हेन्ते दे सोना (स्पेनी: Gente de Zona) आलेक्सान्देर देलगादो र र्रान्दी माल्कोमद्वारा सन् २००० मा स्थापित एक क्युबाली साङ्गीतिक समूह हो। सन् २०१४ मा स्पेनी गायक एनर्रिके इग्लेसियाससँगको सहकार्य पश्चात् सार्वजनिक गरिएको बाइलान्दो नामक गीत पश्चात् यस साङ्गीतिक समूहले अन्तर्राष्ट्रिय सफलता प्राप्त गर्न सफल भएको थियो। यस गीतले तीनपटक ल्याटिन ग्रामी पुरस्कार जित्दै अन्तर्राष्ट्रिय रूपबाट सबै ध्यानाकर्षण गर्न सफल भएको थियो। सन् २०१५ मा यस साङ्गीतिक समूहले मार्क आन्थोनीसँग सहकार्य गरी "ला गोसादिरा" र त्यसपछि "त्राइदोरा" नामक गीत सार्वजनिक गरेका थिए जुन त्यससमय निकै चर्चित बनेको थियो।

हेन्ते दे सोना
व्यक्तिगत विवरण
उत्पत्तिहभाना, कुबा
विधा
  • एल र्रेगितोन
सक्रिय वर्षसन् २०००–हाल
सदस्यहरू
  • आलेक्सान्देर देलगादो
  • र्रान्दी माल्कोम मार्तिनेस
पूर्व सदस्य(हरू)
  • याकोभ
  • नान्दो प्रो

सन् २०१५ मा यस साङ्गीतिक समूहले एनर्रिके इग्लेसियास र दिसेमेर बुयेनोका साथ उत्कृष्ट शब्द विधामा युवा सङ्गीत पुरस्कार जित्न सफल भएको थियो भने सन् २०१६ मा "आल्गो कोन्तिगो" नामक गीतका लागि उत्कृष्ट सङ्गीत विधामा युवा पुरस्कार जित्न सफल भएको थियो। यस बाहेक यस साङ्गीतिक समूहले लातिन आमास पुरस्कार, उत्कृष्ट साङ्गीतिक सङ्गालो विधामा बिजुलाइसेत ए आदामास र उत्कृष्ट संयुक्त साङ्गीतिक सङ्गालो विधामा ग्रामी लातिनोस पुरस्कार जित्न सफल भएको थियो।

इतिहास सम्पादन गर्नुहोस्

सन् २०००-२००९, साङ्गीतिक समूह गठन सम्पादन गर्नुहोस्

सन् २००० मा यस साङ्गीतिक समूहका केही सदस्यहरू क्युबाको आलमारमा भेट भई यस साङ्गीतक समूहको गठन गरेका थिए जुन क्षेत्रलाई क्युबाली हिपहपको जन्मस्थलको रूपमन चिनिन्छ भने त्यहाँ यस समूहका पूर्व सदस्य एर्नेस्तो ताक्सिस्तास पनि उपस्थित रहेका थिए।[१] यस साङ्गीतिक समूहको नाम हेन्ते दे सोनाले त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई प्रतिनिधित्व गर्दछ।[२] यस साङ्गीतिक समूहका संस्थापक मध्ये एक आलेक्सान्देरले मिसेल देलगादोलाई भेट गर्दै आलामारका केही क्षेत्रहरूमा गीतको प्रस्तुति दिन सुरु गरेका थिए।[३] यस साङ्गीतिक समूहले त्यस क्षेत्रहरूमा छिटै सार्वजनिक समर्थन प्राप्त गर्नर सफल भएको थियो भने उनीहरूले चाँडै अन्तर्राष्ट्रिय चाडपर्वहरूमा प्रत्यक्ष प्रस्तुतिहरू दिन सुरु गरेका थिए।[४] वार्षिक रूपमा आयोजना गरिने त्यस्ता सङ्गीत पर्वहरूमा उनीहरूले वार्षिक रूपमा र्‍याप प्रदर्शन गरेका थिए, जहाँ आलेक्सान्देरले लगातार तीन वर्षसम्म व्यवस्थापकको रूपमा काम गरेका थिए।[५]

