२० फेब्रुअरी २०१९ का दिन बङ्गलादेशको राजधानी ढाकामा भीषण आगलागी भएको थियो। ढाकामा आगो एक निजी कार तथा एक भ्यानको दुर्घटनाबाट सुरु भएको थियो।[२] कार र भ्यानको टक्कर पछि कारमा रहेको एक ग्यास सिलिण्डर विस्फोट भएको थियो जसकारण आगो उत्पन्न हुँदै दुर्घटना स्थल नजिक रहेको एक रसायन भण्डारणमा तुरुन्तै फैलिएको थियो भने त्यस रसायन भण्डार नजिक रहेका अन्य भवनहरूमा पनि आगो लाग्न सुरु भएको थियो।[१] आगो फैलिदै जाँदा पुरानो ढाकाको चौको बजार स्थित खचाखच भरिएको ऐतिहासिक नजिकैका भवनहरूमा विस्तार भयो। यस आगोमा परि ८० सर्वसाधारणहरूको मृत्यु भएको थियो भजे ५० भन्दा बढी घाइते भएका थिए।

२०१९ ढाका आगलागी
मिति२० फेब्रुअरी २०१९
समय२२:३८ बङ्गलादेशी मानक समय (+०६:००)
स्थानचोक बाजार, ढाका, बङ्गलादेश
निर्देशाङ्क२३°४२′५९″N ९०°२३′३९″E / २३.७१६५°N ९०.३९४१°E / 23.7165; 90.3941निर्देशाङ्कहरू: २३°४२′५९″N ९०°२३′३९″E / २३.७१६५°N ९०.३९४१°E / 23.7165; 90.3941
कारणअति प्रज्वलनशिल पदार्थको विष्फोट
मृत८०[१]
घाइते५०+

कारण सम्पादन गर्नुहोस्

आगलागी गाडीमा सङ्कुचित प्राकृतिक ग्यास सिलिण्डरको विस्फोटबाट उत्पन्न भएको बताइएको छ जसकारण भवनहरू र नजिकैको ग्यास सिलिण्डरहरूमा द्रुत गतिमा आगो सल्कायो।[३] आगोको लप्टा पहिलो पटक २२:३८ मा कैद गरिएको थियो भने ३:०० मा आगोलाई नियन्त्रणमा लिइएको थियो। [४]

आगो सबैभन्दा पहिले ठूलो भवनमा थापिएको पसल तथा गोदाममा सल्कियो भने पछि आगो प्लास्टिकको सामान, सौन्दर्य प्रसाधनहरू र पहिलो तल्लामा रहेको एक पसलको साथै आवासहरूमा फैलिएको थियो। अन्ततः यो शाही मस्जिद पछाडिको चार तल्ले भवनमा फैलियो।[५] स्थानीयको अनुसार यो भवन दिवङ्गत वाहिद अध्यक्षको स्वामित्वमा रहेको थियो। त्यो भवनबाट आगो राजमोनी भोजनालय तथा साँघुरो गल्लीमा रहेका तीन अन्य भवनहरूमा फैलिएको थियो। [६]

आगोको ठीक लगत्तै विद्युतीय प्रवाहलाई नियन्त्रण गर्ने एक यन्त्र विस्फोट भयो जसले गल्लीमा विसाइएका थुप्रै सवारीसाधन ध्वस्त पार्‍यो। [७] नजिकैको समुदाय केन्द्रमा विवाह समारोहको कारण घटनास्थलमा थुप्रै सर्वसाधारणहरूको आवतजावत रहेको थियो।[८]

हताहत सम्पादन गर्नुहोस्

आगलागीको केही क्षण पश्चात् विभिन्न अग्नीसमन तथा दमकलहरू घटनास्थलमा पुगेका थिए। दमकलले घटनास्थलबाट ढाका मेडिकल क्याम्पसमा पाँच जनाको लास पठाएको थियो भने त्यसपछि थप तीन निकायहरू विभिन्न तरिकाले उद्धार कार्यमा संलग्न भएका थिए। घाइते १२ मध्ये ७ जनालाई प्राथमिक उपचार दिइएको थियो भने ५ जनालाई अस्पतालमा भर्ना गरिएको थियो। घटनास्थलमा घाइते भएका मध्ये अधिकांश मानिसहरू नोयाखली जिल्लाका थिए।[९]

