सुदूरपश्चिम स्वर्गसरी
सुदूरपश्चिम स्वर्गसरी डोटेली भाषाको गीत हो। यस गीतमा स्वर पुरुषतर्फ देउडा गायक महेश कुमार औजीको रहेको छ भने महिला तर्फ स्वर विष्णु माझीको रहेको छ।[२] यो मायाको आँचल नामक गीति सङ्गालोमा समावेश गीत हो। [३]
"सुदूरपश्चिम स्वर्गसरी" | |
---|---|
महेश औजी र विष्णु माझी[१]को एकल | |
सार्वजनिक | वि.सं २०६३ |
ढाँचा |
|
किसिम | |
लम्बाई | १२:५१ |
गीतकार(हरू) | माधव विष्ट |
रेकर्ड निर्माता(हरू) | कल्चर मुनामदन फिल्मस |
साङ्गीतिक भिडियो | |
"सुदूरपश्चिम स्वर्गसरी" युट्युबमा हेर्नुहोस् |
यस गीतको छायाङ्कन शङ्कर चौसिर गरेका छन् भने सम्पादन पनि उनैले गरेका हुन्। यस गीतलाई निर्देशन राजुध्वज राणाले गरेका हुन्। यस गीतमा शब्द र लय माधव विष्टको रहेको छ। यसको उत्पादक र वितरक सङ्गीत सौगात प्रालि हो भने यसको श्रव्य दृश्यलाई निर्माण कल्चर मुनामदन फिल्मसले गरेको थियो। यसको आधिकारिक साङ्गीतिक श्रव्य दृश्य शङ्कर सिंह विष्टको आधिकारिक युट्युब खातामा २०७१ भदौ ८ गते मा सार्वजनिक गरिएको थियो भने यसले मङ्सिर २०७६ सम्ममा ३७ हजार भन्दा बढी अवलोकन प्राप्त गरिसकेको छ।[४] यसले नेपाली युवाहरूले रोजगारीको अवसर नपाएर वैदेशिक रोजगार रोज्नु परेको र विदेशमा रहँदा के कस्ता दु:ख कष्टहरू रहनु पर्छ भन्ने विषय पूर्ण यथार्थका साथ देखाएको छ। यो डोटेली भाषामा लोकप्रिय गीतहरू मध्ये एक हो। [५]
पृष्ठभूमि
सम्पादन गर्नुहोस्यो गीतको भाका निकै छोटो समयमा स्टुडियो मै तयार भएको र डालीमैना बोलको गीत कैल गर्ने क्रममा माधव बिष्टसँग भेट भएको गायक महेश औजीको भनाई रहेको छ।[१]
आधिकारिक श्रव्य दृश्य
सम्पादन गर्नुहोस्यसको श्रव्य दृश्यमा वैदेशिक रोजगारीमा गएका एक युवाको दु:ख तथा कष्टलाई समेटिएको छ। यसको लम्बाई १२ मिनेट ५१ सेकेण्डको रहेको छ। यस गीतको आधिकारिक श्रव्य दृश्यमा प्रमुख पात्रको रूपमा पुरुष तर्फ प्रख्यात डोटेली गायक तथा अभिनेता शङ्कर सिंह विष्ट र महिला तर्फ अभिनेत्री तथा गायिका चाँदनी मल्ललाई देखाइएको छ। यस गीतको आधिकारिक श्रव्य दृश्यको सुरुवात सुदूरपश्चिमको एक स्थानको सुन्दर दृश्यबाट भएको देखाइएको छ। गीतलाई मादलको सुमधर धुनले स्वागत गरेको छ। केही समय पछिको धुन पछि केही पुराना घर र प्राकृतिक दृश्यहरू देखाइएको छ। केही समय पछि एउटा घरको भित्रबाट चाँदनी मल्ल, शङ्कर सिंह विष्ट र उनीहरूको छोरा (श्रव्य दृश्यका) र एकजना महिला गरी चार जना आँसु पुस्दै बाहिर आउँछन्।
