अजातशत्रु पूर्वी भारतमा मगधको हर्यक वंशका सबैभन्दा महत्त्वपूर्ण राजाहरू मध्ये एक थिए। उनी राजा बिम्बिसारका छोरा थिए र महावीरगौतम बुद्ध दुवैका समकालीन थिए। उनले जबर्जस्ती आफ्ना पिताबाट मगधको राज्य कब्जा गरे र उनलाई कैद गरे। उनले लिच्छवीहरूको नेतृत्वमा वज्जिविरुद्ध युद्ध लडे र वैशाली गणराज्यमाथि विजय प्राप्त गरे। अजातशत्रुद्वारा एक गाउँको दुर्गबन्दी गरेर पाटलिपुत्रको निर्माण गरिएको थियो।[१]

अजातशत्रु
राजकिय जुलुस राजगृह छोड्दै, सम्भवतः अजातशत्रु चित्रण गर्दै, साँची बाट
दोस्रो हर्यक सम्राट
पूर्वाधिकारीबिम्बिसार
उत्तराधिकारीउदयभद्र
सन्तानउदयभद्र
वंशहर्यक वंश
बाबुबिम्बिसार
धर्मजैन धर्म, बौद्ध

अजातशत्रुले विजय र विस्तारको नीति अपनाए। उनले कोसलका राजा सहित आफ्ना छिमेकी प्रतिद्वन्द्वीहरूलाई पराजित गरे; उनका दाजुभाइहरू उनीसँग असहमति गर्दै काशी गए, जुन बिम्बिसारलाई दाइजोको रूपमा दिइएको थियो र मगध र कोसलबीच युद्ध भयो।[२]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Sarao, K. T. S. (२००३), "The Ācariyaparamparā and Date of the Buddha.", Indian Historical Review 30 (1–2): 1–12, डिओआई:10.1177/037698360303000201 
  2. "Bimbisara", World History Encyclopedia (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०९