प्रतिक्रियाहरू सम्पादन गर्नुहोस्

बङ्गलादेशका राष्ट्रपति आब्दुल हामिद र बङ्गलादेशकी प्रधानमन्त्री शेख हासीनाले अग्नि पीडितलाई शोक व्यक्त गरे जसरी जातीय पार्टीका अध्यक्ष हुसेइन मुहाम्मद एरशाद र अरू धेरैले गरेका थिए। [१०]

आगलागी पछि ढाका दक्षिण सिटी निगमका मेयर सईद खोकनले भने कि अब सहरमा रासायनिक गोदामहरू राख्न अनुमति दिइने छैन। [११]

पाकिस्तानको विदेश कार्यालयका प्रवक्ताले यस घटनाप्रति गहिरो दुख व्यक्त गरेका थिए।[१२][१३]

ढाकामा संयुक्त राज्यको दूतावासले आगलागी पीडितहरूलाई टुइटर मार्फत समवेदना प्रकट गरेक‍ थियो।[१४]

आर्थिक सहयोग सम्पादन गर्नुहोस्

बङ्गलादेशको श्रम तथा रोजगार मन्त्रालयले प्रत्येक मृतकको परिवारलाई १,००,००० टाका र घाइतेहरूलाई प्रत्येकलाई ५०,०० टाका प्रदान गरेको थियो।[१५]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ Safi, Michael (२१ फेब्रुअरी २०१९), "Dhaka fire that killed 80 raises questions over chemical stores", The Guardian, अन्तिम पहुँच २४ फेब्रुअरी २०१९ 
  2. "Deadly fire sweeps Dhaka historic district" (अङ्ग्रेजीमा), २०१९-०२-२१, अन्तिम पहुँच २०१९-०२-२१ 
  3. "Scores Dead in Bangladesh Fire: ‘This Isn’t About Poverty, It’s About Greed’", The New York Times, २१ फेब्रुअरी २०१९, अन्तिम पहुँच २३ फेब्रुअरी २०१९ 
  4. "Massive fire at Old Dhaka building", Bangla Tribune, २१ फेब्रुअरी २०१९, अन्तिम पहुँच २३ फेब्रुअरी २०१९ 
  5. "At least 81 dead as blaze rips through buildings in Bangladeshi capital", China Daily, २१ फेब्रुअरी २०१९, अन्तिम पहुँच २३ फेब्रुअरी २०१९ 
  6. "পুরান ঢাকার আগুন নিয়ন্ত্রণে, ৭০ লাশ উদ্ধার | banglatribune.com", Bangla Tribune (बङ्गालीमा), अन्तिम पहुँच २०१९-०२-२१ 
  7. "Chawakbazar fire evokes wounds of 2010 Nimtali tragedy", Prothom Alo, २१ फेब्रुअरी २०१९, अन्तिम पहुँच २१ फेब्रुअरी २०१९ 
  8. "Old Dhaka fire death toll jumps to 70", bdnews24.com, २१ फेब्रुअरी २०१९, अन्तिम पहुँच २१ फेब्रुअरी २०१९ 
  9. CNN, "67 dead in Dhaka fire that ripped through apartment blocks", CNN, अन्तिम पहुँच २२ फेब्रुअरी २०१९ 
  10. CNN, "67 dead in Dhaka fire that ripped through apartment blocks", CNN, अन्तिम पहुँच २२ फेब्रुअरी २०१९ 
  11. "There will be no chemical warehouse in Dhaka: DSCC mayor", The Daily Star (अङ्ग्रेजीमा), २०१९-०२-२१, अन्तिम पहुँच २०१९-०२-२२ 
  12. "Pakistan condoles loss of lives in Dhaka fire incident", ARYNEWS, २२ फेब्रुअरी २०१९। 
  13. Mati (२२ फेब्रुअरी २०१९), "Pakistan grieves over loss of lives in Dhaka fire", Dispatch News Desk 
  14. Dhaka, U. S. Embassy (२०१९-०२-२१), "The United States Embassy Dhaka community offers our heartfelt condolences to all those affected by the fire in Chawkbazar in Dhaka last night. Our prayers are with the families of those injured and lost and to all who mourn across the great nation of Bangladesh.", @usembassydhaka (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०२-२१ 
  15. "চকবাজারে আগুনের পর কর্তৃপক্ষ যা বললেন...", প্রথম আলো (बाङ्लामा), अन्तिम पहुँच २०१९-०२-२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्