गौरी मल्ल

नेपाली अभिनेत्री

गौरी मल्ल नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन्। उनले धेरै नेपाली तथा केही विदेशी चलचित्रमा समेत काम गरिसकेकी छिन्। सन् २००२ मा उनले नेपालको मोसन पिक्चर अवार्ड प्राप्त गरेकी थिइन्।[१] त्यस्तै नेपालमा सन् २००३ मा पहिलोपटक भएको लक्स फिल्म अवार्डमा उनले "उत्कृष्ट सहायक अभिनेत्री"को पुरस्कार पनि प्राप्त गरेकी थिइन्।[२]

गौरी मल्ल
जन्म (1962-03-14) मार्च १४, १९६२ (उमेर ६२)
काठमाडौँ, नेपाल
पेशाअभिनेत्री
उचाइ१.७३ मी (५ फिट ८ इन्च)

सशक्त अभिनयकी धनी गौरी मल्ल काँचको पर्दामा सामान्यता सुन्दरताको व्याख्या र बयान हुन्छ । चलचित्र, मोडेलिङजस्ता ग्ल्यामर क्षेत्रमा उमेर र सुन्दरता रहुन्जेल मात्र टिकिन्छ भन्ने मान्यतालाई चुनौती दिँदै धेरै वसन्तलाई पार गरिसक्दा पनि सशक्त अभिनयद्वारा दर्शकको मन जितिरहेकी गौरी मल्ल उक्त मान्यताविरुद्धको बलियो उदाहरण हुन् । आर्मीका मेजर धनबहादुर मल्ल तथा हेमकुमारी मल्लले गौरी मल्लको भविष्य नाचगान र अभिनयमा बित्ला भनेर सायदै सोचेका थिए । सन् २९६७ मा नक्साल काठमाडौमा जन्मिए पनि उनको बाल्यकाल पाल्पामा बित्यो । केही समय उनले तानसेनको पाल्पा बोडिङ स्कुलमा अध्ययन गरिन् तर बुबाको जागिरको सिलसिलामा पुन काठमाडौँ नै उनको कर्मथलो बन्न पुग्यो । नेपाल एकेडेमीको जागिरसँगै उनी सक्रिय अभिनयमार्फत आफूभित्रको कला प्रस्फुटनमा लागिन् । वि.सं. २०४३ मा सन्तान चलचित्रबाट अभिनय यात्रा थालेकी गौरी मल्लले पिरती, कन्यादान, चोट, सरस्वती, चेलिबेटी, चाहनालगायत ५० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् । पात्रमा डुब्ने र त्यसलाई जीवन्त बनाउन आफूमा भएको सम्पूर्ण शक्ति खर्चिने गौरी अभिनय कलाकी खानी हुन्। विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान तथा पदकहरूद्दारा सम्मानित गौरी मल्ललाई कठिन चुनौतीका बाबुजुत पनि चलचित्र क्षेत्रमा महिला पात्रको अस्तित्व जोगाइराख्न तथा यो क्षेत्रको पूरानो मान्यतालाई तोडी आजसम्म पनि दर्शकलाई आफूतर्फ तान्न सफल भएकोमा सेमिब्रेटी वुमनहुड (नवदेबी सम्मान)-२०१६ मा महामाया विधाद्दारा सम्मान गरियो ।[३]

मेरो वाचन गर्ने शैली पनि राम्रो थियो - गौरी मल्ल 'मेरो वाचन गर्ने शैली पनि राम्रो थियो' अनिल शाहसँगको अन्तर्वातामा उनले भनिन् । यतिसम्म की कक्षामा सरहरूले सधैं नाटक र किताब पढाउन लगाउनुहुन्थ्यो । पढ्ने बानीले जीवनमा धेरै परिवर्तन ल्याउँदो रहेछ । अध्ययनले आत्मविश्वास बढाउने र यही कारण आफूले पहिले फिल्म सन्तानमा काम गर्ने अवसर पाएको उनले खुलाईन् । अनुहार त मेरो खासै राम्रो थिएन - उनले भनिन् । तर आत्मविश्वासका साथ संवाद प्रस्तुत गर्दा म छानिएं ।उमेरले चार दशक नाघेकाले आफूचांही यतिबेला रमाइलो भन्दा पनि बिस्तारै आध्यात्मिक र खोजमूलक पुस्तकतिर रम्न थालेको उनले बताइन् । बैङ्कर शाहले पनि पढ्ने बानीकै कारण आफू बैङ्किङ क्षेत्रमा आएको बताएं ।प्रदर्शनी स्थलमा स्वदेशी र विदेशी गरेर ६० भन्दा बढी प्रकाशक तथा वितरकहरूले १०० भन्दा बढी स्थल राखेका छन् । पढ्नलाई प्रेरणा नारा दिएको प्रदर्शनी उत्साहहनक रहेको आयोजक ग्लोबल एक्सपोजिनका कार्यकारी निर्देशक सन्तोष क्षेत्रीले जनाए।[४]

चलचित्रहरू सम्पादन गर्नुहोस्

वर्ष (सन् मा) नाम भूमिका
२००० मुकुन्डो सरस्वती
२००० बसन्ती रानी
२००२ सन्यास
२००२ मामाघर
२००२ खानदान मन्थरा
२००२ धन सम्पत्ति
२००२ बक्शिस
२०१० इश्किया ममता
२०१५ सिंहदरबार प्रधानमन्त्री

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. मोसन पिक्चर पुरस्कार द राइजिङ नेपाल (१३ सेप्टेम्बर २००२)
  2. नेपालको आफ्नै चलचित्र पुरस्कारहरू रेडिफ डटकम (१ डिसेम्बर २००३) अन्तिम पहुँच मिति: २०१६-१२-३०
  3.   লেখা "url" উপেক্ষা করা হয়েছে (सहायता); |https://narimag.com.np/access-date= प्यारामिटर ग्रहण गरेन (सहायता); |title= रितो (सहायता)
  4.   লেখা "url" উপেক্ষা করা হয়েছে (सहायता); |https://nagariksamchar.com/access-date= प्यारामिटर ग्रहण गरेन (सहायता); |title= रितो (सहायता)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्