स्याम भोक्स (जन्म: २१ अप्रिल १९८९) वेल्सका व्यावसायिक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब बर्नलीवेल्स राष्ट्रिय फुटबल टोलीका लागि अग्रपङ्क्तिको रूपमा खेल्छन्।

स्याम भोक्स
सन् २०१६ मा भोक्स राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै
व्यक्तिगत जानकारी
पुरा नाम साउएल माइकल भोक्स[१]
जन्म मिति (1989-10-21) २१ अक्टोबर १९८९ (उमेर ३४)[२]
जन्म स्थान साउथह्याम्प्टन, इङ्ल्यान्ड
उचाइ ६ फिट १ इन्च (१.८६ मी)[३]
खेल्ने स्थान(हरू) अग्रपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
स्टोक सिटी
सङ्ख्या
युवा करियर
सन् २००५–२००६ उल्भरह्याम्प्टन वन्डरर्स प्रशिक्षण केन्द्र
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २००६–२००८ बोर्नमाउथ ५४ (१६)
सन् २००८–२०१२ उल्भरह्याम्प्टन वन्डरर्स ४७ (६)
सन् २००९लिड्स युनाइटेड (ऋण) (१)
सन् २०१०–२०११ब्रिस्टल सिटी (ऋण) (०)
सन् २०११सेफिल्ड युनाइटेड (ऋण) (१)
सन् २०११नर्विच सिटी (ऋण) (१)
सन् २०११–२०१२बर्नली (ऋण) (२)
सन् २०१२ब्राइटन एन्ड होभ एल्बियन (ऋण) १४ (३)
सन् २०१२–२०१९ बर्नली २३० (५६)
सन् २०१९– स्टोक सिटी ५० (८)
अन्तर्राष्ट्रिय करियर
सन् २००७–२०१० २१ वर्ष मुनि १४ (४)
सन् २०१८– वेल्स ६४ (११)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १४:५८, २० सेप्टेम्बर २०२० (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २१:४५, ९ सेप्टेम्बर २०१९ (युटिसी)

सन् २००६ मा भोक्सले १७ वर्षको उमेरबाट एएफसी बोर्नमाउथ नामक एक अङ्ग्रेजी क्लबका लागि इएफएल लिग वन कप नामक एक प्रतियोगिता मार्फत व्यावसायिक फुटबल खेलजीवनको सुरुवात गरेका थिए। सन् २००६ देखि सन् २००८ सम्म बोर्नमाउथ क्लबका लागि फुटबल खेलेका भोक्सले दुई वर्षको अवधिका क्लबका लागि कुल ५४ उपस्थितिहरूमा जम्मा १६ गोल गर्न सफल भएका थिए भने उनी सन् २००८ मा उल्भरह्याम्प्टन वन्डरस नामक एक अङ्ग्रेजी फुटबल क्लबमा आवद्ध भएका थिए। सन् २००८ मन उल्भ्समा पर्दापण गरेका भोक्सले त्यस संस्करणको प्रिमियर लिगको उपाधि क्लबको नाममा दर्ता गर्न महत्त्वपूर्ण योगदान दिएका थिए। उल्भ्सका लागि ४ वर्ष फुटबल खेलका भोक्सले उक्त क्लबका लागि कुल ४७ उपस्थितिहरूमा जम्मा ६ गोल गर्न सफल भएका थिए भने उनी उल्भ्समा रहेर सन् २००९ मा लिड्स युनाइटेड नामक एक अङ्ग्रेजी क्लबमा आवद्ध भएका थिए। त्यस पछिका वर्षहरूमा भोक्स अन्य लिड्स युनाइटेड सहित कुल ६ क्लबहरूमा ऋणमा आवद्ध भएका थिए। सन् २०११ मा भोक्स बर्नली नामक एक प्रिमियर लिगको क्लबमा आवद्ध ऋणमा आवद्ध भएका थिए जहाँ उनले क्लबसँगको १ वर्षे बसाइँमा ९ उपस्थितिहरूमा कुल २ गोल गर्न सफल भएका थिए। सन् २०१२ मा उनी ब्राइटन एन्ड होभ एल्भियन नामक एक अङ्ग्रेजी क्लबमा ऋणमा आवद्ध भएका थिए जहाँ उनले क्लबसँगको १ वर्षे बसाइँमा कुल १४ उपस्थितिहरू जनाएका थिए। सन् २०१२ देखि सन् २०१९ सम्म भोक्सले बर्नलीका लागि फुटबल खेलहरूमा सहभागिता जनाएका थिए भने उनले त्यस अवधिमा क्लबका लागि कुल २३० उपस्थितिहरूमा ५६ गोल गर्न सफल भएका थिए। सन् २०१९ मा उनले स्टोक सिटीसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए।

