हाउस अफ डेरेअन

गायिका तथा अभिनेत्री बियोन्से र उनकी आमा टिना नोल्सद्वारा स्थापित फेशन लाइन

हाउस अफ डेरेअन (अङ्ग्रेजी: House of Deréon) गायिका तथा अभिनेत्री बियोन्से र उनकी आमा टिना नोल्सद्वारा स्थापित फेशन लाइन थियो । बियोन्सेकी हजुरआमा दर्जी एग्नेज डेरेअनको स्मृतिमा किशोरावस्था, व्यासक र प्रौढ गरी ३ पुस्ताका महिलालाई हुने खाले कपडा पाइन्थ्यो हाउस अफ डेरेअनमा । सन् २०१२ मा डेरेअनको उत्पादन बन्द गरिएको थियो ।

हाउस अफ डेरेअनको प्रतीक चिन्ह

हाउस अफ डेरेअन सम्पादन गर्नुहोस्

म फेब्रिक पसलको परिसरमा नै हुर्केकी हुँ । भाग्यले आमाले मलाई पसलमा बोलाई म र डेस्टिनीज चाइल्डका अन्य सदस्यहरूका लागि लुगा बनाइदिनुहुन्थ्यो । केही वर्ष पछि प्रशंसकहरूले पनि हाम्रा जस्ता लुगाहरू कता पाउँछ भनेर सोध्न थालेपछि यो लाइनको स्थापना गर्नु स्वभाविक नै थियो । म र मेरी आमाले सँगै यस्तो गर्न पाउँदा सँगै समय बित्नका साथै एक अर्काको फेशनबाट प्रेरणा लिन मिल्ने हुँदा म आफूलाई अत्यन्तै भाग्यशाली ठान्छु ।

— बियोन्से, हाउस अफ डेरेअनको बारेमा कुरा गर्दै[१]

सन् २००६ मा "वेर द साइडवक एन्ड क्याटवक मीट" भन्ने ट्यागलाइनको साथमा डेरेअनलाई सार्वजनिक गरिएको थियो । यस लाइनमा पाइजामा र स्वेटशर्ट जस्ता सामान्य रूपमा लगाइने लुगाहरू निकालिएको थियो । हाउस अफ डेरेअनको परिचय दी ओपरा विनफ्री शोमा दिइएको थियो र द टायरा ब्याङ्क्स शोमा पनि देखिएको थियो । यो फेशन लाइनमा हिप हाप सङ्गीतबाट प्रभावित डेनिम कपडाका साथै परम्परागत कपडाको शैलीसँग मिलाइएको थियो ।[२][३]

विभिन्न नयाँ प्रकारका लुगाहरू पाइने यस फेशन लाइनमा बियोन्सेको क्याडिल्याक रेकर्ड्समा एटा जेम्सको भूमिका निर्वाह गरेको क्षणबाट प्रभावित भई टिना नोल्सले पुराना शैलीमा बनेका लुगाहरू सार्वजनिक गरेकी थिइन् ।[४]

बियोन्सेले आफ्नो एल्बम बीडेमा समावेश गरिएको "गेट मि बडीड" र र आइ एम...साशा फियर्समा समावेश गरिएको "सिङ्गल लेडिज (पुट रिङ अन इट)" मा पनि डेरेअनको नाम लिएकी थिइन् ।[५]

लन्डनमा सार्वजनिकीकरण सम्पादन गर्नुहोस्

न्यू योर्क फेशन सप्ताहमा उपस्थित भएकी बियोन्से लन्डन फेशन सप्ताहमा हाउस अफ डेरेअनको शिशिर ऋतुका लागि लुगा सार्वजनिक गर्न लन्डन, इङ्ल्यान्ड पुगेकी थिइन् । उक्त कार्यक्रममा चिप, एली गोल्डिङ, एलेक्जेन्ड्रा बर्करिता ओरा जस्ता हस्तीहरू उपस्थित थिए ।[६] बियोन्सेले कार्यक्रममा उनकी आमासँग सेक्विनको कालो सूट लगाएकी थिइन् ।[७] सिएनएनसँगको अन्तर्वार्तामा हाउस अफ डेरेअनको शिशिर/शरद सङ्ग्रहको बारेमा सोध्दा बियोन्सेले भनिन्,

यो सङ्ग्रह मेरो विश्व भ्रमणबाट प्रभावित भएको हो । म मेरी आमासँग विश्वभर नै टूरमा गएँ । एसिया, ब्राजिलको सौन्दर्यको प्रत्यक्ष आनन्द लिने अवसर पाएँ । म र मेरी आमाले हामीले देखेका सबै विविधतालाई समावेश गरी एउटा फेशन सङ्ग्रहको रूपमा सार्वजनिक गर्ने निर्णय गर्यौँ । अफ्रिकी कपालका साथै एसियाली कपडालाई समावेश गरेको यस सङ्ग्रहले चाहिँ हामीले सबै जातका मानिसहरूमा एकताको भावनाको विकास गराउन खोजेका छौँ ।[१]

पहिले संयुक्त राज्यमा मात्रै उपलब्ध हाउस अफ डेरेअनलाई सेप्टेम्बर १७, २०११ मा आधिकारिक रूपमा विश्वव्यापी स्तरमा सार्वजनिक गराइएको थियो ।[८]

उत्तर अमेरिकामा पुनः सार्वजनिकीकरण सम्पादन गर्नुहोस्

सन् २०१२ मा हाउस अफ डेरेअनलाई नयाँ पहिरन तथा नयाँ शैलीका साथ सार्वजनिक गरिएको थियो । यस ब्र्यान्डमा पनि टिना नोल्सलाई नै प्रमुख डिजाइनरको भूमिकामा राखिएको थियो । यद्यपि, त्यही वर्ष हाउस अफ डेरेअन र बालबालिकाका लागि सार्वजनिक गरिएको डेरेअनको सामग्री उत्पादन गर्न बन्द गरियो ।

