हलिमा याकुब

हलिमा बिन्ते याकुब (जन्म: सन् १९५४ अगस्ट २३) सिङ्गापुरकी एक महिला राजनीतिज्ञ, पूर्व वकिल र सन् २०१७ देखि सिङ्गापुरको आठौँ राष्ट्रपतिको रूपमा सेवा गरिरहेकी छिन्। राष्ट्रपति बन्नुभन्दा पहिले उनलाई सन् २०१३ जनवरी १४ मा सिङ्गापुरको संसदको अध्यक्ष छानिएको थियो। सिङ्गापुरको गणतान्त्रिक इतिहासमा संसदको अध्यक्ष र राष्ट्रपति हुने उनी प्रथम महिला हुन्।[१] यो भन्दा आगाडि उनी सामुदायिक विकास, युवा र खेल मंत्रालयमा राज्य मन्त्री रहेकी थिइन्। उनी सन् २००१ देखि लगातार सिङ्गापुरको जुरोङ समूहको प्रतिनिधित्व निर्वाचन क्षेत्रबाट सांसद थिइन्।[२][३]

हलिमा याकुब
President Halimah Yacob in 2019.jpg
सन् २०१९ मा हलिमा
८औँ सिङ्गापुरको राष्ट्रपति
पद बहाली
सन् २०१७ सेप्टेम्बर १४
प्रधानमन्त्रीली हाइन लुङ
पूर्वाधिकारीटोनी टान
व्यक्तिगत विवरण
जन्म (1954-08-23) २३ अगस्ट १९५४ (उमेर ६८)
सिङ्गापुरको कोलोनी
राजनीतिक दलस्वतन्त्र
(सन् २०१७–वर्तमान)
अन्य राजनीतिक
संलग्नता
पिपल्स एक्सन पार्टी (सन् २००१-२०१७)
जीवन साथी
सन्तान(हरू)
निवासद इस्ताना
शिक्षासिङ्गापुरको राष्ट्रिय विश्वविद्यालय (एलएलबी, एलएलएम)
हस्ताक्षर

उनले राजनीतिक दलबाट राजीनामा दिएर सन् २०१७ को राष्ट्रपति निर्वाचनमा भाग लिन स्वतन्त्र बनिन् र उनी बाहेक अन्य उम्मेदवारहरूले योग्यताको मापदण्ड पूरा नगरेपछि निर्विरोध चुनाव जितिन्। संविधान संशोधनका कारण यो निर्वाचन विशेषगरी मलाय समुदायका उम्मेदवारका लागि आरक्षित गरिएको थियो।[४][५]

जीवनीसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Singapore's first female Speaker of Parliament" [सिङ्गापुरको पहिलो महिला सभामुख], च्यानल न्युज एसिया, सन् २०१३ जनवरी ९, अन्तिम पहुँच सन् २०१५ अप्रिल ६ 
  2. U-Wen, Lee, "Halimah Yacob declared president-elect after walkover victory", Channel NewsAsia, मूलबाट २५ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१७ 
  3. "Who is Halimah Yacob, Singapore's first female President?", Channel NewsAsia (en-USमा), मूलबाट २५ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०९-१३ 
  4. "PM Lee accepts Halimah Yacob's resignation from the PAP", Channel NewsAsia, ७ अगस्ट २०१७, मूलबाट ७ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अगस्ट २०१७ 
  5. "Halimah Yacob named Singapore's first female president", Al Jazeera, १३ सेप्टेम्बर २०१७, मूलबाट २ मे २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०९-१४ 

बाह्य कडीहरूसम्पादन