हरिप्रसाद रिमाल

नेपाली अभिनेता, चलचित्र निर्देशक, गायक र गीतकार

सङ्गीतनाट्य शिरोभूषण हरिप्रसाद रिमाल (वि.सं. १९८२ साल असोज ५ गते - वि.सं. २०७५ साल भाद्र १५ गते)[१] एक नेपाली अभिनेता, गायक र चलचित्र निर्देशक थिए ।[२][३] रेडियो नेपालको पहिलो गायकका रूपमा चिनिने रिमालले नेपालको पहिलो चलचित्र आमाबाट अभिनय सुरु गरेका थिए ।[४][५]

हरिप्रसाद रिमाल
जन्मवि.सं. १९८२ साल असोज ५ गते
ललितपुर, नेपाल
मृत्युवि.सं. २०७५ साल भाद्र १५ गते (९२ वर्ष)
बानेश्वर, काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
शिक्षादरबार हाई स्कुल
पेशा
  • अभिनेता
  • चलचित्र निर्देशक
  • गायक
  • गीतकार

वि.सं. २००७ साल चैत २० गते सालमा "मेरो दिल टुक्रा बनेर एक दिन, आँखाको बाटो भएर बहनेछ" बोलको शङ्कर लामिछानेका शब्दमा हरिप्रसाद रिमालकै स्वर र सङ्गीतमा रिमालले हार्मोनियम बजाएर गीत गएका हुनाले उनलाई रेडियो नेपालको प्रथम गायकका रूपमा दर्ता गरिएको छ ।[२] आमा चलचित्रबाट अभिनय सुरु गरेका रिमालले मनको बाँध, परिवर्तन, के घर के डेरा, सन्तान लगायतका चलचित्रमा अभिनय गरेका थिए ।[६]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

रिमालको जन्म वि.सं. १९८२ साल असोज ५ गते घनश्याम रिमाल र मोहन कुमारी रिमालको तेस्रो सन्तानको रूपमा ललितपुरको लगनटोलमा भएको थियो । उनका पिता गायनका लागि परिचित थिए भने उनका दाइहरू कवि थिए ।[७] श्वासनलीको सङ्क्रमणले ग्रस्त रिमालको वि.सं. २०७५ साल भाद्र १५ गते ९२ वर्षको उमेरमा बानेश्वर, काठमाडौँमा मृत्यु भयो ।[२][४]

अभिनय सम्पादन गर्नुहोस्

वर्ष शीर्षक टिप्पणी
वि.सं. २०२१ आमा प्रथम नेपाली चलचित्र र रिमालको प्रथम चरित्र अभिनय
वि.सं. २०२८ परिवर्तन
वि.सं. २०३७ सिन्दूर
वि.सं. २०४२ के घर के डेरा
वि.सं. २०४४ सन्तान
वि.सं. २०४७ पिरती
वि.सं. २०५० चोखो माया
वि.सं. २०५१ ज्वाला
वि.सं. २०५५ मनको बाँध

सम्मान सम्पादन गर्नुहोस्

  • भक्त राज आचार्य सङ्गीत प्रतिष्ठान[८]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमाल रहेनन्", सौर्य अनलाइन, वि.सं. २०७५ साल भाद्र १५ गते। 
  2. २.० २.१ २.२ "सङ्गीतनाट्य शिरोभूषण: हरिप्रसाद रिमाल", हाम्रो पात्रो, अन्तिम पहुँच वि.सं. २०७७ साल भाद्र २५ गते 
  3. "हरि प्रसाद रिमालको छोटो जीवनी", चिनारी पोस्ट, वि.सं. २०७५ साल भाद्र १५ गते। 
  4. ४.० ४.१ "रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन", अन्नपूर्ण पोस्ट, वि.सं. २०७५ साल भाद्र १५ गते। 
  5. "वरिष्ठ गायक तथा अभिनेता हरिप्रसाद रिमालको निधन", सेतोपाटी, वि.सं. २०७५ साल भाद्र १५ गते। 
  6. "रहेनन् रेडियो नेपालको पहिलो गायक हरिप्रसाद रिमाल", १२ खरी, वि.सं. २०७५ साल भाद्र १५ गते। [dead link]
  7. "Veteran artiste Hari Prasad Rimal passes away at 92" [वरिष्ठ कलाकार हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा मृत्यु], द हिमालयन टाइम्स, वि.सं. २०७५ साल भाद्र १५ गते, मूलबाट वि.सं. २०७५ साल पौष २५ गते-मा सङ्ग्रहित। 
  8. "Bhakta Raj Acharya Pratisthan honours two veteran artistes" [भक्त राज आचार्य प्रतिष्ठानद्वारा दुई वरिष्ठ कलाकार सम्मानित], द हिमालयन टाइम्स, वि.सं. २०७४ साल साउन १५ गते, मूलबाट वि.सं. २०७५ साल पौष २५ गते-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-०९ मिति