सोग्दिया वा सोग्दियाना (पुरानो फारसी भाषा:सुगुदा-; पुरानो ग्रीक भाषा:Σογδιανή, सोग्दियाने; फारसी: سغد Soġd; ताजिक: Суғд, سغد Suġd; उज्बेक: Sơģd; चिनियाँ: 粟特 Sùtè; तुर्की: Soğut, सोग़ुत) प्राचिन ऐतिहासिक क्षेत्र हो । यस क्षेत्रको फैलावट आजको समयमा ताजिकिस्तान तथा उज्बेकिस्तान राष्ट्रको समरकण्ड, बुखारा, पञ्जीकन्त, शहर-ए-शब्ज, खुजन्द, आदि शहरहरूमा रहेको छ । जोरास्त्र धर्मावलम्बीको पुस्तक सङ्ग्रह अवेष्टाका अनुसार सर्वोच्च दैवीशक्ति (पर्मेश्वर) अहुरा माज्दाले बनाएको दोस्रो पवित्र स्थान सोग्दिया हो । आर्यनहरूको भूमि ऐरेनम वैजापछिको दोस्रो पवित्र भूमि मानिएको छ ।[१]

सोग्दिया/सोग्दियाना

सोग्दियाना, ३०० ई.पू.
भाषा सोग्दिया भाषा
धर्म जोरास्त्र, बौद्ध, मनिचेइज्म, क्रिश्चियन
शहर समरकण्ड, बुखारा, खुजन्द, शहर-ए-शब्ज
क्षेत्र अमु दर्या नदी र सिर दर्या नदीको बीचमा पर्ने

संस्कृति सम्पादन गर्नुहोस्

 
एक चिनियाँ शिल्प-वस्तुमा सोग्दियाका मानिसहरूको चित्रण
 
सोग्दियाका व्यापारी भगवान बुद्धलाई भेटी चढाउँदै (बायाँको तस्वीरको तल्लो भाग दायाँपट्टी ठूलो पारिएको)

स्रोतहरू सम्पादन गर्नुहोस्