वेल्स राष्ट्रिय टोलका एक भोक्स एक महत्त्वपूर्ण खेलाडी हुन्। सन् २००७ मा भोक्सले १८ वर्षको उमेरमा वेल्सको २१ वर्ष मुनिको राष्ट्रिय टोलीका तर्फबाट अन्तर्राष्ट्रिय फुटबल खेलजीवनको सुरुवात गरेका थिए भने उनले सन् २०१० सम्म उक्त टोलश्रमा रहेर विभिन्न अन्तर्राष्ट्रिय खेलहरूमा राष्ट्रको प्रतिनिधित्व गरेका थिए।[४] भोक्सले २१ वर्ष मुनिको राष्ट्रिय टोलीसँगको ३ वर्षे बसाइँमा कुल १४ उपस्थितिहरूमा जम्मन ४ गोल गर्न सफल भएका थिए। सन् २००८ मा भोक्सले वेल्सको वरिष्ठ राष्ट्रिय टोलीमा पर्दापण गरेका थिए भने त्यस समय उनी २१ वर्ष मुनिको राष्ट्रिय टोलीक‍ पनि सदस्य रहेका थिए। भोक्सले राष्ट्रिय टोलीका लागि ६० भन्दा बढी अन्तर्राष्ट्रिय खेलहरूमा उपस्थिति जनाइसकेका छन् भने सन् २०१६ फ्रान्समा आयोजित युएफा युरो २०१६ मा राष्ट्रिय टोलीलाई सेमिफाइनलसम्म पुर्‍याउनुमा भोक्सको महत्त्वपूर्ण योगदान रहेको थियो।

क्लब खेलजीवन सम्पादन गर्नुहोस्

बर्नली सम्पादन गर्नुहोस्

सन् २०१२ जुलाई ३१ का दिन भोक्सले च्याम्पियनसिप नामक इङ्ल्यान्डको दोस्रो सर्वोच्च लिगमा प्रतिस्पर्धा गर्ने क्लब बर्नलीका लागि ३ वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।[५][६] सन् २०१२ डिसेम्बर २ का दिन भोक्सले ब्ल्याकबर्न रोभर्स विरुद्धको एक खेलमा उनले खेलको ८९औँ मिनेटमा बराबरी गोल फर्काएका थिए भने उक्त खेल १-१ को बराबरीमा समाप्त भएको थियो।[७] सन् २०१३-१४ को च्याम्पियनसिप संस्करणको सुरु हुनु भन्दा अगाडि बर्नलीले क्विन पार्क रेन्जर्ससँग एक सम्झौता गरेको थियो भने बर्नलीका खेलाडी चार्ली अस्टिन क्विन पार्क रेन्जर्समा सरेपछि भोक्स ११ प्रमुख खेलाडीहरू मध्ये पर्न सफल भएका थिए।[८] त्यस वर्षको च्याम्पियनसिप संस्करणमा भोक्सले क्लबका लागि कुल ४४ उपस्थितिहरूमा जम्मा २१ गोल गर्न सफल भएका थिए भने त्यस वर्ष क्लब लिगमा दोस्रा हुँदै क्लबले इङ्ल्यान्डको सर्वोच्च प्रिमियर लिगमा पदोन्नति गरेको थियो।[९] एक खेलमा चोट लागेका कारण उनीले केही महिना विश्राम गरेका थिए भने उनी एफए कपमा टोटनह्याम हट्सपरको विरुद्धमा खेल्नका लागि चोट मुक्त भई खेलमा फर्किएका थिए।[१०] [११] सन् २०१४-१५ को प्रिमियर लिग संस्करणमा भोक्सले बर्नलीका लागि कुल १५ उपस्थितिहरू जनाएका थिए भने त्यस वर्षको संस्करणमा बर्नलीको पदघटका कारण क्लब पुनः च्याम्पियनसिपमा फर्किनु परेको थियो। [१२][१३]