पछि तिनीहरू हर्मनोस साइस सङ्घकासँग जोडिएका थिए र २००२ सम्ममा आलेक्सान्देरले आफ्नो कार्यकालको सुरुवात आन्तोनियो मारिया र्रोमोउको एक कम्पनी मार्फत गरेका थिए।[६][७] सन् २००५ जुलाई सम्ममा यस साङ्गीतिक समूहमा आलेक्सान्देर र मिसेल मात्र रहेका थिए भने तिनीहरू क्युबा र्‍यास सङ्घको सदस्यको रूपमा स्थापित भएका थिए।[२] यसले कामको अधिक परिपक्व विधालाई व्यवस्थापन गर्दै क्युबाली सङ्गीतको बजार आवश्यकतालाई ध्यानमा राखेको थियो।[८]

सन् २००५ मा मिसेलले समूह यस साङ्गीतिक समूहलाई छाडेपछि आलेक्सान्देरले क्युबामा गैर-व्यावसायिक समूह मेड इन क्युबाका निदेशक याकुब फरेबरलाई यस साङ्गीतिक समूहसँग जोडिन आग्रह गरेका थिए[९][१०] जसले पासितो ओलोन्सो, एडी के र अन्य मानिसहरूको साथ महत्त्वपूर्ण काम गरेका थिए। पछि नान्दो प्रो पनि यस सङ्गीत निर्माता र यस समूहका वाद्यवादकको रूपमा यस समूहसँग जोडिएका थिए भने हेन्ते दे सेनाले आफ्नो मूल सदस्यहरूको सङ्ख्या २ लाई वृद्धि गरी ३ मा पुर्‍याएको थियो[११] जतिबेला यस साङ्गीतिक समूहमा आलेक्सान्देर, नान्दो प्रो र याकुब फरबर रहेका थिए।[१२] मञ्चमा यस साङ्गीतिक समूहले युवाहरू तथा थुप्रै सङ्गीत प्रेमीहरूको साथ निकटको सञ्चार स्थापित गर्न सक्षम बनेका थिए भने उनीहरूको प्रदर्शनको अनुसरण गर्ने व्यक्तिहरूका कारण उनीहरूको सङ्गीतको गुणस्तर दैनिक रूपमा वृद्धि भएको थियो।[१३] यस समूह पछि क्युबामा सबैभन्दा उल्लेखनीय साङ्गीतिक समूहमध्ये एक भएका निस्किएका थिए।[५]

सन् २००८ मा यस साङ्गीतिक समूहले लो मेहोर के सुयना आओराको पहिलो संस्करण र त्यसपछि यसकै दोस्रो संस्करणको साङ्गीतिक सङ्गालो सार्वजनिक गरेका थिए जसका शीर्ष गीतहरू "मे गुस्ता लोस आर्तिस्तास" र "आनिमालेस" थिए।[९] यी दुई गीतहरू क्युबा, मायामी र युरोपका केही क्षेत्रहरूको सङ्गीत तालिकामा पर्न सफल भएका थिए।[१४]

सन् २०१०-१६, तेस्रो साङ्गीतिक सङ्गालो सम्पादन गर्नुहोस्

 
हेन्ते दे सोना र एनर्रिके इग्लेसियास प्रस्तुति दिँदै

सन् २०१३ मा यस साङ्गीतिक समूहको विघटन भएको थियो भने त्यसपछि सबैले आआफ्नो एकल कार्यकालको सुरुवात गरेका थिए। यस समूहका संस्थापक मध्ये एक आलेक्सान्देर भने र्रान्दीको साथमा हेन्ते दे सोनामै रहेका थिए भने ला चाराङ्गा हाभानेराका पूर्व गायक याकोबले नान्दी प्रो र दानीसँग सहकार्य गरी आफ्नो साङ्गीतिक कार्यकाललाई अगाडि बढाएका थिए।[१][१५][१६]