एग्नेज बियोन्से सम्पादन गर्नुहोस्

एग्नेज बियोन्से (जन्म: एग्नेज डेरेअन; सन् १९०९ - सन् १९८४) एक लुइजियाना निवासी थिइन्, जसको पारिवारिक नाम र ससाना कुराहरूबाट विभिन्न रचना गर्ने कलालाई उनकी छोरी टिना नोल्स र नातिनी बियोन्से नोल्सले आफ्नो फेशन लाइनको प्रेरणाको स्रोत बनाएका थिए ।

एग्नेज डेरेअनको जन्म जुलाई १, १९०९ मा न्यू आइबेरिया, लुइजियाना नजिकै डेलकाम्ब्रे, लुइजियानामा यूजिन गुस्ताव "यूजिनी" डेरेअन (सन् १८६० - सन् १९३७) र ओडिलिया ब्रूसार्ड (इआर ब्रूसार्ड र जोसेफिन लेसरकी छोरी) की छोरीको रूपमा भएको थियो ।[९] उनी र उनको परिवार लुइजियाना क्रियोल थिए । स्वशिक्षित डेरेअन लुइजियानामा सिलाई गर्ने महिलाको रूपमा चर्चित थिइन् । सिलाईका विभिन्न शैलीको प्रयोग गर्ने डेरेअनद्वारा निर्मित लुगाहरू हाउस अफ डेरेअनको आधिकारिक वेबसाइटमा प्रदर्शन गरिएको थियो ।

डेरेअनले, पछि, लुइजियानाको एबिभिलका एलेक्जेन्डर बियोन्से र मरी ओलिभिएरका छोरा लुमिस बियोन्सेसँग विवाह गरी आफ्नो थर परिवर्तन गरिन् । उनीहरूले पछि टेक्ससको गाल्भेस्टनमा बसाइ सरी आफ्नो परिवार सुरु गरे । एग्नेज र लुमिस बियोन्से फ्रान्सेली भाषा बोल्ने फ्रान्सेली, अफ्रिकी र अमेरिकी मूलका क्रियोल जाति थिए ।

बियोन्से परिवार अत्यन्तै मिहिनेती थियो । आफ्ना छोराछोरीले राम्रो निजी विद्यालयमा पढ्न पाऊन् भनेर उनीहरूले कयौँ बलिदान दिएका थिए । एबनी पत्रिकासँगको अन्तर्वार्तामा टिना नोल्सले उनकी आमाले आफ्ना सन्तानलाई क्याथोलिक विद्यालयमा पढाउनका लागि गिर्जाघरमा लगाउने वस्त्र बनाउने काम गर्थिन् भन्ने खुलासा गरेकी थिइन् ।[९]

विवाद सम्पादन गर्नुहोस्

मे २००८ मा यस फेशन लाइनले "द डेरेअन गर्ल्स कलेक्शन" नामक विज्ञापन सार्वजनिक गर्यो । यस विज्ञापनमा सात वर्षका बालिकाहरूलाई मेक अप र हील जुत्तामा प्रदर्शन गरेको हुनाले नकारात्मक आलोचनात्मक प्रतिक्रिया पायो । द वाशिङटन पोस्टमा आयोजित चुनावमा ६२% पाठकहरूले त्यस विज्ञापनमा बालिकाहरूलाई कामुक दृष्टिकोणले दर्शाएको सहमति जनाएका थिए ।[१०]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Beyonce and Tina Knowles on fashion collection and pregnancy", सिएनएन, सेप्टेम्बर १९, २०११, अन्तिम पहुँच सेप्टेम्बर १९, २०११ 
  2. "Dereon", डेरेअन, मूलबाट सेप्टेम्बर २४, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १९, २०११  वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२४ मिति
  3. नोर्मेन्ट, लिन (डिसेम्बर २००५), "A family affair: Beyonce & Tina Knowles launch fashion line House of Dereon", एबनी (फाइन्ड आर्टिकल्स), अन्तिम पहुँच सेप्टेम्बर १९, २०११ 
  4. पीपल, नोभेम्बर १७, २००८। पृ: १४०। अन्तिम पहुँच सेप्टेम्बर १९, २०११ मा।
  5. "Beyonce's Company Bought Out By LF USA", डा. जेज डट कम, अन्तिम पहुँच सेप्टेम्बर १९, २०११ 
  6. "Beyoncé Struts Down the Runway at House of Deréon Show", र्याप-अप (डेभिन ल्याजरिन), सेप्टेम्बर ९, २०११, अन्तिम पहुँच सेप्टेम्बर ९, २०११ 
  7. "Beyoncé Shows Off Baby Bump In Low Cut Top (PHOTOS)", द हफिङटन पोस्ट (एओएल), सेप्टेम्बर १९, २०११, अन्तिम पहुँच सेप्टेम्बर १९, २०११ 
  8. "House of Deréon International Collection Launch at Selfridges in London", बियोन्से, मूलबाट सेप्टेम्बर २४, २०१११-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १९, २०११  वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२४ मिति
  9. ९.० ९.१ ह्यारिसन लटूर (जुलाई १०, २००७), "Broussard ancestors of Beyoncé Giselle Knowles", जेनफोरम जिनियोलजी, अन्तिम पहुँच सेप्टेम्बर ९, २०११  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०४-०२ मिति
  10. केली, लिज (मे १४, २००८), "Beyonce's Bootylicious Kid Ads: Over The Line?", द वाशिङटन पोस्ट, द वाशिङटन पोस्ट कम्पनी, अन्तिम पहुँच सेप्टेम्बर १९, २०११