सेलकम (इजरायल)
सेलकम (यहूदी: סלקום) एक इजरायली दूरसञ्चार कम्पनी हो । सन् १९८६ मा स्थापित यस कम्पनीको व्यवसायको प्राय ताररहित सेवामा केन्द्रित रहेको छ । यसको वर्तमान प्रमुख कार्यकारी अधिकृत निर स्टर्न हुन जो १ जनवरी २०१२ मा पदमा नियुक्त भएका थिए ।[२] जून २०१६ को अनुसार, सेलकमका २.८१२ मिलियन प्रयोगकर्ताहरू रहेका छन् ।[३] कम्पनीको मुख्य कार्यलय इजरायलको एक प्रमुख व्यापारीक केन्द्र नेतान्यमा रहेको छ । कम्पनीमा ४१.७७% डिस्काउन्ट इन्भेस्टमेन्ट कर्पोरेसनको स्वामित्वमा रहेको छ भने बाँकी ५८.२३% सार्वजनिक स्वामित्वमा रहेको छ ।
व्यवसाय प्रकार | सार्बजनिक |
---|---|
व्यावसायिक रूप | ढाँचा:TLV एनवाइएसइ: CEL |
आइएसआइएन | IL0011015349 |
उद्योग | दूरसञ्चार |
स्थापित | १९९४ |
स्थापनाकर्ता | डोभ ताडमोर |
केन्द्रीय कार्यालय | ३२°१७′२५″उ॰ ३४°५१′४६″पू॰ / ३२.२९०२८°N ३४.८६२७८°Eनिर्देशाङ्कहरू: ३२°१७′२५″उ॰ ३४°५१′४६″पू॰ / ३२.२९०२८°N ३४.८६२७८°E, , इजरायल |
सेवा क्षेत्र | इजरायल |
मुख्य व्यक्ति | निर स्टर्न (प्रमुख कार्यकारी अधिकृत) |
उत्पादनहरू | जिएसएम, जिपिआरएस, युएमटिएस, एचएसडिपिए, एलटिइ |
आम्दानी | |
परिचालन आय |
|
| |
मालिक | डिस्काउन्ट इन्भेस्टमेन्ट कर्पोरेसन (४१.७७%), सार्वजनिक (५८.२३%) |
कर्मचारी सङ्ख्या | ३,६०० |
वेबसाइट | www |
इतिहास
सम्पादन गर्नुहोस्सेलकम इजरायली बजारमा प्रवेश गर्दा देशमा ताररहित सेवाहरूमा एक क्रान्ति भएको थियोे । सेलकमको प्रक्षेपणले इजरायलीमा सेलुलर सेवाहरूमा एकाधिकार पाएसम्म, पेलेफोन (इजरायल पहिलो टेलिकम कम्पनी) को तुलनामा यसले आधा दरहरूमा आफ्नो सेवाहरू प्रदान गरेको थियोे । यसको आकर्षक दरले कम्पनीको सेवामा लागि ठूलो माग भयो र केहि वर्ष भित्र यो दश लाख भन्दा बढी प्रयोगकर्ताहरू लाई आक्रषित गरेको थियो ।[४]
२०१२ को अन्त्यमा, यसका लगभग ३.४ मिलियन प्रयोगकर्ताहरू पुगेका थिए र इजरायलमा सबैभन्दा ठूलो मोबाइल प्रदायक बनेको थियोे ।
नेटवर्क
सम्पादन गर्नुहोस्सेलकममले सुरुवाती चरण ८५० मेगाहर्ज ब्यानडमा एक टिडिएमए सञ्जाल सञ्चालन गरेको थियोे तर १८०० मोगाहर्ज आवृत्तिहरूको लागि ठेक्का पाएपछि यसले जिएसएस सेवा पनि सञ्चालन गरेको थियोे । यसले जीएसएम सेवाहरू सुरू गर्न थाल्यो र अन्तत ८५० मेगाहर्ज टिडिएमए आवृत्तिहरू प्रतिस्थापन गरेको थियोे ।
३ जी वायरलेस सेवा प्रवेश भएसँगै, सेलकमले इजरायलमा पहिलो मोबाइल भिडीयो कलको प्रदर्शन गरेको थियोे । २००६ को सुरुवात देखिनै, सेलकमले ३ जी युएमटिएस-२१०० नेटवर्कको देशभरी सञ्चालन गरेको थियोे र जसले २००७ को अन्त सम्ममा ८७% जनसङ्ख्यामा सुबिधा पुर्याएको थियोे । सेलकम एचएसपीडीए नेटवर्कको सुरुवात गर्ने इजरायलमा पहिलो दूरसञ्चार सेवा प्रदायक थियोे ।
२०११ मा, सेलकमले ८५० मेगाहर्ज ब्यान्डमा युएमटिएस सेवाहरू तैनात गरेको थियोे । इजरायल सञ्चार मन्त्रालयले ३१ डिसेम्बर २०११ को टिडीएमए -८५० नेटवर्कलाई बन्द गर्न अनुमोदन गरेको थियोे । अगस्ट २०१४ मा सेलकमले १८०० मेगाहर्ज ब्यान्ड एलटिइ नेटवर्क सञ्चालन गरेको थियोे ।
आलोचना
सम्पादन गर्नुहोस्२००९ मा सेलकमले इजरायली रक्षा बलका सिपाहीहरूले इजरायली वेस्ट बैङ्कको सिमामा फुटबल खेलेको विज्ञापनको अभियान चलाएको थियो । अरब-इजरायली सदस्य अहमद तिबिले यस विज्ञापनलाई प्रसारण नगर्न चेतावनी दिएको थियोे ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "सेलकम इजरायलले दोस्रो क्वार्टर २०१६ को नतिजा घोषणा गरेको छ", सेलकम डटकम डट आइएल, ८ मे २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ८ मे २०१८।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१८-०५-०८ मिति - ↑ "सेलकम इजरायल लिमिटेड - निर स्टर्न प्रोफाईल", बिजनेस विक।
- ↑ "सेलकम इजरायल दोस्रो क्वाटरको नतिजा २०१६", सेलकम डटको डट आइएल, ८ मे २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ८ मे २०१८।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१८-०५-०८ मिति - ↑ लिमिटेड, सेलकम इजरायल, "सेलकम इजरायल पहिले क्वाटर नतिजा २०१५", पिआरन्युजवायर डटकम, २०१६-०८-२०-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०८-०४।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)