हुलाक सेवा विभाग, नेपाल

हुलाक सेवा विभाग नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालय अन्तरगतको एक विभाग हो जसले नेपालभर हुलाक सेवा प्रदान गर्दछ।

इतिहाससम्पादन

नेपालमा हुलाक सेवा वि.सं. १९३५बाट हुलाक घरको स्थापना भई सुरू भएको हो। हुलाक ऐन, २०१९ कार्यान्वयनमा आएपछि सो ऐनद्वारा निर्धारित कार्यहरू हुलाक सेवा विभागले सम्पादन गर्दै आएको छ।

उद्देश्यसम्पादन

प्रचलित कानुन र अन्तर्राष्ट्रिय सन्धी सम्झौताका आधारमा नेपाली जनतालाई शीघ्र तथा विश्वसनीय रूपमा चिठ्ठीपत्र पहूँच एवं धनादेश सुविधा प्रदान गर्नु यस विभागको प्रमुख उद्देश्य हो।

कार्यहरूःसम्पादन

  1. चिठ्ठीपत्रहरू सम्वन्धितसमक्ष पुर्‍याउने,
  2. हुलाक टिकट प्रकाशन गर्ने,
  3. धनादेश व्यवस्था गर्ने,
  4. बचत बैङ्क सञ्चालन गर्ने।

सम्बन्धित लेखहरूसम्पादन

सम्पर्क ठेगानासम्पादन

हुलाक सेवा विभाग
बबरमहल
काठमाडौँ, नेपाल
टेलीफोन: ९७७-१-४२२४११६,४२२४११७
फ्याक्स: ९७७-१-४२२४१४३
ईमेल: info@postalservice.gov.np

आधिकारीक वेबसाईटसम्पादन

www.postalservice.gov.np