अखामनी साम्राज्य (आचमेनिड साम्राज्य, हखमानी साम्राज्य वा अचमेनियन साम्राज्य, जसलाई पहिलो फारसी साम्राज्य पनि भनिन्छ), प्राचीन इरानी साम्राज्य थियो जसको स्थापना ५५० ईपूर्वमा अखामनी राजवंशका महान कोरेसले गरेका थिए। आधुनिक समयको इरानमा आधारित, यो इतिहासको त्यस बिन्दुसम्म सबैभन्दा ठुलो साम्राज्य थियो, जुन कुल ५.५ मिलियन वर्ग किलोमिटर (२.१ मिलियन वर्ग माइल) मा फैलिएको थियो। यो साम्राज्य पश्चिममा बाल्कनइजिप्ट, आधारको रूपमा पश्चिम एसिया, उत्तरपूर्वमा मध्य एसियाको बहुमत, र दक्षिण एसियाको केही भाग (हालको पाकिस्तानमा सिन्धु घाटी) दक्षिणपूर्वमा फैलिएको थियो।

अखामनी साम्राज्य
𐎧𐏁𐏂
Xšāça
५५०–३३० ईपूर्व
फारसको झन्डा
झन्डा
फारस
राजधानी
आम भाषाहरू
धर्म
पारसी धर्म (आधिकारिक)
सरकारराजतन्त्र
ऐतिहासिक कालशास्त्रीय पुरातनता
५५०
३३० ईपूर्व
क्षेत्रफल
५०० ईपूर्व[२][३]५,५०,००,००० किमी (२,१०,००,००० वर्ग माइल)
पूर्ववर्ती
उत्तरवर्ती
मिड साम्राज्य
इलम
दोस्रो बेबिलोन साम्राज्य
लीडिया
लिसिया
इजिप्टको छब्बीसौं राजवंश
साइरेनिका
गान्धार
सोग्दिया
मसागती
पर्सिस
मेसोडोनिया साम्राज्य
इजिप्टको अट्ठाईसौं राजवंश

ईपूर्व सातौँ शताब्दीतिर इरानेली पठारको दक्षिण-पश्चिमी भागमा पर्ने पर्सिसको क्षेत्र फारसीहरूले बसालेका थिए। पर्सिसबाट, कोरेस उठे र मेडियन साम्राज्यका साथै लिडिया र नव-बेबिलोनी साम्राज्यलाई पराजित गरे, जसले अखामनी राजवंशको अधीनमा नयाँ शाही राज्यव्यवस्थाको औपचारिक स्थापनालाई चिह्नित गर्यो।[४]

आधुनिक युगमा, अखामनी साम्राज्यलाई केन्द्रीकृत नोकरशाही प्रशासनको सफल मोडेल, यसको बहुसांस्कृतिक नीति, पेशेवर सेना, सडक प्रणाली र संगठित हुलाक प्रणाली जस्ता जटिल पूर्वाधारनिर्माण, यसको क्षेत्रहरूमा आधिकारिक भाषाहरूको प्रयोग, र नागरिक सेवाहरूको विकासको लागि मान्यता दिइएको छ।  यसको प्रगतिले विभिन्न प्रकारका पछिका साम्राज्यहरूद्वारा शासनको समान शैलीहरूको कार्यान्वयनलाई प्रेरित गऱ्यो।[५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Yarshater, Ehsan (१९९३), The Cambridge History of Iran, Volume 3, Cambridge University Press, पृ: ४८२, आइएसबिएन 978-0-521-20092-9 
  2. Turchin, Peter; Adams, Jonathan M.; Hall, Thomas D (डिसेम्बर २००६), "East-West Orientation of Historical Empires", Journal of World-Systems Research 12 (2): २२३, आइएसएसएन 1076-156X, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१६ 
  3. Taagepera, Rein (१९७९), "Size and Duration of Empires: Growth-Decline Curves, 600 B.C. to 600 A.D", Social Science History 3 (3/4): १२१, जेएसटिओआर 1170959, डिओआई:10.2307/1170959 
  4. Sacks, David; Murray, Oswyn; Brody, Lisa (२००५), Encyclopedia of the Ancient Greek World, Infobase Publishing, पृ: २५६, आइएसबिएन 978-0-8160-5722-1 
  5. Schmitt, Rüdiger (२१ जुलाई २०११), "Achaemenid Dynasty", Encyclopædia Iranica, मूलबाट २९ अप्रिल २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ मार्च २०१९