सितिलाइन (रुसी: Ситилайн), रूसको पहिलो तथा ठूलो इन्टरनेट सेवा तथा सामग्रीहरूको प्रदायकहरू मध्ये एक हो। सन् १९९६ मा स्थापित यस कम्पनी सितिलाइनले इन्टरनेट प्रविधि सेवाहरूको बिक्रीमा विशेषज्ञता राख्दछ। सन् २००१ मा यसलाई गोल्डेन टेलिकमद्वारा अधिग्रहण गरिएको थियो र सो समयमा यसले १ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरेको थियो। कम्पनीको प्रधान कार्यालय रूसको राजधानी मस्कोमा अवस्थित छ।[१][२] यो एक निजी कम्पनीको रूपमा स्थापना भएको थियो। हाल यसको सम्पूर्ण सेवाहरूको सञ्चालन तथा कार्य गोल्डेन टेलिकमको मातहतमा रहेको छ। यो रूसको लोकप्रिय इन्टरनेट सेवा प्रदायकहरू मध्ये एक मानिन्छ। यसले सन् १९९६ देखि रूसको दूरसञ्चार क्षेत्रमा सेवा सञ्चालन गर्दै आइरहेको छ।

सितिलाइन
व्यवसाय प्रकार
निजी
उद्योगदूरसञ्चार
बन्द2001 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
केन्द्रीय कार्यालयरूस, मस्को
मुख्य व्यक्ति
इमिलयान जाखारोभ,
दिम्ब्यान कुद्रयाचेभ,
इगोर सुप्पे,
दिमित्री बोसोभ,
राफेल फिलिनभ
मूल सङ्गठनगोल्डेन टेलिकम (सन् २००१ देखि)

कम्पनीका प्रमुख व्यक्तिहरू सम्पादन गर्नुहोस्

यस कम्पनीका संस्थापकहरू रूसका अग्रणी व्यापारी हुन्:

१) इमेल्यान जाखारोभ, प्रख्यात मस्को कला विक्रेता।

२) देम्यान कुद्रयाचेभ, मुख्य प्रकाशन गृह कमरसान्तरका मुख्य कार्यकारी।

३) जर्गी शुप्पी, सितिलाइनका पूर्व अध्यक्ष।

४) डिमित्री बोसोभ: अलटेक नामक विशाल लगानी कम्पनीका मालिक।

५) राफेल फिलिनोभ: हाल निजी स्वामित्वमा रहेको निगम डिजेरूअलटिनका अध्यक्ष।

६) इगोर शुप्पी: कम्पनीका प्रमुख कार्यकारी अधिकृत।

गतिविधिहरू सम्पादन गर्नुहोस्

सितिलाइनका सहयोगी ग्राहकहरू भिष्ट बेङ्क, मर्सिडेस, सोयुज र कम्प्युटर ल्यान्ड हुन्।[३] सन् १९९७ मा सितिलाइनले श्री सर्जे स्केटर्सिकोभसँगको सहकार्यमा नेटस्केट नामक कम्पनीको स्थापना गरेको थियो जुन कम्पनीले रूनेटको सुरु देखिनै दर्जन भन्दा वढी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको स्वामित्व प्राप्त गरेको थियो, जसमध्ये एउटा अर्टेमी लेबेडेभको अग्रणी रूसी 'वेब डिजाइन' स्टुडियो पनि समावेश छ।[४] विन्डोज ९८ र यसको सानो व्यापार सेवक प्याकेजहरूको लागि आधिकारिक इन्टरनेट प्रदायकको रूपमा माइक्रोसफ्टसँग सहयोग सम्झौता गर्ने सितिलाइन पहिलो कम्पनी हो। सन् २००१ सम्ममा सितिलाइनका १,००,००० भन्दा बढी ग्राहकहरू रहेका थिए र यसलाई २ करोड ९० लाखमा अन्तर्राष्ट्रिय दूरसञ्चार कम्पनी गोल्डेन टेलिकमद्वारा खरिद गरिएको थियो जसलाई विश्वव्यापी निगम, ग्लोबल टेलिसिष्टमद्वारा स्थापित गरिएको थियो।[५] कम्पनीले ३०० भन्दा बढी कर्मचारीहरूलाई रोजगारी प्रदान गरेको छ। गोल्डेन टेलिकमले यसको सम्पूर्ण स्वामित्वको सन् २००१ मा अधिग्रहण गरी यसलाई आफ्नो सहायक कम्पनी बनाएको थियो। कम्पनीको प्रधान कार्यालय रूसको राजधानी वा प्रमुख व्यापारीक केन्द्र मस्कोमा रहेको छ जसबाट यसले आफ्नो सम्पूर्ण सेवाहरूको सञ्चालन गर्ने गरेको छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्