स्टोक सिटी सम्पादन गर्नुहोस्

सन् २०१९ जनवरी ३१ का दिन भोक्सले स्टोक सिटी नामक एक अङ्ग्रेजी फुटबल क्लबसँगको साँढे तीन वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए।[१४] उक्त क्लबमा आवद्ध भएको दुई दिन पश्चात् उनले स्टोक सिटीको तर्फबाट पहिलो खेल हल सिटीको विरुद्ध खेलेका थिए जहाँ उनले पेनाल्टी गोल गर्नबाट चुकेका कारण क्लबले २-० गोल अन्तरको हाल बेहोर्नु परेको थियो।[१५] सन् २०१९ फेब्रुअरी २३ का दिन आयोजित एस्टन भिल्ला नामक एक फुटबल क्लबको विरुद्ध भोक्सले क्लबका तर्फबाट पहिलो गोल गर्न सफल भएका थिए भने उक्त खेल १-१ को बराबरीमा समाप्त भएको थियो।[१६] सन् २०१८-१९ संस्करणको च्याम्पियनसिपमा भोक्सले क्लबका लागि कुल १२ उपस्थितिहरूमा जम्मा ३ गोल गर्न सफल भएका थिए।[१७] सन् २०१९-२० को च्याम्पियनसिप नामक अङ्ग्रेजी फुटबलको दोस्रो सर्वोच्च लिगमा स्टोक सिटीले सुरुवात देखिनै खराब प्रदर्शनहरू गरेको थियो भने क्लब दश खेलहरू खेलेकोमा सबैमा हार बेहोरेको थियो।[१८] भोक्सले इएफएल कपमा तीनैचरणको खेलमा क्लबका लागि गोल गर्न सफल भएतापनि उनले क्लबका लागि लिग चरणको खेलमा डिसेम्बरमा मात्र पहिलो गोल गरेका थिए।[१९] कोभिड १९ महामारीका कारण २०२० संस्करणको च्याम्पियन्स लिगको समय अवधि बढाइए पछि उनले सन् २०२० जुलाई ४ का दिन आयोजित बर्सनलीको विरुद्ध गोल गर्न सफल भएका थिए।[२०] यस वर्षको च्याम्पियन संस्करणमा भोक्सले क्लबका लागि ४० उपस्थितिहरूमा जम्मा ८ गोल गर्न सफल भएका थिए।[२१] यस वर्षको च्याम्पियनसिप संस्करणमा टोलीले १५औँ स्थान प्राप्त गरेको थियो।