सन् २०१४ मा हेन्ते दे सोनाले दिसेमेर बुयेनो र स्पेनी गायक एनर्रिके इग्लेसियाससँगको सहकार्यमा बाइलान्दो नामक एकल गीत सार्वजनिक गर्न सफल भएका थिए भने उक्त गीतको सुरुवात संस्करण भने दिसेमेर बुयेनो र हेन्ते दे सोनाद्वारा गायिएको थियो। पछि यस गीतलाई पुर्तुगाली गायक र ब्राजिल गायकको सहकार्यमा यसको पुर्तुगाली संस्करण पनि सार्वजनिक गरिएको थियो। यस गीतको सार्वजनिक पश्चात् हेन्ते दे सोनाले विश्वव्यापी सफलता प्राप्त गर्न सफल भएका थिए भने यस गीत विभिन्न देशहरूमा रहेको सङ्गीत तालिकाको पनि शीर्ष स्थानमा आउन सफल भएको थियो। सन् २०१४ मा यस गीत संयुक्त राज्य अमेरिकामा रहेको बिलबोर्ड पत्रिकाको बिलबोर्ड उत्कृष्ट लातिनो सङ्गीत तालिकाको शीर्ष स्थानमा आउन सफल भएको थियो भने यस गीतलाई गायक एनर्रिके इग्लेसियास, हेन्ते दे सोना, सान पल, डिसेमेर बुयेनोले विभिन्न देशका थुप्रै सहरहरूमा प्रत्यक्ष प्रस्तुति दिएका थिए।[१७]

सन् २०१५ मा यस साङ्गीतिक समूहले गायक मार्क आन्थोनीसँगको सहकार्यमा "ला गोसादेरा" र त्यसपछि "त्राइदोरा" नामक गीत सार्वजनिक गरेका थिए। सन् २०१६ अप्रिल २२ का दिन हेन्ते दे सोनाले सोनी सङ्गीत मनोरञ्जन र अमेरिकी लातिन निगम र मागनुस मिडिया निगम भित्र रहँदै बिसालातिसाते नामक तेस्रो साङ्गीतिक सङ्गालो सार्वजनिक गरेका थिए। सोही वर्षको जुलाई १४ मा हेन्ते दे सोनाले मास मकारेना नामक एक गीत सार्वजनिक गरेका थिए जुन मकारेना गीतको नयाँ संस्करण थियो। यस गीतको प्रत्यक्ष प्रस्तुति हेन्ते दे सोनाले लोस प्रिमिओस हुबेन्तुद नामक एक सङ्गीत पुरस्कार समारोहमा दिएका थिए। यस गीतको आधिकारिक श्रव्य दृश्य सोही वर्षको अगस्ट १९ का दिन सार्वजनिक गरिएको थियो।[१८]

सन् २०१७-हाल सम्पादन गर्नुहोस्

सन् २०१७ अप्रिल ७ का दिन हेन्ते जे सोनाले सि नो बुयेलबेस नामक एक गीत सार्वजनिक गरेका थिए भने यस गीतको आधिकारिक श्रव्य दृश्य २२ अप्रिल २०१७ का दिन युट्युबमा सार्वजनिक गरिएको थियो। जुलाई ११ का दिन हेन्ते दे सोनाले अमेरिकी गायिका तथा गीतकार जेनिफर लोपेजसँगको सहकार्यमा "नि तु नि यो" नामक गीत सार्वजनिक गरेका थिए भने यस गीतको आधिकारिक श्रव्य दृश्यलाई सन् २०१७ जुलाई ११ का दिन जेनिफर लोपेजको आधिकारिक युट्युब खाता मार्फत पानि सार्वजनिक गरिएको थियो।[१९] सन् २०१८ फेब्रुअरी २२ का दिन आलेक्सान्देर र र्रान्दीले पहिलोपटक चिलेमा आयोजित अन्तर्राष्ट्रिय सङ्गीत पर्वमा प्रत्यक्ष प्रस्तुति दिएका थिए जहाँ उनीहरूले पुयेर्तो रिकोका साङ्गीतिक समूह सिषोन र लिनोस र अमेरिकी साङ्गीतिक समूह हा एससँगको सहकार्यमा प्रत्यक्ष प्रस्तुति दिएका थिए।[२०]

