सुनकोशी लघु जलविद्युत केन्द्र
सुनकोशी लघु जलविद्युत आयोजना मध्य नेपालको सिन्धुपाल्चोक जिल्लाको धुस्कुनमा मा रहेको सुनकोशी र भोटेकोशीको दोभानमा रहेको छ। यो आयोजना को निर्माण सन् २००३ मा सुरु भई २००५ मा सम्पन्न भएको थियो [१]
सुनकोसी लघु जलविद्युत आयोजना | |
---|---|
देश | नेपाल |
स्थान | सिन्धुपाल्चोक जिल्ला |
निर्देशाङ्क | २७°४६′५५″उ॰ ८५°५५′१०″पू॰ / २७.७८१९४°N ८५.९१९४४°Eनिर्देशाङ्कहरू: २७°४६′५५″उ॰ ८५°५५′१०″पू॰ / २७.७८१९४°N ८५.९१९४४°E |
उद्देश्य | Power |
स्थिति | सक्रिय |
निर्माण आरम्भ | २००३ |
उदघाटन मिति | २००५ |
बाँध र पानी बाहिरिने मार्ग | |
बाँधको प्रकार | ढुङ्गे |
पानीको स्रोत | सुनकोशी नदी |
सुरुवात मिति | २००५ |
प्रकार | नदीको पानी |
टर्बाइन | 2*1.25 MW ट्रगो टर्बाइन |
क्षमता | 2.5 MW |
वार्षिक उत्पादन | 14.38 GWh |
यो आयोजनाको क्षमता २.४ मेगावाट रहेको छ भने, २.७ m3/s को प्रवाह र १२४.५ m को पानीको चाँप (हेड) प्रयोग भएको छ। नेपालमा ग्लास फाइबर रिइन्फोर्स्ड प्लास्टिक (GRP) पाइप प्रयोग गर्ने यो मात्र परियोजना हो। आयोजनामा टर्गो टर्बाइनका (१२५० किलोवाटका) दुई इकाइहरू छन्।[२]
२०७१ को सुनकोशी पहिरोमा यो केन्द्र पूर्ण रुपमा डुबेको थियो । [३]
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "Nepal - Small Hydropower Plant Sun Koshi, 2.5 MW", Entec, अन्तिम पहुँच ७ डिसेम्बर २०१५। वेब्याक मेसिन अभिलेखिकरण ४ मार्च २०१६ मिति
- ↑ "Sunkoshi Small Hydropower Plant (2.5 MW)", अन्तिम पहुँच ६ डिसेम्बर २०१५। वेब्याक मेसिन अभिलेखिकरण ४ मार्च २०१६ मिति
- ↑ "Sunkoshi Small Hydro Plant at risk", The Kathmandu Post, अन्तिम पहुँच ६ डिसेम्बर २०१५।