सुशीला कन्दङ्वा

नेपाली राजनीतिज्ञ

सुशीला कन्दङ्वा, (उपनाम वर्षा) एक नेपाली महिला राजनीतिज्ञ तथा पूर्व संविधानसभा सदस्य हुन्। उनी नेकपा एमालेकी सदस्य हुन्।[२] उनी सामानुपातिक निर्वाचन प्रणाली अन्तर्गत एकीकृत नेकपा माओवादीबाट पहिलो संविधानसभाको सदस्य भएकी थिइन्।[३][४]

सुशीला कन्दङ्वा
संविधानसभा सदस्य
कार्यकाल
सन् २००८ – सन् २०१२
निर्वाचन क्षेत्रसामानुपातिक
एकीकृत नेकपा माओवादीबाट
व्यक्तिगत विवरण
जन्म (1982-01-23) २३ जनवरी १९८२ (उमेर ४२)[१]
आठराई, तेह्रथुम, नेपाल
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा एमाले

जीवनी सम्पादन गर्नुहोस्

सामान्य परिवारका जयबहादुर लिम्बु र धनकुमारी लिम्बुकी छोरीको रूपमा उनको जन्म भएको हो। उनले राजनीतिज्ञ मणिकुमार साम्पाङसँग विवाह गरेकी छिन्।[१]

राजनीति सम्पादन गर्नुहोस्

वि.सं. २०५४ देखि एमाले निकट विद्यार्थी सङ्गठनबाट राजनीतिमा लागेकी वर्षाले वि.सं. २०५६ देखि जनमिलिसियामार्फत माओवादीमा प्रवेश गरेकी थिइन्।[५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "देब्रे हात छियाछिया भएको बेला...", हाम्रो मत (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३ 
  2. "को–को गए बादलसँग ? को–को बाँकी छन् बैद्यसँग ? (नामावलीसहित)", न्युज कोशेली (नेपालीमा), २०१६-०५-१५, अन्तिम पहुँच २०२१-१०-२३ 
  3. "संघ र प्रदेशका लागि तेह्रथुम काँग्रेस र माओवादीद्वारा उम्मेदवार सिफारिस", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३ 
  4. "प्रतिनिधि सभा चुनावका लागि तेह्रथुममा कुन पार्टीबाट को-को भए सिफारिस ? (नामसहित)", खरिबोट (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३ 
  5. "माओवादी केन्द्रीय सदस्यमा कस्ता अनुहार आए ।", नेपाली हेडलाइन्स (नेपालीमा), २०१३-०४-२६, अन्तिम पहुँच २०२१-१०-२३