हिजला उपजिल्ला

हिजला (बङ्गाली: হিজলা উপজেলা) बङ्गलादेशको बरिशाल जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला बरिशाल विभाग अन्तर्गत पर्दछ।[२]

हिजला

হিজলা
उपजिल्ला
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: २२°५४′उ॰ ९०°३०.५′पू॰ / २२.९००°N ९०.५०८३°E / 22.900; 90.5083निर्देशाङ्कहरू: २२°५४′उ॰ ९०°३०.५′पू॰ / २२.९००°N ९०.५०८३°E / 22.900; 90.5083
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागबरिशाल विभाग
जिल्लाबरिशाल जिल्ला
क्षेत्रफल
 • जम्मा५१५.३६ किमी (१९८.९८ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१[१])
 • जम्मा१६६,२६५
 • घनत्व३२०/किमी (८४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटहिजला उपजिल्लाको आधिकारिक नक्शा

भूगोलसम्पादन

हिजला उपजिल्ला २२°५०' देखि २३°०५' उत्तर अक्षांश र ९०°२५' देखि ९०°४३' पूर्वी देशान्तरणमा अवस्थित छ। हिजला उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ५१५.३६ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई गाँसाइरहाटहाइमचर उपजिल्लाले उत्तर, मेहेन्दीगञ्ज उपजिल्लाले दक्षिण, रायपुर उपजिल्लाले पूर्व र मुलादी उपजिल्लाले पश्चिमबाट घेरेको छ। मेघना, जयन्ती, नयमभाङ्गा आजिमपुर, शिकारपुर आदि यस उपजिल्लाका नदी तथा नहरहरू हुन्।

इतिहाससम्पादन

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा सुरु भएको थियो भने बङ्गलादेशको मुक्तिका लडिरहेका लडाकुको नेतृत्व कुटुब उद्दिन र काजी अनवारले गरेका थिए जसले पाकिस्तानी सेनाको विरुद्धमा विभिन्न षड्यन्त्र तथा रणनीतिहरू अपनाउँदै हिजला मुलादी क्षेत्रमा पाकिस्तानी सेनालाई आक्रमण गरेका थिए। बङ्गलादेश स्वतन्त्रता अभियानका बेला पाकिस्तानी सेनासँगको प्रत्यक्ष गोली हानाहान तथा युद्धमा बङ्गलादेश लडाकुहरू: हवल्दार शाश आलम, नायक अजिजुल रहमान, हवलदार नुर महम्मद र सिपाही आब्दुल वाजिदको मृत्यु भएको थियो।

जनशाङ्खिकिसम्पादन

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १७४५०८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ८९९१८ छ भने महिलाको जनसङ्ख्या ८४५९० रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १७०१६५ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४३३५ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ८ रहेको छ। यस उपजिल्लामा ३२६ मस्जिद र १२ मन्दिरहरू रहेका छन् जसमध्ये श्री रामपुर, शाहनाजपुर ग्रामेर मुसलमान जिमिदार बाडीया मस्जिद , गङ्गापुर ग्रामे मुलचान खान मस्जिद तथा दरगा यस उपजिल्लाका केही लोकप्रिय धार्मिक स्थलहरू।[३] यस उपजिल्लाका ८३.२२% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.४३% ले पोखरी, ५.५०% ले टुटी र १०.८५% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ७.१५% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य संस्था, ५ परिवार नियोजन केन्द्र, १ मातृ तथा शिशु हेरचाह केन्द्र रहेका छन्।

अर्थतन्त्रसम्पादन

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, गहुँ, आलु, उखु, पानको पात लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया, आँप, नरिवल, केरा, मेवा, आलुबखडा, खरबुजा, लिची, अम्बा, कटहर, बदाम आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, बाँसका सामग्री उत्पादन केन्द्र, बिँडी उद्योग, चकलेट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया जुट, धान, बदाम, पानको पात लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल, तील, सखरखण्ड पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३५ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ४ माछापालन केन्द्र, ४० कुखुरापालन केन्द्र तथा २० दुग्ध सङ्कलन केन्द्रहरू रहेको छ।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७३.४३% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा २.६१%, वाणिज्यमा १०.७%, उद्योगमा ०.५६%, सञ्चार र यातायातमा १.०२%, निर्माण क्षेत्रमा १.२०%, सुविधामा ५.७२%, धार्मिक सेवामा ०.३१%, वैदेशिक रोजगारी तथा भाडामा ०.८० र अन्यमा ३.६५% रहेका छन्।

प्रशासनसम्पादन

प्रशासकीय हिजला थानाको स्थापना सन् १९११ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १ पौरसभा, ६ सङ्घ परिषद्, १२१ मौजा/महल्ला र १२१ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; गुयाबाडिया सङ्घ परिषद्, धुलखोला सङ्घ परिषद्, बडजालिया सङ्घ परिषद्, मेमानिया सङ्घ परिषद्, हरिनाथपुर सङ्घ परिषद् र हिजला गौराब्दि सङ्घ परिषद्।[४]

शिक्षासम्पादन

यस जिल्लाको कुल साक्षरता दर ३८.२% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३९.१% छ भने महिलाको साक्षरता दर ३७.४%रहेको छ। यस उपजिल्लामा १ क्याम्पस, १८ माध्यमिक विद्यालय, ८८ प्राथमिक विद्यालय तथा ४१ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; हिजला क्याम्पस, काउरिया बन्दर माध्यमिक विद्यालय, सङ्हति पाइलट माध्यमिक विद्यालय, महिषखोला सिनियर मदरसा आदि।

सन्दर्भ सामग्रीसम्पादन

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১২ মার্চ ২০১৫), "এক নজরে হিজলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ৪ এপ্রিল ২০১৪-मा सङ्ग्रहित। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (२०१२), "हिजला उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "ইউনিয়ন পরিসংখ্যান সংক্রান্ত জাতীয় তথ্য", web.archive.org, Wayback Machine, ২ নভেম্বর ২০১৯। 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरूसम्पादन