अन्तर्राष्ट्रिय खेलजीवन सम्पादन गर्नुहोस्

 
सन् २००८ मा भोक्स राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै

भोक्स इङ्ल्यान्डमा जन्मिएता पनि उनले अन्तर्राष्ट्रिय फुटबल खेलजीवनक‍ सुरुवात वेल्स राष्ट्रिय फुटबल टोलीको तर्फबाट गरेका थिए भने उनी राष्ट्रिय टोलका एक महत्त्वपूर्ण खेलाडी हुन्।[२२] सन् २००७ मा भोक्सलाई वेल्स राष्ट्रिय टोलीका प्रशिक्षक ब्रायन फ्लेनले २१ वर्ष मुनिको राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न बोलाएकन थिए भने उनले सन् २००७ फेब्रुअरी ६ का दिन उत्तरी आयरल्यान्ड विरुद्धको एक खेल मार्फत अन्तर्राष्ट्रिय फुटबल खेलजीवनको सुरुवात गरेका थिए। उक्त खेल खेल्ने क्रममा भोक्स जम्मा १७ वर्षका थिए।[२३] उत्तरी आयरल्यान्ड विरुद्धको खेलमा भोक्सले खेल सुरु भएको ३६ सेकेन्डमै टोलीका तर्फबाट गोल गर्दै टोलीका लागि पहिलो अग्रता दिलाउन सफल भएका थिए जुन राष्ट्रिय टोलीका लागि सर्वाधिक छोटो समयमा गोल गर्ने खेलाडीमा भोक्सले कीर्तिमान राखेका थिए। उनको गोलबाट अग्रता प्राप्त गरेको राष्ट्रिय टोलीले आयरल्यान्डलाई ४-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो जसकारण युवा राष्ट्रिय टोली युरोपेली यु-२२ च्याम्पियनसिप नामक एक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको थियो।[२४]

उक्त खेल खेलेको खेलेको निकै छोटो समयमा भोक्सले वरिष्ठ राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने सुवर्ण अवसर प्राप्त गरेका थिए।[२५] सन् २००८ मे २८ का दिन आइसल्यान्ड विरुद्धको एक मैत्रीपूर्ण खेलमा भोक्सले वरिष्ठ राष्ट्रिय टोलीको तर्फबाट पर्दापण गरेका थिए भने उनी खेलको दोस्रो हाफमा मैदान उत्रिएका थिए।[२६] सन् २०१० का दक्षिण अफ्रिकामा आयोजना हुन लागेको छनोट खेल सन् २००८ सेप्टेम्बर ६ का दिन अजरबैजानको विरुद्ध आयोजना गरिएको थियो भने उक्त खेलमा भोक्सले टोलीका तर्फबाट वरिष्ठ टोलीमा पर्दापण गरेपछि व्यक्तिगत पहिलो गोल गर्न सफल भएका थिए जुन गोल खेल जित्नका लागि प्रयाप्त बनेको थियो।[२७] २ जुलाई २०१६ का दिन आयोजित बेल्जियम विरुद्धको खेलमा भोक्सले राष्ट्रिय टोली तर्फबाट प्रतियोगितामा भाग जनाएका थिए भने उक्त खेल राष्ट्रिय टोलीले ३-१ गोल अन्तरले जित्न सफल भएको थियो। सन् २०१६ मा फ्रान्समा आयोजना हुन लागेको युएफा युरो कपका लागि भोक्सले प्रशिक्षण लिन सुरु गरेका थिए भने उनलाई २९ पुरुष खेलाडीको राष्ट्रिय टोलीमा समावेश गरिएको थियो।[२८] फ्रान्समा आयोजित युएफा युरो २०१६ मा राष्ट्रिय टोलीलाई सेमिफाइनलसम्म पुर्‍याउनुमा भोक्सको महत्त्वपूर्ण योगदान रहेको थियो। सन् २०१९ मा चीनमा आयोजित चीन कपमा राष्ट्रिय टोलीले उक्त प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गर्न आयोजक चीन राष्ट्रिय टोली विरुद्धको खेलमा जित हासिल गरेको थियो।[२९]