सन् २०१८ जुन ५ का दिन हेन्ते दे सोनाले उनीहरूको "ते दोयेले" नामक एक गीतको आधिकारिक श्रव्य दृश्य सार्वजनिक गरेका थिए भने सोही वर्षको अक्टोबर २६ का दिन हेन्ते दे सोनाले उनीहरूको आगामी साङ्गीतिक सङ्गालोका केही गीतहरूको शब्दहरू सार्वजनिक गरेका थिए।[२१] यस साङ्गीतिक सङ्गालोमा "लन बाम्बा", "कायेन्दा कालियेन्ते इस सोल" र "सि तु नि एस्तास" जस्ता गीतहरू समावेश छन्। उनीहरूको चौँथो साङ्गीतिक सङ्गालो सार्वजनिक गरिनु भन्दा अगाडि "सप नो बियेलबेस" र "ते दुयेलो" नामक गीत सार्वजनिक भैसकेको थियो भने उनीहरूको "ओत्रा कोसा" नामक चौँथो साङ्गीतिक सङ्गालो सन् २०१९ मे २४ का दिन सार्वजनिक गरिएको थियो। यस साङ्गीतिक सङ्गालोमा "एल मेन्दिरोसो" र "तान बोयेना" जस्ता गीतहरू पनि समावेश थिए।[२२]

साङ्गीतिक सङ्गालो तथा गीतहरू सम्पादन गर्नुहोस्

एकल साङ्गीतिक सङ्गालोहरू सम्पादन गर्नुहोस्

साङ्गीतिक सङ्गालो विवरण उपलब्धिहरू
पा’ ला हेन्ते दे सोना
  • सार्वजनिक: सन् २००५[१६]
  • लेबल: -
  • ढाँचा: सिडी एकल
लो मेहोर के सुयेना आहोर
  • सार्वजनिक: सन् २००७[२३]
  • लेबल: प्लानेट रेकर्डस्
  • ढाँचा: सिडी एकल, सङ्गीत अभिभारण
अ फुल
  • सार्वजनिक: १९ जुलाई २०१०[२४]
  • लेबल: प्लानेट रेकर्डस्
  • ढाँचा: सिडी एकल, सङ्गीत अभिभारण
ओरो: लो नुयेभो इ लो मेहोर
  • सार्वजनिक: ३० अप्रिल २०१२[२५]
  • लेबल: प्लानेट रेकर्डस्
  • ढाँचा: सिडी एकल, सङ्गीत अभिभारण
बिजुलाइसियाते
  • सार्वजनिक: २२ अप्रिल २०१६[२६]
  • लेबल: सोनी सङ्गीत मनोरञ्जन, अमेरिकी सङ्गीत लातिनो निगम / माग्नुस निगम
  • ढाँचा: सिडी एक , सङ्गीत अभिभारण
बिलबोर्ड उत्कृष्ट लानितो आल्बुम तालिकाको शीर्ष स्थानमा पर्न सफल[२७]

बिलबोर्ड उत्कृष्ट त्रोपिकोल आल्बुमको शीर्ष स्थानमा पर्न सफल[२८]

पुनः प्रकाशित सम्पादन गर्नुहोस्

साङ्गीतिक सङ्गालो विवरण
लो मेहोर के सुयेना आओर (दोस्रो संस्करण)
  • सार्वजनिक मिति: २५ जुलाई २००८[२९]
  • लेबल: प्लानेट रेकर्डस्
  • ढाँचा: सिडी एकल, सङ्गीत अभिभारण

