सार्वभौम राज्य

स्वतन्त्र सार्वभौम राष्ट्र एक गैर-भौतिक वैध इकाई हो, जुन एक केन्द्रीय सरकारद्वारा शासित रहेको हुन्छ जसको एक विशेष क्षेत्र माथि सार्वभौमिकता रहेको हुन्छ।[१] अन्तर्राष्ट्रिय कानुन अनुसार कुनै पनि अन्य सार्वभौम राष्ट्रसँग निश्चित सीमा, सरकार र सम्बन्ध स्थापित गर्न सक्ने क्षमता भएमा स्थायी सरकारलाई सार्वभौम राष्ट्र भनिन्छ।[२] सामान्य अर्थमा, एक सार्वभौम राज्य अर्को शक्ति वा राज्यमा निर्भर वा प्रभावित हुँदैन।

संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरू (निलो), परिवेक्षक राष्ट्रहरू (हरियो), गैर-सदस्य राष्ट्रहरू (सुन्तला), र गैर-स्वशासित क्षेत्रहरू (खैरो)

राज्यको अस्तित्व वा उन्मूलन एक कानूनी विश्वास हो। राज्यको घोषणात्मक सिद्धान्त अनुसार, एक सार्वभौम राज्य अर्को सार्वभौम राज्यको मान्यताको अतिरिक्त अस्तित्वमा रहन सक्छ।[३] सामान्यतया एक सार्वभौम राष्ट्र स्वतन्त्र रहेको बुझ्न सकिन्छ। राज्यको घोषणात्मक सिद्धान्त अनुसार, एक सार्वभौम राज्य अन्य सार्वभौम राज्यहरूद्वारा मान्यता प्राप्त बिना अस्तित्वमा रहन सक्छ।[४] आंशिक रूपमा मान्यता प्राप्त राष्ट्रहरूलाई प्राय: पूर्ण सन्धि गर्ने शक्तिहरू प्रयोग गर्न वा अन्य सार्वभौम राष्ट्रहरूसँग कूटनीतिक सम्बन्धमा संलग्न हुन गाह्रो हुन्छ।

इतिहाससम्पादन

उन्नाइसौँ शताब्दीको अन्तदेखि, लगभग सम्पूर्ण विश्वलाई खण्ड (देशहरू) मा विभाजित गरिएको छ जसमा कम वा बढी परिभाषित सीमाहरू विभिन्न राज्यहरूलाई तोकिएको छ। परापूर्वकालमा, धेरै ठूलो भू-भागहरू या त लावारिस वा निर्जन थिए, वा घुमन्ते मानिसहरूद्वारा बसोबास गरिएको थियो जुन राज्यहरूमा सङ्गठित थिएनन्। यद्यपि, आधुनिक राज्यहरूमा पनि, अमेजनको उष्णकटिबन्धीय वनहरू जस्ता ठूला दुर्गम क्षेत्रहरू छन्, जुन या त निर्जन छन् वा विशेष रूपमा वा मुख्यतया आदिवासीहरूद्वारा बसोबास गरिएको छ र तिनीहरूमध्ये केही अझै पनि निरन्तर सम्पर्कमा छैनन्। त्यहाँ राज्यहरू पनि छन् जसले आफ्नो सम्पूर्ण क्षेत्र माथि वास्तविक नियन्त्रण प्रयोग गर्दैनन्, वा जहाँ यो नियन्त्रण विवादित रहेको पाइन्छ।

हाल, अन्तर्राष्ट्रिय समुदायमा २०० भन्दा बढी सार्वभौम राष्ट्रहरू समावेश छन्, जसमध्ये अधिकांश संयुक्त राष्ट्र सङ्घमा प्रतिनिधित्व गर्दछन्। यी राज्यहरू अन्तर्राष्ट्रिय सम्बन्धको प्रणालीमा अवस्थित छन्, जहाँ प्रत्येक राज्यले आफ्नै गणना गरेर अन्य राज्यहरूको नीतिहरूलाई ध्यानमा राख्दछन्। यस दृष्टिकोणबाट, राज्यहरू विशेष आन्तरिक र बाह्य सुरक्षाको अन्तर्राष्ट्रिय प्रणालीमा एकीकृत छन्। हालसालै, अन्तर्राष्ट्रिय समुदायको अवधारणा अनुसार राज्यहरूको एक समूहलाई सन्दर्भित गर्न गठन गरिएको छ जसले सम्बन्धको कार्यान्वयनको लागि नियम, प्रक्रिया र संस्थाहरू स्थापना गरेका छन्। यसरी अन्तर्राष्ट्रिय कानुन, आधिकारिक मान्यता प्राप्त सार्वभौम राष्ट्रहरू, तिनका सङ्गठनहरू र औपचारिक शासनहरूबीचको कूटनीतिको जग बसालिएको छ।

