अदूर दृष्टि
नजिकको वस्तु स्पष्टसँग देख्न सक्ने र टाढाको वस्तु स्पष्ट देख्न नसक्ने आँखाको कमजोरीलाई अदूर दृष्टि भनिन्छ । यस्तो आँखामा टाढाका वस्तुको आकृति रेटिनाभन्दा अगाडि बन्छ । यस्तो आँखाको लेन्स बाक्लो हुन्छ । सिलियरी मांसपेशी खुम्चेर लेन्सलाई प्रयाप्त पातलो बनाउन सक्दैन ।
यसप्रकारको कमजोरिलाई हटाउन उचित पावरको कन्केभ लेन्स भएको चस्मा प्रयोग गरेर हटाउन सकिन्छ । यस्तोमा (+) चस्माको प्रयोग गरिन्छ
विकिमिडिया कमन्समा अदूर दृष्टि सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।