खेलजीवन तथ्याङ्क सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "Updated squads for 2017/18 Premier League confirmed", Premier League, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच १० फेब्रुअरी २०१८ 
  2. Hugman, Barry J. (ed) (२००८), The PFA Footballers' Who's Who 2008–09, Mainstream, आइएसबिएन 978-1-84596-324-8 
  3. "S. Vokes: Summary", Soccerway, Perform Group, अन्तिम पहुँच ९ फेब्रुअरी २०१९ 
  4. "Vokes looking forward to an England test", Bournemouth Echo, १५ मे २००८। 
  5. "Burnley sign Wales international Sam Vokes from Wolves", BBC Sport, अन्तिम पहुँच २६ अगस्ट २०१९ 
  6. "Burnley FC headlines", मूलबाट ४ अगस्ट २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अप्रिल २०१२ 
  7. "Burnley 1–1 Blackburn", BBC Sport, २ डिसेम्बर २०१२, अन्तिम पहुँच २६ अगस्ट २०१९ 
  8. "Sam Vokes says Burnley can mount promotion challenge", BBC Sport, अन्तिम पहुँच २६ अगस्ट २०१९ 
  9. "Wolves reject £10m bid for Fletcher " Express & Star", Express & Star, ३१ जुलाई २०१२, अन्तिम पहुँच २७ जनवरी २०१६ 
  10. "Charlie Austin: QPR sign Burnley striker for undisclosed fee", BBC Sport। 
  11. "Burnley: Danny Ings says Championship form not lucky", BBC Sport, अन्तिम पहुँच २६ अगस्ट २०१९ 
  12. "Sam Vokes: Burnley striker ruptures anterior cruciate ligament", BBC Sport, अन्तिम पहुँच २६ अगस्ट २०१९ 
  13. "Burnley 1–1 Tottenham", BBC Sport, अन्तिम पहुँच २६ अगस्ट २०१९ 
  14. "Peter Crouch: Stoke City striker signs for Burnley with Sam Vokes moving to Potters", BBC Sport, ३१ जनवरी २०१९, अन्तिम पहुँच ३१ जनवरी २०१९ 
  15. "Hull 2–0 Stoke", BBC Sport, अन्तिम पहुँच ६ फेब्रुअरी २०१९ 
  16. "Stoke 1–1 Aston Villa", BBC Sport, अन्तिम पहुँच २४ फेब्रुअरी २०१९ 
  17. "A strong dressing room will pull us through says Stoke City striker", Stoke Sentinel, अन्तिम पहुँच २५ जुलाई २०२० 
  18. "Final word on the day Stoke City wobbled like Andy Ruiz's stomach when they needed some Joshua muscle", Stoke Sentinel, अन्तिम पहुँच २५ जुलाई २०२० 
  19. "Stoke 3–2 Sheffield Wednesday", BBC Sport, अन्तिम पहुँच २५ जुलाई २०२० 
  20. "Stoke City 4–0 Barnsley", BBC Sport, अन्तिम पहुँच २५ जुलाई २०२० 
  21. "Nottingham Forest 1–4 Stoke City", BBC Sport, अन्तिम पहुँच २३ जुलाई २०२० 
  22. Wathan, Chris (१४ जुन २०१६), "How these nine English-born footballers came to be Wales' Euro 2016 heroes", Wales Online, अन्तिम पहुँच २७ जुलाई २०१८ 
  23. "Sam impresses all with superb debut", Dorset Echo, ७ फेब्रुअरी २००७। 
  24. Shuttleworth, Peter (२८ मे २००८), "Iceland 0–1 Wales", BBC Sport, अन्तिम पहुँच २७ जुलाई २०१८ 
  25. Shuttleworth, Peter (६ सेप्टेम्बर २००८), "Wales 1–0 Azerbaijan", BBC Sport, अन्तिम पहुँच २७ जुलाई २०१८ 
  26. "Gareth Bale left out of Wales' Euro 2016 training squad because of Champions League commitments", Wales Online, ९ मे २०१६, अन्तिम पहुँच ३० डिसेम्बर २०१६ 
  27. "Euro 2016: Huddersfield Town transfer target makes Wales squad but Emyr Huws cut", The Huddersfield Examiner, ३१ मे २०१६, अन्तिम पहुँच ३० डिसेम्बर २०१६ 
  28. "Brilliant Wales stun Belgium to reach Euro 2016 semi-final", RTÉ Sport (Raidió Teilifís Éireann), १ जुलाई २०१६, अन्तिम पहुँच १ जुलाई २०१६ 
  29. Pritchard, Dafydd (२२ मार्च २०१८), "China PR 0–6 Wales", BBC Sport, अन्तिम पहुँच २७ जुलाई २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्