केही छिन पछि यसमा बोलको आगमन हुन्छ जसमा उनै चार जना एउटा बाटोमा हिँडिरहेका हुन्छन् भने दृश्यका पुरुष पात्र (शङ्कर सिंह विष्ट) एउटा झोलाको साथ उपस्थित छन् र उनी विदेश प्रस्थान गर्ने क्रममा छन्। विदेश प्रस्थान हुनु पूर्व प्रमुख महिला पात्र (चाँदनी मल्ल) र प्रमुख पुरुष पात्र (शङ्कर सिंह विष्ट)ले एउटा मन्दिरमा एक अर्कालाई माला लगाइदिन्छन् र दृश्य सोही स्थानमा उनीहरू हिँडिरहेको बाटोमा पुग्छ जसमा उनीहरू सबैजना भावुक देखिन्छन्। माला लगाइदिए पछि उनी एउटी महिलालाई अङ्कमाल गर्छिन्। कैही बेरको सँगै हिँडाई पछि पुरुष विदेश प्रस्थानको क्रममा उनी त्यहाँबाट जान्छन्। उनीहरू सबैजना भावुक हुँदै उनलाई हात हल्लाएर विदाई गर्छन् भने उनले एक छिन आफू छुट्टिन लाग्दाको पिडा समेटेर पछाडि फर्केर गीतको माध्यमबाट प्रस्तुत गर्छन्। उनले पछि हात हल्लाउँदै विदाई माग्छन् भने सबैले उनलाई हात हल्लाएर विदाई गर्छन् र सो दृश्य देखेर उनका बालक छोरा सहित सबै जना रुन थाल्छन् र एउटा हवाई जहाज आकाशमा उडेको देखाइन्छ। त्यस पछिको दृश्यमा उनी एउटा स्थानमा बसी बाँसुरी बजाउँछन्। उताबाट प्रमुख महिला पात्र चाँदनी मल्ल हर्षित मुद्रामा उनी भएको ठाउँ तिर आउँदै गर्छिन् र उनलाई अकास्मात देखेर झस्किन्छिन् र उनीहरू दुई जनाको हेरा हेर हुने क्रम जारी रहन्छ। उनी लजाउँछिन् भने उनी उनलाई हेरेर मुस्कुराउँछन्। उनी (पुरुष) दौडेर उनी भएको ठाउँमा आउछन् र एक अर्काको हात समाउँदै उक्त स्थानबाट अन्यत्र लाग्छन्।
त्यस पछिको दृश्यमा उनी (महिला) घरमा बसी उनलाई सम्झिदै जाँतोमा चामल पिस्न थान्छिन् भने उनी उता विदेशमा हातमा बेल्चा लिई सिमेन्ट घोल्दै गर्छन् र घर र उनकी प्रियलाई सम्झदै भावुक हुँदै गीतको बोल मार्फत पिडा व्यक्त गर्दै रहन्छन् भने उता उनी घरमा उनलाईनै सम्झेर बसिरहेकी हुन्छिन्। एकै छिन दृश्यमा सोही सम्झने क्रम दोहोरिरहन्छ। दृश्यमा उनले कडा परिश्रम गरिरहेको र त्यहाँ सबै उपस्थित कामदारहरू विदेशको चर्को घाममा तल्लिन भई काम गरिरहेको देखाइएको छ। काम गर्दा गर्दा उनले आफ्नो हात हेर्छन् भने यता उनी भावुक हुँदै उनलाई घर आउन आग्रह गर्छिन्। यसै क्रममा गीतमा प्रश्नोत्तर चलिरहन्छ। काम गरिरहेको क्रममा उनको मालिक त्यहाँ आई उनलाई हातको इसारा गर्दै गाली गरेको जस्तो देखिन्छ। उनी साधारण पोशाकको साथ एउटा ढुङ्गामा बसी आराम गर्दै गीत मार्फत छुट्टि मिल्यो भने छिटै आउने वाचा गर्छन्। उनी यता घरको खम्बामा समाती उनलाई सम्झिरहन्छिन्। उनी आफुलाई विदाई गर्ने क्रमका घटनाहरू सम्झन थाल्छन्। त्यसको केही छिन पछि गीतमा श्रव्यको आगमन हुन्छ जसमा उनी दाउरा चाँङ लगाएर मिलाउछिन र उनले उता आफ्नो श्रीमानले दाउरा चिरिरहेको देखेर हर्षित हुँदै उनलाई एक अङ्खरा पानी लिएर उनी भएको ठाउँमा पुग्छिन् तर उनी त्यहाँ उपस्थित नभएको हुँदा उनको त्यो स्वैरकल्पना भन्ने बुझिन्छ र उनी निराश देखिन्छिन्।
