सुर्मासरोवर बझाङ जिल्लाको सदरमुकाम चैनपुरबाट तीन दिनको दूरीमा रहेको एउटा सानो ताल हो । यो तालमा स्नान गरे सबै पापबाट मुक्ति पाइन्छ भन्ने भनाइ छ । बझाङवासीहरू साउन महिनाको एकादशीदेखि त्रयोदशीसम्म त्यही ओडारमा बसेर स्नान गर्छन् । त्यहाँ जलदेवीको वासस्थान छ भन्ने भनाइ छ। चाँदेशिखर हिमालको फेदीमा रहेको सरोवरको पानी तीन ठाउँबाट बाहिरिएर पाँच किलोमिटर तल सुनिगाडमा पुनः मिसिन्छ। सरोवरको पूर्वपट्टिको डाँडाबाट एक किलोमिटर तल १०० भन्दा बढी मानिस खान–सुत्न मिल्ने विशाल विरु ओडार छ। दार्चुलातिरबाट आउने तीर्थालुहरू यही ओडारमा बास बस्छन्। साउनमा यस सरोवरमा स्नान गर्न आउने शर्द्धालुहरूको यात्रालाई सुर्मा सरोवर जात्रा भनिन्छ । विरु ओडारबाट केही तल धानसेरी पार्थीका विशाल नागीहरू छन्– छेवैमा तातोपानीको मुहान छ। त्यहाँबाट दुई किमी पूर्व हिंडेपछि धानसेरी जिउलो पुगिन्छ। किम्वदन्ती अनुसार, उहिले पार्थी डाँडाबाट हेर्दा यहाँ सयौं महिलाले सुर्मादेवीको धान रोपिरहेका देखिन्थे रे! यहाँ अर्को एउटा सानो ताल पनि छ, जुन यस भेगका कस्तूरी, झारल, नाउर आदि वन्यजन्तुको पानी पिउने ठाउँ हो। हिमश्रृंखलाको अवलोकन गर्दै धानसेरीबाट ५–६ घण्टा ओरालो झरेपछि सुर्मादेवी मन्दिर रहेको सुर्मा गाउँ पुगिन्छ। उहिले सुर्मा र दुर्गा दिदीबहिनी अहिले लेकगाउँ गाविसमा पर्ने थलीमा बस्थे रे! लसुनको निहुँमा झगडा परेका दिदीबहिनीले अंशबण्डा गर्दा थलीका खेतहरू बग्न थालेछन्। तिनै खेतका बीचमा रहेको पाँगरको रूख तान्दा त्यसको आधा भाग चुँडिएर आएछ। त्यो रूख रोपेको ठाउँ नै अहिलेको सुर्मा मन्दिर भएको र आधा रूख थलीमै रहेको जनविश्वास छ[१]

सुर्माभवानीको मन्दिर तथा सुर्मा सरोवर

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्