गर्नुहोस्

एक गुजराती मुस्लिम परिवारमा उर्दू कवि अब्दुल हमीद 'नेरङ' बज्मीको घरमा जन्मेका, बज्मीले राज कपूरको 'प्रेम रोग' (सन् १९८२) को सहायक निर्देशक र त्यसपछि 'स्वर्ग' (सन् १९९०) को पटकथा लेखकको रूपमा काम गरेको थिए। यस पूर्व उनी 'किताब' (सन् १९७७) जस्ता चलचित्रहरूमा बाल कलाकारको रूपमा सुरु गरेका थिए।

करियर सम्पादन गर्नुहोस्

बज्मीले सन् १९९५ मा 'हलचल' मार्फत आफ्नो निर्देशकीय पदार्पण गरेका थिए, तर उनको पहिलो व्यावसायिक सफलता सन् १९८८ को चलचित्र 'प्यार तो होना ही था' बाट आएको थियो।[१] उक्त चलचित्र सो वर्षको सबैभन्दा धेरै कमाउने बलिउड चलचित्रहरू मध्ये एक हो। उनले 'नो एन्ट्री' (सन् २००५), 'वेलकम' (सन् २००७), 'सिंह इज किंग' (सन् २००८), 'रेडी' (सन् २०११), 'वेलकम ब्याक' (सन् २०१५), 'भूल भुलैया २' (सन् २०२२) जस्ता शीर्ष कमाई गर्ने हास्य चलचित्रहरू निर्देशन गरेर थप सफलताका साथै पहिचान पनि प्राप्त गरेका थिए। उनले मध्यम सफल रोमान्टिक थ्रिलर 'दिवांगी' (सन् २००२) को निर्देशनको लागि प्रशंसा पनि प्राप्त गरेका थिए।[२][३][४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Anees Bazmee on sustaining a career as a comedy writer, and why one man's comedy is another man's tragedy- Entertainment News, Firstpost", Firstpost (अङ्ग्रेजीमा), २०१९-१०-०९, अन्तिम पहुँच २०२०-०२-०१ 
  2. "Anees Bazmee - Movies, Biography, News, Age & Photos", BookMyShow, अन्तिम पहुँच २०२०-०२-०१ 
  3. "Exclusive biography of #AneesBazmee and on his life.", FilmiBeat (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०२-०१ 
  4. Bureau, ABP News, "Ajay Devgn’s Thriller Movie ‘Naam’ Is Ready To Release After 18 Years", ABP Live (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०५-०१