त्यसको केही छिन पछि उनले छोरालाई काखमा लिई तरकारी काटेको दृश्य समावेश हुन्छ र पृष्ठभूमि दृश्यमा उनले दाउरा काटेको दृश्य देखाइन्छ। दृश्यका उनका छोरा उनीलाई सम्झेर रोइ कराई गरेको देख्दा उनी भावुब हुन्छिन्। भवन निर्माण कार्यमा उनले गरेको कार्य त्यस पछिको दृश्य प्रमुख भाग हो। सबै कामदार ठूला ठूला ढुङ्गा बोकेर जान्छन्। दृश्यमा कहिले विदेशको भने कहिले घरको दृश्य समावेश हुने क्रम चलिरहन्छ। उनले पहिला उनीसँग विताएका पलहरू क्रमश: सम्झदै जान्छन् जसमा उनी दुई जना एउटा जङ्गलमा आँखा छोपि जस्तो मनोरञ्जन मुलक खेल खेलिरहेका हुन्छन्। पछाडिबाट आएर उनी लुकेको ठाउँमा उनको कपाल उनले तान्छन् र पछिको सोही क्रमको दृश्यमा उनी हर्षित हुँदै उफ्रदै आफ्नो पछ्यौरा माथि फाल्छन् जसले उनको शीर पुरै ढाक्छ र उनले त्यसलाई हातमा लिई उनलाई ओढाइदिन्छन् लगायतका पलहरू समावेश छन्। पछि वर्तमानको समयमा उनी डोको भरि घाँस लिएर आउँछिन् भने सोही क्रममा मनोरम प्राकृतिक दृश्य देखाइन्छ। उनी घाँसको डोकोलाई विसाई उनको तस्वीर सुम्सुमाउन थाल्छिन्। छहरा, बल जङ्गल र पाखा पखेरा जस्ता ठाउँहरूको दृश्य पुन: देखाइन्छ। विगत र वर्तमानको दृश्यको संयोजन हुने क्रम चलिरहन्छ। उनी सोही तस्वीर खेलाइरहन्छिन्। त्यस पछिको वैदेशिक दृश्यमा ढुङ्गा पिस्ने घट्टा देखाइन्छ। दुबै जना एक अर्कालाई सम्झदै मनको वेदना गीतको बोल मार्फत गरिरहन्छन्। यसको अन्त्य तर्फ, उनी एउटा झोला लिएर आइरहेका हुन्छन् र उनलाई उनले देखेर खुसी हुन्छिन् तर त्यो उनको भ्रम मात्र हुन्छ र उनले विरानो देशलाई छाडेर आउने वाचाका साथ यसको अन्त्य हुन्छ। [६]
सन्देश
सम्पादन गर्नुहोस्यस गीतको श्रव्य दृश्यले स्वदेशमा रोजगारीको अवसर नपाएर विदेश जानु पर्ने विडम्बनालाई यथार्थ परक ढङ्गले चित्रण गरेको छ। वैदेशिक रोजगारमा जाँदा एउटा नेपालीले के कस्ता कठिनाई भोग्नु पर्ने वा कस्ता कस्ता काममा बढी लगाइन्छन् भन्ने बारेमा यसमा प्रकाश पार्न खोजिएको छ। विदेशमा रहँदा आफ्नो मातृभूमि, परिवारलाई सम्झिएर मात्र बस्नु पर्ने र चाहेको अवस्थामा आउन नमिल्ने कुरालाई पनि यसमा देखाउन खोजिएको छ। आफू स्वदेशमा चाहँदा चाहँदै पनि काम नपाउनु र कामको खोजी वा जीवन यापनका गर्नका लागि आफ्नो ज्यान जोखिममा राखि विदेशको चर्को घाममा खटिनु पर्ने यथार्थलाई यस गीत मार्फत पूर्ण रूपमा चित्रण गरिएको छ। चर्को घाममा काम गरिरहँदा पनि कामको जस नपाउनु र उल्टै मालिक भनौदाहरूले गाली गलौच गर्ने तितो सत्यलाई पनि यसमा देखाइएको छ।[७]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "धर्तीबाट बिदा हुने बेलासम्म गुनगुनाइरहने छु डेउडा गीत (कुराकानी)", दिनेश खबर, अन्तिम पहुँच ५ जनवरी २०२०।
- ↑ "ड्राइभर दाइ - भीरको बाटो छ, नबजाउ न मृत्युगीत"। थाह खबर। सङ्ग्रह मिति २७ अप्रिल २०२०।
- ↑ हिमाल खबर (जुन २०१६), "'दुर्घटना' का गायक", अन्तिम पहुँच ५ जनवरी २०२०।
- ↑ "सुदूरपश्चिम स्वर्गसरी", भदौ २०७१, अन्तिम पहुँच मङ्सिर २०८६।
- ↑ "एकै थलोमा सुनाइयो सात प्रदेशकै लोकभाका", राजधानी दैनिक, अन्तिम पहुँच २३ मङ्सिर २०७६। वेब्याक मेसिन अभिलेखिकरण २०१९-१२-१२ मिति
- ↑ "प्रख्यात डोटेली भाषाको गीत "सुदूरपश्चिम स्वर्गसरी"", अन्तिम पहुँच २२ मङ्सिर २०७६।
- ↑ "डेउडाका खास नायकहरु"। नागरिक दैनिक। सङ्ग्रह मिति २७ अप्रिल २०२०।