केही प्रसिद्ध गीतहरू सम्पादन गर्नुहोस्

शीर्षक वर्ष सङ्गीत तालिकामा शीर्ष स्थान प्रमाणपत्र[३०] साङ्गीतिक सङ्गालो
बिलबोर्ड होलीडे १००
[३१]
बिलबोर्ड ट्विटर प्रदर्शित कलाकार
[३२]
बिलबोर्ड लातिन सङ्गीतधारा
[३३]
स्पेनी सङ्गीत उत्पादक
[३४]
बिलबोर्ड उत्कृष्ट लातिन सङ्गीत
[३५]
बिलबोर्ड लातिन अङ्किय सङ्गीत
[३६]
बिलबोर्ड पप लातिनो
[३७]
बिलबोर्ड लातिनो धाराप्रवाह
[३८]
बिलबोर्ड त्रोपिकोल सङ्गीत
[३९]
«मामा मि लो कोन्तो»[१४]
सन् २०१० ३४ ओरो: लो नोयेभो इ लो मेहोर
«यो कियेरो»[१४]
सन् २०१४ ३७ उपलब्ध/नभएको
«बाइलान्दो»[४०]
(एनर्रिके इग्लेसियास, हेन्ते दे सोना र देसेमेर बुयेनोको गीत)
सन् २०१४

सन् २०१५
१७ १४
  • स्पेनी सङ्गीत उत्पादक: 7 x Platinum[४१]

    आइएफपिआई  x Gold, 1 x Platinum[४२]
उपलब्ध/नभएको
«ए जोरारो (कोमो उन निन्यो)»
(हुवान मागानसँग)
सन् २०१५ १२ उपलब्ध/नभएको
«पियेन्सास (दिले ला बेर्दादे)»[४३]
(पिटबुलसँग)
२२ ११ उपलब्ध/नभएको
«ला गोसादेरा»
(मार्क आन्थोनीसँग)
सन् २०१५

सन् २०१६
४७ १९
  • प्रोमुसिकाई: 4 x Platinum[४४]
बिस्वालिताते
«त्राइदोरा»[१४] २३
  • प्रोमुसिकाई: 1 x Platinum[४५]
«आल्गो कोन्तिगो» ४६ ४० ३२ ४०

