सूचना प्रविधि पार्क अथवा आइटी पार्क काभ्रे जिल्लाको बनेपा, धुलिखेल, र पनौतीको सीमानामा पर्ने झन्डै १ सय ७९ रोपनी क्षेत्रफलमा फैलिएको छ । आइटीपार्कमा व्यावसयिक र प्रशासनिक गरेर दुईवटा भवन छन् ।

आइटी पार्क

स्थापना सम्पादन गर्नुहोस्

आइटीपार्क को स्थापना वि.सं. २०६२ सालमा सम्पन्न भएको हो ।

उद्धेश्य सम्पादन गर्नुहोस्

एसियामै सूचना–प्रविधिका लागि उचित गन्तव्य बनाउने लक्ष्यका साथ काभ्रेको बनेपामा सूचना–प्रविधि (आइटी) पार्क स्थापना गरिएको थियो । यो पार्कमा नयाँ–नयाँ प्रविधिको उपस्थिति गराई विदेशी लगानी भित्र्याउने, रोजगारीका अवसर सिर्जना गर्ने, नेपाललाई सूचना–प्रविधिको ‘हब’ बनाउने बनाउनेसम्मका महत्त्वाकांक्षी योजना राखियको छ । सूचना प्रविधि पार्कबाट मुख्य रूपमा विभिन्न किसिमका काम हुनेछन् । पार्कबाट सूचना प्रविधिकको डिजाइन, विकास र समग्र प्रणालीको एकीकरण, सूचना प्रविधिसँग सम्बन्धित तालिम, अनुसन्धान र विकास तथा कलसेन्टर, विजनेस प्रोसेस र आउटसोर्सिङको काम हुनेछ। यस्तै सूचना प्रविधिमा आधारित सबै सेवाहरू, सफ्टवेयर विशिष्टिकरण, सूचना प्रविधिसँग सम्बन्धित राष्ट्रिय/अन्तर्राष्ट्रिय सम्मेलन पनि नयाँ पार्कमा हुनेछ । नयाँ आइटी पार्कबाट डाटा केन्द्रको सञ्चालन, डाटा वेयरहाउजिङ तथा डाटा व्यवस्थापनको र रिकभरीको काम पनि हुनेछ । हार्डवेयर फेब्रिकेशनको काम पनि नयाँ आइटी पार्कबाट हुनेछ ।

कार्यहरू सम्पादन गर्नुहोस्

सूचना–प्रविधिको विकासका लागि महत्त्वपूर्ण मानिएको आइटी पार्क सन्चालनको लागि काठमाडौँ विश्वविद्यालय, सफ्टेक फाउन्डेसन प्रालि र क्लाउड हिमालय प्रालिसँग सरकारले सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।हस्ताक्षर भएसँगै अब आइटी पार्कभित्रबाट काठमाडौँ विश्वविद्यालयले सूचना–प्रविधिसम्बन्धी उद्यमी विकास तालिम, उच्चस्तरको प्राविधिक तालिम र खोज तथा अनुसन्धानको काम गर्नेछ भने क्लाउड हिमालयले डाटा सेन्टर र सफ्टेकले सफ्टवेयर उत्पादन तथा आउटसोर्सिङको काम गर्ने छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्