सीता एयर विमान दुर्घटना २०६९

सीता एयर उडान नम्बर ६०१ बि. सं २०६९ असोज १२ गते बिहान ६ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट सोलुखुम्बु जिल्लाको तेन्जिङ-हिलारी विमानस्थल, लुक्लाका लागि उडान भरेको भएपनि करिब बिहान ६ बजेर १९ मिनेटमा मध्यपुर ठिमी नगरपालिका वडा नं. १६ स्थित मनोहरा फाँटमा विमान दुर्घटना भएको हो । विमानमा सवार सबै १९ जनाको मृत्यु भएको थियो । त्रिभुवन विमानस्थल एरपोर्टबाट छुटेको सीता एयरको विमान चालकले सुरक्षित अवतरण गराउन नसक्दा विमान दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । विमान दुर्घटना हुँदा चालक दलका क्याप्टेन विजय तण्डुकार, सहचालक ताकेसिंह थापा, एयर होस्टेज रुजा शाक्य सहित १९ जनाको मृत्य भएको सशस्त्र प्रहरीका उपरीक्षक दुर्गा भट्टराईले जानकारी दिनुभयो ।

सीता एयर विमान दुर्घटना २०६९
दुर्घटना
मिति२८ सेप्टेम्बर २०१२
सारांशअनुसन्धान हुँदै
स्थलमध्यपुरठिमी, भक्तपुर, नेपाल
निर्देशाङ्कहरू: २७°४०′५०″उ॰ ८५°२१′२२″पू॰ / २७.६८०५६°N ८५.३५६११°E / 27.68056; 85.35611
विमान
विमानको प्रकारडोर्नियर Dornier Do 228
सञ्चालकसीता एयर
दर्ता नम्बर9N-AHA
विमान उडानत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ, नेपाल
गन्तव्यतेन्जिङ-हिलारी विमानस्थल, लुक्ला, सोलुखुम्बु जिल्ला, नेपाल
यात्रुहरू16
चालक दल3
मृत्यु19
जोगिन सफल0

काठमाडौँबाट लुक्लातर्फ उडेको सीता एयरको डोर्निएर ९ एन.एन.एच.ए नामको विमान दुर्घटना हुँदा विमानको पछाडीको भाग बाहेक पुरै जलेर नष्ट भएको थियो । विमानस्थल नजिकै रन वेयबाट पाँचसय मिटर परको दुरीमा दुर्घटना भएको हो । चरासँग बिमान ठोक्किएर दुर्घटना भएको बिमानस्थल स्रोतले जानकारी दिएको छ । प्रत्यक्षदर्शी सविता बानियाँका अनुसार एक्कासी विमान असन्तुलित भइ जमिनमा खस्न लागेको आफूले देखेको र हेर्दा हेर्दै विमान जमिनमा खसेको बताउनुभयो । बानियाँले भन्नुभयो,– “विमान खस्नासाथ ठूलो आवाज आएर विमानमा आगो लागेको देख्दा आफूलाई सपना जस्तै लाग्यो ।” विमान चालकले सुरक्षीत अवतरणका लागि खोलामा विमान अवरण गराउन अत्याधाकि प्रयास गर्दा गर्दै पनि असफल भएपछि स्थानीय वस्तीलाई जोगायर खुल्ला चौरमा विमान अवतरण गराउने क्रममा विमान दुर्घटना भएको उहाँले बताउनुभयो ।

अर्का प्रत्यक्षदर्शी स्थानीय शारदा खड्का अनुसार विमान घरै माथिबाट उडेको आफूले देख्दा देख्दै अगाडिको भाग गएर भुइमा जोतियो र विमानमा एक्कासी आगो लाग्न थाल्यो । उहाँले भन्नुभयो, विमान दुर्घटना भएको करिब सात मिनेटपछि दमकल आएर आगो निभाए । चालकले स्थानीय वस्तीलाई जोगाएर विमान अवतरण गराउन सक्दो प्रयास गरी थप मानवीय क्षती हुन रोकेको आफूले प्रत्यक्ष देखेको खड्काले बताउनुभयो । सधै बिहान सबेरै त्यस क्षेत्रमा स्थानीय बालबालिका बल खेल्ने जाने गरेको तर विहीबार बल हराएपछि शुक्रबार बल खेल्न नगाएकाले थप मानविय क्षती हुन रोकेको स्थानीय प्रत्यक्ष दर्शीको भनाइ छ ।

बिमान दुर्घटना भएपछि विहान जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासीले उद्धार गरेका थिए । घटना लगतै पुगेको सुरक्षाकर्मीहरूको टोलीले विमान दुर्घटनामा मृत्यु भएकाको मृत शरिलाई सङ्कलन गरी शप परीक्षणका लागि शिक्षण अस्पताल महारागन्ज पठाइएको प्रहरीले जनाएको छ । घटना स्थलमै विमानको ब्ल्याक बक्स फेला परेको सशस्त्र प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिनुभयो । घटनास्थलमा यात्रुका महत्त्वपूर्ण कागजात, नगद झोला गरगहनासहित अन्य वस्तुहरु जलेर चिन्न नसक्ने अवस्थामा रहेका थिए । विमानमा दुर्घटनामा मृत्यु हुनेहरूमा चालक दलका तीन सहित सात नेपाली र १२ जना विदेशी रहेका छन् । मृत्यु भएका सबैको शब जलेर चिन्न नसक्ने अवस्थामा रहेका थिए । क्याप्टेन तण्डुकार चाबहिल निवासी, सहचालक थापा धापाखेल निवासी, एयर होस्टेज शाक्य बनेपा निवासी भएको सीता एयरले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएका अन्य नेपाली यात्रुहरूमा नेपाली सेनाको श्रीदल गुल्मका सिपाही कुमार मगरसहित, डी राई, एल एन शेर्पा, एम के. तामाङ रहेका छन् ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्