सोवा रिग्पा (तिब्बती: བོད་ཀྱི་གསོ་བ་རིག་པ་, Wylie: Ggso ba rigpa) एक प्राचीन निको पार्ने अभ्यास हो, जसमा हिमालय क्षेत्रहरूमा अभ्यास गरिन्छ। सोवा-रिग्पा, हिमालय क्षेत्रमा 'भोट उपचार' वा 'आम्ची' भनेर चिनिन्छ, विश्वको सबैभन्दा पुरानो उपचार प्रणाली मध्ये एक हो।

यो विधि हीमालय क्षेत्र अन्तर्गतका जम्मू र कश्मीरको लद्दाख क्षेत्र, लाहौल-स्पीति (हिमाचल प्रदेश),हुम्ला,डोल्पा,मुस्ताङ, सिक्किम, अरुणाचल प्रदेश र दार्जिलिङ (पश्चिम बंगाल) मा प्रयोग गरिन्छ। सोवा-रिग्पाका सिद्धान्तहरू र अभ्यासहरू आयुर्वेदसँग मिल्दोजुल्दो छन् र परम्परागत चिनियाँ चिकित्साका केही सिद्धान्तहरू समेत समावेश छन्। सोवा रिग्पाका अभ्यासकर्ताहरूले हेरेर, छोएर र प्रश्न सोधेर उपचार गर्छन्।

यो विधि भगवान बुद्धले २५०० वर्षअघि सुरु गरेको विश्वास गरिन्छ। पछि जिवाक, नागार्जुन, वाग्भट्ट र चन्द्रनन्दन जस्ता प्रसिद्ध भारतीय विद्वानहरूले यसलाई अगाडि बढाए। यसको २५०० वर्ष भन्दा बढीको इतिहास छ। सोवा-रिग्पा प्रणाली, धेरै पुरानो भए पनि, भर्खरै मात्र मान्यता प्राप्त भएको छ। यो प्रणाली दम, ब्रोन्काइटिस, गठिया जस्ता पुरानो रोगहरु को लागी प्रभावकारी मानिन्छ।

सोवा-रिग्पाका आधारभूत सिद्धान्तहरू निम्नानुसार छन्

(१) उपचारका लागि शरीर र मनको विशेष महत्त्व छ

(२) रोग प्रतिरोधि उपचार

(3) औषधि विज्ञान।

सोवा-रिग्पाले मानव शरीरको निर्माणमा पाँच भौतिक तत्वहरूको महत्त्व, विकारहरूको प्रकृति र तिनको उपचारमा जोड दिन्छ। उत्तर प्रदेश र कर्नाटकमा सोवा-रिग्पाका केही शैक्षिक संस्थाहरू छन्।

पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्