सिंहदरबार (टेलिभिजन शृङ्खला)

नेपाली राजनीतिक नाट्य शृङ्खला


सिंहदरबार नेपालको प्रथम महिला प्रधानमन्त्रीले पारदर्शी, उत्तरदायी र सहयोगी नेतृत्वमा चल्ने सरकारको स्थापना गर्ने क्रममा सामना गर्नुपर्ने चुनौतीमा आधारित छ ।[१]

सिंहदरबार
शैलीनाटक
सर्जकछिरिङ रितार शेर्पा
लेखकअविनाश विक्रम शाह
निर्देशकछिरिङ रितार शेर्पा
कलाकारहरू
निर्माण गर्ने देशनेपाल
भाषा(हरू)नेपाली
भागहरूको सङ्ख्या१३
निर्माण
निर्माता(हरू)युवाकर राज राजकर्णिकार
छायाङ्कनसुशान्त प्रजापति
प्रसारण अवधि३० मिनेट
प्रसारण
मूल च्यानलनेपाल टेलिभिजन
तस्वीर ढाँचा480i
प्रथम प्रसारणनोभेम्बर १५, २०१५ – फेब्रुअरी ७, २०१६

मुकुण्डोका निर्देशक छिरिङ रितार शेर्पा र रचनाकार युवाकर राज राजकर्णिकारले निर्माण गरेको यस शृङ्खलालाई नेपालकै पहिलो भविष्यमा आधारित राजनीतिक नाटक मानिन्छ ।[१][२]

सर्च फर कमान ग्राउन्ड र मिला प्रोडक्शन्सको सहकार्य तथा यूएसएड नेपालको समर्थनमा बनेको यस शृङ्खलाले सुशासन तथा सरकार र जनताको सम्बन्ध सुदृढ बनाउने उद्देश्य राखेको छ ।[३][४]

सारांश सम्पादन गर्नुहोस्

सिंहदरबार नेपालको प्रथम महिला प्रधानमन्त्रीले पारदर्शी, उत्तरदायी र सहयोगी नेतृत्वमा चल्ने सरकारको स्थापना गर्ने क्रममा सामना गर्नुपर्ने चुनौतीमा आधारित छ । प्रमुख पात्रको भूमिका निभाउने गौरी मल्लको यस चित्रणले नेपालमा भविष्यमा महिला प्रधानमन्त्री हुने र महिला नेतृत्वको सम्मान गरिने सम्भावनालाई झल्काउँछ ।[१][५]

कलाकार सम्पादन गर्नुहोस्

संख्या नाम भूमिका
गौरी मल्ल आशा सिंह
प्रमेश झा डा. रमेश सिंह
अनिल पाण्डे टिकाराम उपाध्याय (मुख्य सचिव)
भिन्तुना जोशी सुम्निमा बज्राचार्य
प्रवीण खतिवडा विश्व विश्वकर्मा
रमेश रन्जन रामानन्द झा
प्रमोद अग्रहरी युवराज झा
रमेश बुढाथोकी मिस्टर मल्ल
देशभक्त खनाल मिस्टर थापा
१० मिथिला शर्मा नन्दिनी थापा
११ प्रकाश घिमिरे नन्द वाग्ले
१२ विक्रम सिंह निरन्जन
१३ बि.एस. राणा पुस्कर बस्नेत
१४ सन्जय नेपाल आदित्य सिंह
१५ धिरेन्द्र झा इश्वर सिंह
१६ रूपा झा जानकी झा
१७ सिल्वीना बज्राचार्य साहना झा
१८ नगिना जोशी सुम्निमाकी आमा
१९ अकाल मान सुम्निमाका बुबा
२० रति बस्नेत नन्द वाग्लेकी श्रीमती
२१ वसन्त भट्ट कमल के.सी.
२२ पूनम राणा दुर्गा
२३ नारदमणी हर्ताम्छाली नवीन थापा

भाग सम्पादन गर्नुहोस्

भाग प्रसारण मिति विषयवस्तु टिप्पणी सन्दर्भ
नोभेम्बर १५, २०१५ गणतन्त्र, नेतृत्व र लैङ्गिक समानता [६]
सहकारी नेतृत्व, द्वन्द्व निरूपण र समावेशीकरण [६]
कृषि, सहयोग र समाधान उन्मुख समस्या समाधान [६]
सुरक्षित बसाइ सराइ, श्रमिक तस्करी र कानून [६]
कृषि तथा खाद्य सुरक्षा, भ्रष्टाचार र दण्डहीनता [६]
स्वास्थ्य सेवा र औषधोपचारको क्षेत्रमा सुधार भाग ६ को ३:४७ मा प्रस्तुत तथ्याङ्क अनुसार १,००,००० बच्चाको जन्ममा १९० आमाको मृत्यु हुन्छ भन्नुपर्ने ठाउँमा १,००० बच्चाको जन्ममा १९० आमाको मृत्यु हुन्छ भनिएको छ । [६]
[७]
स्थानीय सरकार र हिंसामुक्त चुनाव [६]
प्रकोप जोखिम न्यूनीकरण र सहकारी नेतृत्व [६]
सामाजिक न्याय [६]
१० जलवायु परिवर्तन र बहुदलीय प्रजातन्त्र [६]
११ बजेट, कर, द्वन्द्व निरूपण र सामाजिक संलग्नता [६]
१२ सत्य, मेलमिलाप र खेलकुद [६]
१३ फेब्रुअरी ७, २०१६ सत्य, मेलमिलाप र खेलकुद [६]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "सिंहदरबार - नेपालको पहिलो भविष्यमा आधारित राजनीतिक नाटक", स्पटलाइट नेपाल। 
  2. "टेलिभिजन शृङ्खला सिंहदरबारको प्रसारण आजदेखि हुने", कान्तिपुर। 
  3. "सिंहदरबार", मिला प्रोडक्शन्स। 
  4. "'सिंहदरबार' मा नेपालकै पहिलो महिलो प्रधानमन्त्री", माइ रिपब्लिका।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-२९ मिति
  5. "'सिंहदरबार' मा नेपालकै पहिलो महिलो प्रधानमन्त्री", द हिमालयन टाइम्स। 
  6. ६.०० ६.०१ ६.०२ ६.०३ ६.०४ ६.०५ ६.०६ ६.०७ ६.०८ ६.०९ ६.१० ६.११ ६.१२ "सिंहदरबार", साइबर संसार।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-२१ मिति
  7. "'सिंहदरबार', अब अङ्ग्रेजी उपशीर्षकको साथमा", सिरियल संसार।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-१० मिति

बाह्य कडी सम्पादन गर्नुहोस्