विष्णु माझी
विष्णु माझी एक नेपाली लोक गायिका हुन् । विष्णु माझीको जन्म चापाकोट, स्याङ्जा जिल्लामा भएको थियोे । उनी हाल नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन् साथै उनी नेपालमै सबै भन्दा बढि पारीश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन । उनी नेपाली संगीत जगतमा बिगत २० वर्ष देखि सक्रिय छिन । नेपाली संगीत जगतमा उनको नेपाली सांगीतिक क्षेत्रमा ठुलो योगदान छ । उनी एक कामप्रति जिम्मेवार राख्ने नेपाली लोक दोहोरी गायिका हुन् ।
विष्णु माझी | |
---|---|
जन्म | सन् १९८६ जुन २६ छापाकोट, स्याङ्जा जिल्ला |
वासस्थान | नेपाल |
राष्ट्रियता | नेपाली |
शिक्षा | स्वअध्यायन |
पेशा | गायिकी |
कार्यकाल | सन् २००३-वर्तमानसम्म |
चिनारीको कारण | नेपाली लोक गायिका |
तलव | २ लाख/गीत |
उचाइ | ५" |
धर्म | हिन्दु |
जीवनसाथी | सुन्दरमणी अधिकारी |
सन्तान | २ |
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्विष्णु माझीको विवाह गायक तथा संगीतकार सुन्दरमणि अधिकारीसँग २०६८ साल मंसिर २९ गते पोखराको राम मन्दिरमा भएको थियो[१] । विष्णु माझी दुई जुम्ल्याहा सन्तानकी आमा समेत हुन् ।
विष्णु माझीको हालसम्म एउटामात्र तस्बिर सार्वजनिक भएको छ । जताततै त्यही एउटै तस्बिर प्रयोग भैरहेको छ । उनका समर्थकले उनको फोटो खोजे भने त्यही एउटा तस्बिर मात्र फेला पार्न सक्छन् ।
साङ्गितिक जीवन
सम्पादन गर्नुहोस्विष्णु माझीले नेपाली लोक दोहोरी क्षेत्रमा निकै ठूलो योगदान पुराएकि छिन् विशेष गरी लोक गित गाउने माझीले केही सुगम संगित वा गितमा पनि स्वर दिएकि छिन् । विष्णु माझी नेपाली लोक दोहोरी क्षेत्रकि सबैभन्दा महंगो गायिका हुन् तर उनी बाहिरी कुराहरूबाट गुमनाम छिन्[२] । उनले एउटा लोकगीतमा स्वर दिएबापत जति पारिश्रमिक लिन्छिन् त्यो अहिलेसम्म कसैले लिएका छैनन् । विष्णु माझीले एउटा गीतका लागि दुइ लाख भन्दा बढि नेपाली रुपैयाँ लिन्छिन् । माझीले १ महिनामा ५ देखि ७ वटासम्म गीतमा स्वर दिने गरेकी छिन् ।
चर्चित गितहरू
सम्पादन गर्नुहोस्- विष्णु माझीको केही चर्चित गितहरू
- चरि जेलैमा ...
- कसलाई सोध्ने होला…
- सितल दिने पिपल समी छ…
- ड्राइभर दाइ मन पर्यो मलाइ…
- लालु पाते नुघ्यो भूइतिर…
- मै छोरी सलल...
- न जाउ है सानु पँधेरीमा…
- त्यो मन रुन्न होला र ?…
- पुर्वको मेची नी हाम्रै हो-पश्चिम महाकालीनी हाम्रै हो…
- घामले नी पोल्दियो ,जूनले नी जाडो भो…
- हरे शिव राम…
- रुमाल हल्लाई हल्लाई…
- भैटै हुन्न होला र…
- सालको पातको टपरी हुनी…
- तिम्रो जति माया त लालुमै… (लालुमै)
- पिडालु...
- साँइलो...
सम्मान तथा पुरस्कारहरू
सम्पादन गर्नुहोस्वर्ष | पुरस्कार | श्रेणी | नतिजा |
---|---|---|---|
२०६७ | इमेल म्युजिक अवार्ड | उत्कृष्ट दोहोरी गायिका | विजयी |
२०६८ | रेडियो राष्ट्रको रेडियो कान्तिपुर | दोहोरी वर्ष गायिका | विजयी |
२०६९ | बिन्दाबासिनी म्युजिक अवार्ड - २०६९9 | दोहोरी वर्ष गायिका | विजयी |
२०६९ | कालिका म्युजिक अवार्ड | दोहोरी वर्ष गायिका | विजयी |