हथा अल योउम (अनुवादित अर्थ - आजको दिन) (अरबी: هذا اليوم‎), अरबी , कुर्दिस, र अङ्ग्रेजी लगायतका तीनवटा भाषाहरूमा इराकी मामिलाहरूको लागि सृजना गरिएको एक समाचार एकत्रित सेवा हो।[२] यसलाई सन् २०११ मा पाँच मुख्य स्रोतहरूको साथ सुरू गरिएको थियो।[३] वर्षौंको अवधिमा यो सेवा इराकको स्थानीय सञ्चार माध्यमका अनुसार आधिकारिक इराकी वेबसाइटहरू सहित करीव छ हजार स्रोतहरूमा प्रकाशित गरिएको छ।[४] कम्पनीको प्रधान कार्यालय राजधानी बगदादमा रहेको छ।

हथा अल-योउम
साइटको प्रकार
समाचार समष्टिकर्ता
मुख्यालयहरूबगदाद, इराक
मालिकहथा अल-योउम प्रकाशन लिमिटेड
आयसदस्यता तथा विज्ञापन
युआरएलhathalyoum.net
अलेक्सा क्रमPositive decrease ९० इराक (नोभेम्बर २०१९)[१]
दर्ताचाहिँदैन
चालु भएको मितिसन् २०११

दृश्य सम्पादन गर्नुहोस्

हथा अल योउमले आरएसएसको, खोज बाकस, र प्रविधिहरू प्रयोग गर्दछ जहाँ प्रयोगकर्ताहरूले कुञ्जी शब्दहरूको प्रयोग गरी समाचार फेला पार्न सक्दछन्।[५]

स्रोत सम्पादन गर्नुहोस्

इराकी समाचार वेबसाइटहरूको प्रतिवेदन प्रायः यसमा एकत्रित गरिएको छ। यसका अतिरिक्त, विशेष गरी सिरियाली गृहयुद्धको क्रममा धेरै साइटहरू समाचार स्रोतका लागि हथा अल योउममा भर परेका थिए।[६] एकत्रीकरण समाचार लेखको साथसाथै , साइटले यसलाई ईडाँकद्वारा प्राप्त प्रतिवेदनहरूको पनि प्रकाशित गर्दछ। [७]

मुल्याङ्कन सम्पादन गर्नुहोस्

हथा अल योउम इराकको सबैभन्दा धेरै अवलोकन गरिएको साइटहरू मध्ये एक हो। विशेष गरी सन् २०१४ मा आइएसआइएस विरुद्धको अन्तर्राष्ट्रिय सैन्य हस्तक्षेपको क्रममा यसको वेबसाइटलाई सर्वाधिक धेरै पटक हेरिएको थियो।[८] प्रति महिना दश लाख भन्दा बढी प्रयोगकर्ताहरू यसको वेबसाइटमा भ्रमण गर्छन् र वेबसाइटले मासिक रूपमा ५ करोड भन्दा बढी दृश्यहरू प्राप्त गर्दछ। हथा अल योउमसँग हाल गुगल खोज संयन्त्रको अनुक्रमणमा लगभग २० लाख पृष्ठहरू रहेका छन्।[९]

विज्ञापन सम्पादन गर्नुहोस्

हथा अल योउमले सबै साइटको वेब पृष्ठहरूमा प्रदर्शित विज्ञापनबाट रकम आर्जन गर्दछ। सन् २०१४ को इराकी संसदीय चुनाव हुनु भन्दा अघि इराकी राष्ट्रिय काङ्ग्रेसका नेता अहमद चालाबीले चुनाव घोषणा गर्ने अल योउमलाई अन्तिम भुक्तानी गरेका थिए। हथा अल योउमको दोस्रो आय स्रोत विज्ञापन सेवाहरूबाट प्राप्त हुन्छ जो तेस्रो पक्ष साइटहरू जस्तै एडसेन्स र अन्य पाठ विज्ञापन कम्पनीहरू वा मत मार्फत पहुँच हुन्छ।[१०]

आलोचना सम्पादन गर्नुहोस्

केही वेबसाइटका मालिकहरूले, हथा अल योउमले कहिलेकाहीँ साइटमा उनीहरूका समाचारहरूको शीर्षक, शब्दावली , वा केही समाचारहरू विशेष गरी बगदादका प्रभावकारी राजनीतिक दलहरू अनुरोधमा परिवर्तन गर्ने विश्वास व्यक्त गरेका थिए।[११] केही साइटहरूले हथा अल योउमसँग उनीहरूको सेवा रद्द गर्ने निर्णय गरेका थिए र तिनीहरू मध्ये धेरैले, अप्रत्यक्ष रूपमा भाग नलिएको खण्डमा यो सफल नहुने दावी गरेका थिए।[१२]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "हथा अल योउम वेबसाइटको जानकारी", अलेक्सा इन्टरनेट  वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-१८ मिति
  2. "हाम्रो बारेमा", हथा अल योउम, अन्तिम पहुँच १० अक्टोबर २०११ 
  3. "हथा अल-योउम समूह मिडिया", मादर, अन्तिम पहुँच ६ डिसेम्बर २०१८ 
  4. "Hatha al-Youm Search engine holds Ads election in Iraq 2014", अरब ब्लग, अन्तिम पहुँच २४ जुलाई २०१४ 
  5. "Are you still using an RSS reader?", द भर्ज, अन्तिम पहुँच १६ डिसेम्बर २०१७ 
  6. "Hatha al-Youm tops the news engines in Iraq", सोटाली इराक, अन्तिम पहुँच ३० नोभेम्बर २०१८ 
  7. "Isis preparing for a chemical attack on Syria's democratic forces", सिरिया एचआर, अन्तिम पहुँच २९ नोभेम्बर २०१८ 
  8. "The search engine (Hatha al-Youm) tops the news engines in Iraq (arabic)", अन्तिम पहुँच ३० नोभेम्बर २०१८ 
  9. "The search engine (Hatha al-Youm) tops the news engines in Iraq", अन्तिम पहुँच ३० नोभेम्बर २०१८ 
  10. "Polls: about the best agency and newspaper radio and channel in iraq", इराकी न्युज, अन्तिम पहुँच २४ डिसेम्बर २०१३ 
  11. ""Hatha al-Youm" is fighting an electronic war for those who pay more!", इराक नाउ डटन्युज, अन्तिम पहुँच १ डिसेम्बर २०१७ 
  12. "hatha al-Youm not professional", निरियाह्, अन्तिम पहुँच २३ अगस्ट २०१२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्