हेमन्त विवश
हेमन्त विवशको जन्म डोटी जिल्लाको जिजोडमाण्डौ गा. वि. स. मा भएको हो । नेपाली गीत सङ्गीत र भाषा,साहित्यका सौखिन विवशले नेपाली साहित्यमा योगदान गर्दै आएका छन् ।
हेमन्त विवश | |
---|---|
जन्म | २०३१ साउन ५ गते डोटी, जिजोडमाण्डौ |
पेशा | साहित्य, गायन |
भाषा | नेपाली |
उल्लेखनीय पुरस्कारहरू | उत्कृष्ट गीतकार रेडियो नेपाल-२०६८ |
सहकर्मी | लक्ष्मी कुमारी शर्मा |
बच्चाहरू | डेलिसा शर्मा |
धर्म | हिन्दू |
जीवनी
सम्पादन गर्नुहोस्विवशको बाल्यकाल डोटी जिल्लामा नै बित्यो । करिव दुई दशकअघि वि. सं. २०५२ सालमा उनी काठमाडौँ पसेका थिए। [१]
साहित्यक तथा सांगीतिक यात्रा
सम्पादन गर्नुहोस्विवशका प्रकाशित कृतिहरू
१. सम्राइ (२०६०)- गीति एल्बम
२. असौजको जून (२०६२)- गीति एल्बम
३. यादै जनमभरि (२०६३)- गीति एल्बम
४. आफ्नै मनसँग (२०५८)- कवितासङ्ग्रह
५. कथा एउटा तिम्रो मेरो (२०६४)- गीतिसङ्ग्रह
६. सैपालको आँगन (२०७१)- कवितासङ्ग्रह
विवशको कृतिबाट एक कविताको अंश
हली
जारी ! बुझ्न आएको पुरानो लोग्नेझैँ
हिजो मात्रै हो
साहुले एकाबिहानै आएर थर्काएको बाटुलीलाई
आज त जुनसुकै मूल्य चुकाएर भएपनि पुग्नु छ खेतमा
अनि बाध्य भएर जोगाउनु छ
पुस्तौ अघि भिराइएको उपाधि
अझै हेर्नु छ पानी मुनिको जून र किनकि
झुप्रो ठडिएको जमिन पनि त साहुकै नाममा छ
निभ्दै गरेका कोइलालाई
ढाक्दै गरेको तातो खरानीलेझैँ
ढाकिरहेछ साहुको ऋणले
गरिबी जिन्दगीको पीडा बनेर
जसोतसो बिहानैदेखि जोतिरहेछ दुखेको मनलाई
खोला किनारको खेतको गरासँगै
भोको पेटमा पटुका बाँधेर
सुनौलो बिहानीको आशमा
बोक्दै छे दुई जीउकी बाटुलीले मलको डोको
र खन्याउदै छे खेतका गरामा
विज्ञापनिक विश्रामको बेला
समाचार वाचकले फेर्छ जसरी लामो सास
हल्लाउँछ घाटी, तन्काउँछ जीउ
त्यस्तै गरी तन्काउँछन् तारे र मालेले जीउ
ओग्राइरहन्छन् परालको त्यान्द्रो चपाउँदै
जब ऊ उडाउँछ तमाखुको धुँवा
गराको डिलमा बसेर
घाम नअस्ताउँदै फुकाल्छ हलो र पुग्छ घट्टको दैलोमा
बिहानै राखेको साहुको गहुँको भारी पिस्नलाई
भीडभित्रै पनि पल्लो किनाराको बनाइएको ऊ
कतै कुनामा देखिएको एक धुमिल छायाँ
अन्त्यमा मात्रै आउँछ उसको पालो
रूखका बोक्राझैं कोदाका रोटी
तताउँदै चपाइ रहेछन् एकान्तमा
जुन त्यो दिनको बक्सिस हो साहुबाट पाइएको
हेर्न पनि हुन्न उसले साहुको घरको गोरस
रिसाउँछन् साहुका देवता बिग्रिन्छ भैंसी
किनकि
ऊ पानी नचल्ने जातको मान्छे
ऊ हली
खोला किनारको शीत पिएका दाउरा
फ्याँक्दैछन् धुँवा घट्टको अँगेनाबाट
सुकुम्बासी बस्तीमा आगो लाग्दाकोझैँ
निस्किरहेछ मुस्लो
पालै पालो मिच्दैछन् दुबैले आँखा
मानौ आज आँसु झार्न सजिलो बाहाना मिलेको छ दुवैलाई
घुमिरहेछ घट्ट
पिसिदैछन् एकनासले गहुँका दाना
मुटु फुट्लाझैं गरी चलिरहेछ स्याँठ
छानामा उछिट्टिएको खरको बीचबाट
देखिन्छन् स्वर्गका दुई चारवटा ताराहरू
छेवैमा आएर टिल्पिलाउँछन् जुनकिरी
जसरी टिल्पिलाउँछ सूर्यको पहिलो किरणमा शीत
कलिलो बिहानको निधारभरि
झ्यालको खापा नजिकै देखिने
निउरोको टुप्पोमा झुण्डिएको शीतको थोपाझैँ
झुण्डिरहेको जिन्दगी
अँगेना छेउमा अढेश लगाउँदै
बाटुलीको गुन्यूको एक पाटो ओढेर
हेरिरहन्छ उसका आँखामा
छाइरहन्छ एकछिन सन्नाटा
क्षणभरको मौनतालाई भङ्ग पार्दै
ऊ भनिरहेछः
बुढी हामीले त गुन्यू ओढ्यौँ
गरिब के ओढ्लान् ?[२]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भहरू
सम्पादन गर्नुहोस्ग्रन्थसुची
सम्पादन गर्नुहोस्- शीर्षक।
- शीर्षक।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- एकल वाचनमा हेमन्त-कान्तिपुर अनलाइन
- Hemant Biwas Talk show on TV Today Television Baduli Program With Chandani Mall
- हेमन्त बिवस फेसबुक पेज
- लेख्न बाँकी सुदूरपश्चिम-नागरिक न्यूज
- पोखरामा गुञ्जियो सुदूरपश्चिम-सेतोपाटि अनलाइन[स्थायी मृत कडी]
- सुदुरपश्चिमेली कवि देश खोज्दै पोखरा वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-२९ मिति