सिटी सेल[२](बङ्गाली: সিটিসেল) बङ्गलादेशको सबैभन्दा पुरानो मोबाइल सञ्चालक थियो । यसको स्थापना १९८६ मा भएको थियो । यो सीडीएमए र इभि-डिओ प्रविधिको प्रयोग गर्ने देशमा मात्र मोबाइल सञ्चालक पनि थियो । अगस्त २०१६ को अनुसार, सिटीसेलको कुल मोबाइल ग्राहक आधार ०.१४२ मिलियन छ ।[३] सिटी सेल हाल सिङ्टेल (४४.५४%), प्यासिफिक मोटर्स (३७.९५%) र सुदुर पुर्व टेलिकम (१७.५१%) को स्वामित्वमा छ । यो प्रयोगकर्ताको आधारमा बङ्गलादेशको सबैभन्दा सानो मोबाइल सञ्चालक हो । तिर्नु पर्ने रकम भुक्तान गर्न असफल भएको कारण यसलाई, २०१६ मा बङ्गलादेश दूरसञ्चार बिनियम आयोग (बीटीआरसी) द्वारा बन्द गरिएको थियो । [४] यसले दुबै पोस्टपेड र प्रिपेड सिमहरू उपलब्ध थियो । यसको मुख्यालय बङ्गलादेशको ढाकामा अवस्थित छ ।

प्यासिफिक बङ्गलादेश टेलिकम लिमिटेड
पूर्व प्रकार
निजी लिमिटेड कम्पनी
उद्योगदूरसञ्चार
भवितव्यताइजाजत पत्र खारेज
स्थापितडिसेम्बर १९८८; ३५ वर्ष अघि (१९८८-१२)
बन्द२०.अक्टोबर २०१६
केन्द्रीय कार्यालयढाका, बङ्गलादेश
सेवा क्षेत्र
बङ्गलादेश
मुख्य व्यक्ति
उत्पादनहरूटेलिफोन, सिडिएमए, इभि-डिओ
ब्रान्डहरूसिटी सेल, जुम अल्ट्रा
मूल सङ्गठनप्यासिफिक मोटर्स लिमिटेड (३७.९५%)
सुदूर पुर्व टेलीकम लि (१७.५१%)
सिङटेल एसिया प्यासिफिक इन्भेस्टमेन्ट लिमिटेड (४४.५४%)[१]
वेबसाइटcitycell.com

इतिहास सम्पादन गर्नुहोस्

 
सिटी सेलको पुरानो लोगो

१९८९ मा बङ्गलादेश दूरसञ्चार लिमिटेड (बीटीएल) लाई सेलुलर, पेजिङ, र अन्य ताररहित सञ्जाल नेटवर्क सञ्चालन गर्न लाई इजाजत पत्र प्रदान गरिएको थियो ।

२००७ को अन्त्यमा यसको पुरानो ब्रान्ड पहिचान को पुनर्निर्माण गरियो र नयाँ लोगो र कर्पोरेट पहिचानको परिचय गरियो । नयाँ लोगो पुरानो लोगोको तुलनामा धेरै स्मरणमय छ । यसको नारा किनकि हामीली हेरचाह गर्छौ भने परिवर्तन गरिएको थिएन ।

२०१० को सुरूवातमा सिटीसेलको व्यवस्थापन टोली फेरियो र नयाँ कार्यकारी अधिकृत, मेहबूब चौधरी र नयाँ परिचालन अधिकारी, डेभीड ली लाई ल्याइयो । फेब्रुअरी २०१० देखि चौधरीले आफ्नो कार्यभार सम्हालेका थिए । उनले एकटेल (हाल रोबि), वारिद (हाल एयरटेल), बङ्गलालिङ्क (मुख्य वाणिज्य अधिकारी २०९५-२००६) र ग्रामीणफोनका (बिक्री र मार्केटिङ अधिकारी १९९८-२००५) भएकाले उनी एक अनुभवी व्यक्ती हुन् ।

२० अक्टोबर २०१६ मा, बङ्गलादेश दूरसञ्चार विनियामक आयोगले ठूलो रकम नतिरेका कारण सिटीसेलको सेवा प्रसारणलाई ठप्प पारेको थियो । तर ३ नोभेम्बर २०१६ मा, बङ्गलादेशको उच्च न्यायालयले बङ्गलादेश दूरसञ्चार बिनियम आयोगद्वरा सिटी सेललाई आफ्नो स्पेक्ट्रम पुनर्स्थापना गर्न निर्देशन दिएको थियो र ६ नोभेम्बर २११६ मा, बीटीसीसीले निलम्बित स्पेक्ट्रम सिटीसेललाई फिर्ता गरेको थियो ।

उत्पादन प्रस्तावहरू सम्पादन गर्नुहोस्

सिटी सेलले दुबै पोस्टपेड र प्रिपेड योजनाहरू प्रस्ताव गरेको छ। सिटी सेलले सिडिएमए प्रविधि सञ्चालन गरेकाले यसले सिमको सट्टामा आर-युम्स सेवा विस्तार गरेको छ।

प्रिपेड सम्पादन गर्नुहोस्

सिटी सेलले नौ फरक प्रीपेड योजनाहरू प्रस्ताव गर्ने गर्दथ्यो। सिटी सेलले सन् २००३बाट प्रीपेड योजनाहरू प्रस्ताव गर्न थालेको थियो।

पोस्टपेड सम्पादन गर्नुहोस्

पोस्टपेड योजनालाई सिटीसेल वानको रूपमा पुनर्गठन गरिएको थियो।

जुम अल्ट्रा सम्पादन गर्नुहोस्

जुम अल्ट्रा एक डाटा योजना हो जहाँ ग्राहकहरूले इन्टरनेट चलाउनको लागि एक इन्टरनेट डङ्गोल प्राप्त गर्ने गर्दथे जहाँ सम्म सिटी सेलको विस्तार क्षेत्र फैलिएको छ, जुम अल्ट्रा प्रीपेड वा पोष्टपेड विकल्पसँग आउने गर्दथ्यो।

आलोचना र जरीवाना सम्पादन गर्नुहोस्

सिटीसेल बङ्गलादेश दूरसञ्चार विनियामक आयोगद्वारा १.५ बिलियन बाङ्गलादेशी रुपैया (१५० करोड) अवैध वीओआईपी वा अन्तर्राष्ट्रिय कल समाप्तिमा संलग्न भएकोमा यसका सबै सेवाहरू रोकुवा गरेका थियो ।

ग्राहक सेवा केन्द्र सम्पादन गर्नुहोस्

यसका देश भरी ६ ग्राहक सेवा केन्द्रहरू र ५०० ग्राहक सेवा बिन्दुहरू रहेका छन्।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "सिटी सेल:इजाजत पत्र खारेज गर्नु पर्ने कुनैपनि कारण थिएन", ढाका ट्रिबुन, अन्तिम पहुँच १७ अक्टोबर २०१५ 
  2. सिटी सेल डटकम
  3. "बिटिआरसि प्रतिवेदन", द डेल्ली स्टार, अन्तिम पहुँच २०१६-०२-२१ 
  4. "बिटिआरसीले सिटी सेललाई बन्द गरिदिएको छ", ढाका ट्रिबुन, २०१६-१०-२०, अन्तिम पहुँच २०१७-०५-२३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्