स्तुपा

स्तुपा को जन्म कहिले भएको हो भने यकिन गर्न सकेको छैन । मंगोल समाज मध्ये, तामाङ समाजमा, तामाङ मृत्यु पछि तामा र पित्तल को भाडामा राखेर  गाड्ने जलाउने चलन  सदीयौंदेखि आजसम्म चलिरहेको छ । मृत्यु भएपछि मृतकका आफन्त र परिवारले तामा र पित्तल को भाडामा मृतकको शरीर,  सुन, चाँदी, बहुमुल्य गरगहना र लुगाफाटो राखेर गाड्ने चलन थियो ।  यसरी गाडेर चिहान माथी डुङ्गा ले घेरेर    गोम्पो बनाउने र यसरी राखेपछि पुर्खा को स्तुपा रहिरहन्छ भने चलन तामाङ समाजमा आजसम्मविश्वास गर्छन् । यसरी गाडेर राखेको चिहान राती  चोरी  हुन्थे । बहुमुल्य गरगहना र भाडाकुडा चोरी गरेर लाने, मृतकको लास बाहिर छडी राख्ने र जंगली जनावर खाने गर्थे । त्यसपछि मृतक शरीरलाई जलाउने काम भयो । मृत्युपछि जलाउने क्रममा एक टुक्रा हड्डी निकालेर राखिन्छ र मृत शरीर जलाएर सकेपछि निकालेर राखेको हड्डी लाई एक टुक्रा सेतो कपडामा बेरेर पछि त्यसलाई स्तुपा भनिन्छ । स्तुपा लिएर बीच बाटोमा कसैले नदेखिने गरी  राखिन्छ । मृतक छोरा, छोरी, दाजुभाइ र आफन्तहरू एक आपसमा छलफल गर्छन् ।  मृतकको अन्तिम बाटो कहिले दिने भनेर छलफल गरिन्छ  र  यसलाई घेवा गर्ने पनि भनिन्छ ।  घेवा तीन प्रकारले गरिन्छ । एक दिनको घेवा, तीन दिनको घेवा र सातौँ दिनको घेवा गरिन्छ । घेवा सुरु भए दिन मध्यरातमा मृतकको आफन्त र लामाले बाजागाजा सहित स्तुपा घरमा लिएर परम्परा अनुसार  ॐ मणि पद्मे भनेर 108 बत्ती बाल्ने परिवारको बर्णन गरेर स्तुपा मा जब  गर्छन् ।  यसरी जब गरिसकेको स्तुपा लाई  गरिब ब्यक्ति भए लामाले त्यस स्तुपा लाई माटोमा मिलाई दिन्छ । केही धानी भए त्यस स्तुपा लाई तामा वा पित्तल को भाडामा राखेर गाडेर गोम्पो बनाउने गर्छन् । धेरै धामी छ भने त्यस स्तुपा लाई ठूलो ठूलो तामा र पित्तल को भाडा बनाएर त्यस भाडा भित्र स्तुपा, सुन, चाँदी र बहुमुल्य गरगहना राख्छन् र  गाडेर त्यस माथी धेरै डुङ्गा ले घेरेर बीचमा स्तुपा राखिन्छ । कसैले निकाल्न नसकिने गरी छोपेर बनाएको हुन्छ र त्यसलाई स्तुपा भनिन्छ । जस्तैः स्वायम्भु स्तुपा र बौद्ध स्तुपा मा मृतक मानवको हड्डी राखेको छ र यो धेरै बलियो गरी बनाएको भएर आजसम्म रहिआएको छ ।

ॐ मणि पद्मे हुँ

घेवा सम्पादन गर्नुहोस्

तामाङ मृत्युपछि गरिने संस्कारलाई घेवा भनिन्छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्