पुरस्कार तथा मनोनयनहरू सम्पादन गर्नुहोस्

वर्ष पुरस्कार[४६][४७] श्रेणी कार्य नतिजा[४८] सन्दर्भ
सन् २०१६ प्रिमिओस हुबेन्तोद ला कोम्बिनासिओन पेर्फेक्ता "ला गोसादिरा" विजयी [४९]
मि आर्तिस्ता त्रोपिकोल हेन्ते दे सोना मनोनित
सन् २०१६ लातिन आमेरिका प्रिमिओस आर्तिस्तो फाबोरितो – त्रोपिकोल हेन्ते दे सोना मनोनित [५०]
फाबेरितो आल्बुम – त्रोपिकोल "बिजुलाइसेत"[५१] विजयी
फाबोरितो कान्सिओन – त्रोपिकोल "त्राइदोरा" मनोनित
सन् २०१६ लातिनोस ग्रामी मेहोर आल्बुम त्रोपिकोल फुसिओन "बिजुलाइसेत" विजयी [५२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ Cobo L. (२०१६-०४-२८), "Cuban Act Gente de Zona Is Ready for Their Stateside Takeover (With Help From Marc Anthony)", बिलबोर्ड, मूलबाट २०१६-०६-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०६ 
  2. २.० २.१ Cutaia А. (२०१६-०४-२८), "Хенте де Сона Трио реггитон", Havana Cultura, मूलबाट २०१६-०६-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०६ 
  3. Llanes H. (२०१६-०४-२८), "Y se formó la gozadera con Gente de Zona", El Universal, मूलबाट २०१६-०६-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०६ 
  4. Барабанов Б. (२०१४-०३-२८), "Sex And Love. Enrique Iglesias", Коммерсантъ, मूलबाट २०१६-०६-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०६ 
  5. ५.० ५.१ Липатова Е. (२०१३-०२-०४), "От Фиделя с любовью", Colta.ru, मूलबाट २०१६-०६-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०६ 
  6. "Cuban Government to Censor Reggaeton For Being «Sexually Explict»", Pop Crush, २०१२-१२-०७, मूलबाट २०१३-०२-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०६ 
  7. "«Cuban Government Censors Reggaeton and „Sexually Explicit“ Songs»", ABC News, २०१२-१२-०६, मूलबाट २०१३-०२-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०६ 
  8. José Luis Estrada Betancourt (२०१४-०१-२०), "Bailando con Gente de Zona", Juventud Rebelde, मूलबाट २०१६-०६-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-१२ 
  9. ९.० ९.१ "Gente de Zona", Planet Records, २०१२-०२-२७, मूलबाट २०१६-०६-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०९ 
  10. Jessica (२०१०-०८-२४), "Gente D’ Zona", Discordance, मूलबाट २०१६-०६-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०८  = Archive.today अभिलेखिकरण २०१६-०६-०९ मिति
  11. Billboard Staff (२०१५-१२-११), "The 50 Greatest Latin Songs of All Time", बिलबोर्ड, मूलबाट २०१६-०६-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-११ 
  12. Levin J. (२०१५-०४-१७), "Cuban music duo Gente de Zona are poised to reach U.S. pop stardom", Miami Herald, मूलबाट २०१६-०६-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०८ 
  13. "Испаноязычный пляжный хит лета был написан под влиянием романов Достоевского", Espana Rusa, २०१४-०८-०१, मूलबाट २०१६-०६-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-१२ 
  14. १४.० १४.१ १४.२ १४.३ Buchanan J. D., "Artist Biography by John D. Buchanan. Billboard Singles", ALLMusic, मूलबाट २०१६-०६-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०६ 
  15. Fernandez S. (२०१६-०१-२२), "Gente de Zona & Marc Anthony Release 'Traidora' Video: Watch", बिलबोर्ड, मूलबाट २०१६-०६-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०६ 
  16. १६.० १६.१ Buchanan D., "Artist Biography by John D. Buchanan", Allmusic, मूलबाट २०१६-०६-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०६ 
  17. "Gente de Zona US Tour", web.archive.org, २०१३-०६-०५, मूलबाट २०१३-०६-०५ = Архивные ссылки неработающего сайта «gentedezona२०१०.com»-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०९  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-०५ मिति
  18. "9 видео, которые набрали больше 1 миллиарда просмотров на Youtube", Дождь, २०१५-०९-२५, मूलबाट २०१६-०६-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०५ 
  19. "2016 El Premio ASCAP", ASCAP, २०१६-०५, मूलबाट २०१६-०६-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-११ 
  20. Carlos Abascal Peiró (२०१४-०७-३०), "Descemer Bueno: «Uso frases de Dostoievski en mis canciones»", ABC.es, मूलबाट २०१६-०३-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-१२ 
  21. Valdez M. G. (२०१६-०५-३१), "Premios Soberano 2016 Live Stream: When, Where To Watch Dominican Award Show Online", Latin Times, मूलबाट २०१६-०६-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०६ 
  22. "Составлен рейтинг видео, набравших больше миллиарда просмотров (видео)", Росбалт, २०१५-०९-२८, मूलबाट २०१६-०६-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०५ 
  23. "Lo Mejor Que Suena Ahora - Reggaeton, Gente de Zona", iTunes Store, Apple, मूलबाट २०१६-०९-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०६ 