राष्ट्र र सरकारबीचको सम्बन्धसम्पादन

यद्यपि "राज्य" र "सरकार" शब्दहरू प्रायः एक अर्काको लागि प्रयोग गरिन्छ।[५] अन्तर्राष्ट्रिय कानुनले गैर-भौतिक राज्य र यसको सरकारबीच फरक पार्दछ र वास्तवमा, "निर्वासित सरकार"को अवधारणा त्यस भेदमा आधारित छ।[६] राज्यहरू गैर-भौतिक न्यायिक संस्थाहरू हुन्, र कुनै पनि प्रकारका सङ्गठन होइनन्।[७] सामान्यतया, उदाहरणका लागि सन्धिद्वारा केवल राज्य सरकारले मात्र राष्ट्रलाई वैध वा अस्तित्वमा रहन सक्ने बनाएको हुन्छ।[६]

राज्य विलुप्त हुने अवस्थासम्पादन

सामान्यतया, राज्यहरू टिकाऊ संस्थाहरू हुन्, यद्यपि तिनीहरू स्वैच्छिक माध्यम वा बाह्य शक्तिहरू, जस्तै सैन्य विजयको माध्यमबाट निमिट्यान्न हुन सक्छन्। दोस्रो विश्वयुद्धको अन्त्यपछि हिंसात्मक राज्य उन्मूलन लगभग बन्द भएको छ किनकि राज्यहरू गैर-भौतिक न्यायिक संस्थाहरू हुन्।[८] राज्यहरूको विलुप्ति केवल भौतिक बलको कारणले मात्र हुन सक्दैन भन्ने तर्क गरिएको छ। [९]यसको सट्टा, सेनाको भौतिक कार्यहरू राज्यलाई समाप्त गर्नका लागि सही सामाजिक वा न्यायिक कार्यहरूसँग सम्बन्धित हुनुपर्दछ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Philpott, Daniel (१९९५), "Sovereignty: An Introduction and Brief History", Journal of International Affairs 48 (2): 353–368, आइएसएसएन 0022-197X, जेएसटिओआर 24357595 
  2. यो पनि हेर्नुहोस्:
    • Shaw, Malcolm Nathan (२००३), International law, Cambridge University Press, पृ: १७८ .
    • Jasentuliyana, Nandasiri, सम्पादक (१९९५), Perspectives on international law, Kluwer Law International, पृ: २०। 
  3. यो पनि हेर्नुहोस्:
    • Wheaton, Henry (१८३६), Elements of international law: with a sketch of the history of the science, Carey, Lea & Blanchard, पृ: ५१। 
    • "sovereign", The American Heritage Dictionary of the English Language (4th संस्करण) (Houghton Mifflin Company), २००४, अन्तिम पहुँच २१ फेब्रुअरी २०१० 
    • "sovereign", The New Oxford American Dictionary (2nd संस्करण) (Oxford: Oxford University Press), २००५, आइएसबिएन 978-0-19-517077-1 
    • Alain Pellet (१९९२]), "The Opinions of the Badinter Arbitration Committee", European Journal of International Law 3 (1): १८२। 
  4. Lauterpacht, Hersch (२०१२), Recognition in International Law, क्याम्ब्रिज विश्वविद्यालय छापा, पृ: 64, आइएसबिएन 9781107609433, अन्तिम पहुँच १९ जनवरी २०१८ 
  5. Robinson, E. H. (२०१३), "The Distinction Between State and Government", The Geography Compass 7 (8): 556–566, डिओआई:10.1111/gec3.12065, मूलबाट २ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अगस्ट २०१३ 
  6. ६.० ६.१ Crawford, J. (२००६), The Creation of States in International Law (2nd संस्करण), Oxford: Clarendon Press, आइएसबिएन 978-0-19-826002-8 
  7. Robinson, Edward Heath (२०१०), "An Ontological Analysis of States: Organizations vs. Legal Persons", Applied Ontology 5 (2): 109–125, डिओआई:10.3233/AO-2010-0077, मूलबाट २३ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २०१३ 
  8. Fazal, Tanisha M. (१ अप्रिल २००४), "State Death in the International System", International Organization 58 (2): 311–344, आइएसएसएन 1531-5088, डिओआई:10.1017/S0020818304582048 
  9. Robinson, Edward Heath (२०११), "The Involuntary Extinction of States: An Examination of the Destruction of States though the Application of Military Force by Foreign Powers since the Second World War", The Journal of Military Geography 1: 17–29, मूलबाट १९ फेब्रुअरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २०१३