सन् १९०५-१९०७ को प्रथम रुसी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्ति

(१९०५ क्रान्तिबाट अनुप्रेषित)

सन् १९०५-१९०७को प्रथम रुसी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्ति : सन् १९०५को १ जनवरीको घटनाबाट सुरु भयो । त्यस दिन पिटर्स्बर्गमा जारको हुकुमवमोजिम शान्तिपूर्व जुलुसमाथि गोली चलाएको थियो । यसको जवाफमा देशव्यापी रूपमा जुलुस-प्रदर्शन, हड्ताल आन्दोलन, सशस्त्र विद्रोहको लहर चल्यो । रुसमा श्रमिकहरूले एकतन्त्री शासनको उन्मूलन र प्रजातान्त्रिक गणतन्त्रको स्थापनाको लागि, जग्गाजमीनमा भूमिपतिहरूको स्वामित्वको उन्मूलनको लगि र ८ घण्टे कार्यदिनको व्यवस्थाको लागि संघर्ष छेडेका थिए । सन् १९०५को ग्रीष्मऋतुका इभानोबो-भोज्नेसेन्स्कका मजदुरहरूले सबभन्दा पहिले मजदुर प्रतिनिधि सोभियत गठन गरेका थिए । देशका अरु औद्योगिक केन्द्रहरूका मजदुरहरूले पनि यस उदाहरणको अनुसरण गरे । जारसाही विरुद्धको संघर्षमा किसान वर्ग पनि सरिक भयो, जसले भूमिपतिहरूको जग्गाजमीन जनतामा वितरण गरियोस् भन्ने माग राखेको थियो । सोही वर्ष अक्टोबरमा अखिल रसियाली राजनीतिक हड्तालको घोषणा गरियो । देशभरि जता जतै कलकारखानाहरूमा काम रोकियो,रेलका डब्बाहरू बीच वाटैमा अडिए । यस साधारण हड्तालले मजदुरवर्गको अतुलनीय शक्तिको प्रदर्शन गरिदियो । १७ अक्टोबरको दिन जारले एउट घोषणापत्र प्रकाशित गर्न बाध्य हुनु पर्‍यो । त्यसमा रुसमा संविधान लागू गर्न र वाक स्वतन्त्रता, सभा-सम्मेलनको स्वतन्त्रता, प्रेस-स्वतन्त्रता इत्यादि 'बक्सने' बाचा गरिएको थियो । परन्तु, थाहा भएकै कुरा हो, जारले आफ्नो बाचाबन्धन पूरा गर्दै गरेन । सन् १९०५को दिसम्बर महिनामा मास्कोमा सशस्त्र विद्रोह सुरु भयो ।[]

फिनल्यान्डमा रैल्ली

सामाजिक-प्रजातन्त्रवादीहरू तथा बोल्सेभिकहरूद्वारा नेतृत्व गरिएका मजदुरहरूले १ सिन १ रातसम्म मोर्चाबन्दी गरेर भारी तोपहरूले सुसज्जित जारसाही फौजको विरुद्ध डटेर वीरतापूर्वक संग्राम गरे । सन् १९०६मा हड्तालहरूमा १० लाखभन्दा बढी मजदुरहरूले भाग लिए । सन् १९०६को पूर्वाधमा किसान आन्दोलन पनि आधाभन्दा बढी अञ्चलहरूमा फैलिएको थियो । प्रथम रुसी क्रान्ति असफल रह्यो । तर त्यसको ऐतिहासिक महत्त्व भने निकै नै ठूलो थियो । सन् १९०५-१९०७को रुसी क्रान्ति जारसाही रूपका साधारण जन-समुदायको निम्ति, लेनिनको शब्दमा, 'ठूलो प्राभ्यास' नै थियो । यसको अभावमा सन् १९१७को अक्टोबरमा मजदुरवर्गको विजय सम्भव हुने थिएन । सन् १९०५-१९०७को रुसी क्रान्तिले एसियाली मुलुकहरूमा पनि क्रान्तिकारी आन्दोलनको विकासमा निकै गहकिलो प्रभाव पारेको थियो ।[]

  1. १.० १.१ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४६८