  24. "A Full, Gente de Zona", iTunes Store, मूलबाट २०१६-०६-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०६ 
  25. "Oro - Lo Nuevo y Lo Mejor, Gente de Zona", iTunes Store, मूलबाट २०१६-०९-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०६ 
  26. "Visualízate, Gente de Zona", iTunes Store, मूलबाट २०१६-०९-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०६ 
  27. Mendizabal A. (२०१६-०५-०५), "Gente de Zona's 'Visualizate' Debuts at No. 1 on Top Latin Albums", बिलबोर्ड, मूलबाट २०१६-०६-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-११ 
  28. "Top Tropical Albums", बिलबोर्ड, २०१६-०५-१४, मूलबाट २०१६-०६-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-११ 
  29. "Lo Mejor Que Suena Ahora v2.0 by Gente de Zona", iTunes Store, मूलबाट २०१६-०९-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०६ 
  30. Барабанов Б. (२०१४-०८-२५), "Энрике Иглесиас получил две премии за хит «Bailando»", Espana Rusa, मूलबाट २०१६-०६-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०६ 
  31. "Gente de Zona Billboard Holiday 100", बिलबोर्ड, मूलबाट २०१६-०६-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-११ 
  32. "Gente de Zona Billboard Twitter Emerging Artists", बिलबोर्ड, मूलबाट २०१६-०६-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-११ 
  33. "Gente de Zona Billboard Latin Airplay", बिलबोर्ड, मूलबाट २०१६-०८-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-११ 
  34. "Spanish Charts", PROMUSICAE, Hung Medien, मूलबाट २०१६-०५-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०९ 
  35. "Gente de Zona Billboard Hot Latin Songs", बिलबोर्ड, मूलबाट २०१६-०६-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-११ 
  36. "Gente de Zona Billboard Latin Digital Songs", बिलबोर्ड, मूलबाट २०१६-०६-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-११ 
  37. "Gente de Zona Billboard Latin Pop Songs", बिलबोर्ड, मूलबाट २०१६-०६-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-११ 
  38. "Gente de Zona Billboard Latin Streaming Songs", बिलबोर्ड, मूलबाट २०१६-०६-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-११ 
  39. "Gente de Zona Billboard Tropical Songs", बिलबोर्ड, मूलबाट २०१६-०६-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-११ 
  40. "Enrique Iglesias Billboard chart", बिलबोर्ड, मूलबाट २०१६-०६-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-११ 
  41. "Enrique Iglesias, «Bailando»", El Portal de Música, मूलबाट २०१४-०७-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०९  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-२३ मिति
  42. "Enrique Iglesias feat. Descemer Bueno / Gente De Zona, Bailando", IFPI, मूलबाट २०१४-०८-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-१२ 
  43. Flores G. (२०१६-०४-२२), "'Billboard En Vivo' Continues With Gente De Zona: Check Out the Duo's Best Collaborations", बिलबोर्ड, मूलबाट २०१६-०६-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-११ 
  44. "Gente de Zona feat. Marc Anthony, «La Gozadera»", El Portal de Música, मूलबाट २०१६-०५-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०९  = Archive.today अभिलेखिकरण २०१६-०५-३० मिति
  45. "Gente De Zona, «Traidora»", El Portal de Música, मूलबाट २०१६-०६-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-११  = Archive.today अभिलेखिकरण २०१६-०६-११ मिति
  46. Oyola M. (२०१५-०४-३०), "Gente de Zona: 5 Fast Facts You Need to Know", Heavy, मूलबाट २०१६-०६-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-११ 
  47. "Grammy latino winners (2014): Descemer Bueno, Gente de Zona, Arturo O’Farrill and Paquito D’Rivera. ** GANAN GRAMMY LATINO (2014): Descemer Bueno, Gente de Zona, Arturo O’Farrill y Paquito D’Rivera", The Cuban History, २०१४-११-२१, मूलबाट २०१६-०६-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-११ 
  48. Flores G. (२०१५-१०-०८), "Latin American Music Awards 2015: Lista completa de ganadores", Variety Media, मूलबाट २०१६-०६-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०६ 
  49. "Premios Juventud 2016: Lista completa de ganadores", www.univision.com, अन्तिम पहुँच १६ अप्रिल २०१८ 
  50. "Latin American Music Awards 2016: lista de ganadores", People Espanol (अङ्ग्रेजीमा), २०१६-१०-०७, अन्तिम पहुँच २०१६-११-३० 
  51. Billboard Staff (२०१६-०४-२८), "Billboard Latin Music Awards 2016: See the Full Winners List", बिलबोर्ड, मूलबाट २०१६-०६-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०९ 
  52. "17a Entrega Anual del Latin GRAMMY", Latin GRAMMYs, अन्तिम पहुँच २०१६-११-३० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्