सूर्यदर्शन (गुफा राख्ने)
नेवारी परम्परा अनुसार केटी अर्थात बालिकाहरूको विवाह तीन पल्ट हुन्छ । पहिलो इहिं मचा, जसमा बेललाई साक्षी राखी सुवर्णकुमारसँग विवाह गरिन्छ । दोस्रो नेवारी भाषामा बारा तयेगु अर्थात् नेपालीमा गुफा राख्ने जसलाई सूर्यदर्शन पनि भन्निछ । यसमा सूर्यसँग विवाह गरिन्छ भने तेस्रो लोग्नेमान्छेसँग गरिन्छ । केही समुदायहरूमा केटीहरूको पहिलो रजस्वलाको समयमा गरिन्छ । सूर्यदर्शन गरिएका बालिकाहरु खराब मान्छेहरु तथा नकारात्मक शक्तिबाट सूर्यले बचाउँछ भन्ने जनविश्वास रहेको पाइन्छ ।
विधि तथा प्रक्रिया
सम्पादन गर्नुहोस्यसको सुरुको अवधीमा बालिकालाई सूर्यको किरण नजाने कोठामा बन्द गरी राखिन्छ । पहिलो छ दिनसम्म नुन नखुवाई बन्द कोठामा राख्ने र कोही पनि पुरुषमान्छेलाई भेट गर्न दिइदैन । गुफा बसेको बालिकाले आफूले केही कुरा खानु भन्दा पहिले बाह्रा ख्यालाई चढाउनु पर्ने हुन्छ । छ दिन पछि नुहाइधुवाइ गरेर सफा कपडा लगाइन्छ त्यसपछि आफन्तहरु जस्तै माइजूहरु, फूपूहरु, काकीहरु तथा छरछिमेकीहरु फलफूल, मकैभटमास तथा अन्य खानेकुराहरु लिएर भेट्न आउन्छन् । गुफा राखेको अवसरमा विशेषप्रकारको "कों" (पाउडर) सबै महिलाहरूले आफनो मुहार सुन्दर र सफा बनाउन प्रयोग गर्ने गर्दछन् । १२ औँ दिनमा गुफा बस्ने बालिकालाई विशेष श्रृङ्गार गरी विहानी घाममा घरका महिलाहरू मिलेर बाहिर निकाल्ने गरिन्छ । विशेष पुजाआजा गराइन्छ । यसै दिनमा बनाएको जुरोलाई तिन दिन पछि मात्र फुकाइन्छ ।