सामुहिक लगानी कोष अथवा म्युचल फण्ड (Mutual Fund) भनेको धेरै साना-साना लगानीकर्ताहरूबाट संकलित कोष हो । जसको व्यवस्थापन र सञ्चालन पोर्टफोलियो प्रबन्धकले गर्ने गर्छन । जो व्यक्तिलाइ दोश्रो बजार अर्थात् ब्रोकरबाट शेयर खरिद-बिक्रि गर्न जोखिम महसुस गर्छन् तिनीहरूको लागि म्युचल फण्ड भनेको राम्रो लगानीको अवसर हुनसक्छ । म्युचल फण्ड नियमावली २०६७ ले  निर्धारण गरे अनुसार, म्युचल फण्डबाट संकलित रकम पोर्टफोलियो म्यानेजरले सेयर, बण्ड / ऋणपत्र, सरकारी धितोपत्र, र फिक्स डिपोजिटमा लगानी गर्ने गर्छन्। यसरी गरेको लगानीबाट आएको प्रतिफल वा लाभ ईकाई धारीहरूलाइ वहन ईकाईको आधारमा समानुपातिक तवरले वितरण गरिन्छ । एकजना औषत लगानीकर्तालाई  म्युचल फण्ड स्मार्ट र लागत प्रभावी लगानी हुनसक्छ भने येसमा लगानी गर्न ठुलो लगानी पनि आवश्यक पर्दैन । न्युनतम १००० रुपैयाँमा लगानीको सुरुवात गर्न सकिन्छ। यो लगानी विविधता गर्ने एक सजिलो मध्यम पनि हो जुन यो भनाइसँग पनि मेलखान्छ " तपाईँ एकै टोकरीमा आफ्नो सबै अन्डा राख्नहुन्न "। तपाईँलाइ शेयर बजार बारेमा त्यति ज्ञान पनि छैन, नयाँ लगानीकर्ता हुनुहुन्छ, जोखिम र एसको घटबढ बारे पनि बुझ्नुहुन्न र समय पनि दिन सक्नुहुन्न भने तपाईँलाइ म्युचल फण्ड राम्रो विकल्प हो। कोष प्रबन्धकहरूले म्युचल फण्डको तर्फ़बाट कार्यसम्पादन तथा व्यवस्थापन गर्ने भएकाले बार्षिक रूपमा प्रतिफलबाट नै व्यवस्थापन शुल्क लिने गर्छन।

फाइदाहरू सम्पादन गर्नुहोस्

सामुहिक लगानी कोषका निम्न फाइदाहरू रहेका छन् :-

  1. प्रोफेसनल व्यवस्थापक
  2. विविधीकरण
  3. सहजीकरण
  4. सानै श्रोतबाट पनि लगानी गर्न सकिन्छ
  5. सानै श्रोतबाट पनि लगानी गर्न सकिन्छ
  6. पारदर्शिता
  7. न्युन कारोबार शुल्क
  8. कर सुबिधा
  9. लगानी शुरक्षित

प्रकार सम्पादन गर्नुहोस्

विशेष गरेर संरचनागत रूपमा खुल्ला समाप्ति कोष र बन्द समाप्ति कोष गरी दुइ भागमा विभाजित हुन्छन।

खुल्ला समाप्ति कोष

खुल्ला समाप्ति कोष भन्नले वर्षे भरी किनबेचको लागि उपलब्ध हुने र  दोश्रो बजार अर्थात् नेप्सेमा सूचिकृत नहुने कोष भन्ने बुझाउँछ। खुद सम्पत्ति मूल्यको आधारमा लगानीकर्ताले आफुसँग भएको ईकाई जुनसुकै समयमा किन्न र बेच्न सक्छन्। खुल्ला समाप्ति कोषलाइ यती नै ईकाई जारी गर्नुपर्छ भन्ने कुनै त्यस्तो रोकावट हुँदैन त्येसैले माग बढेको खण्डमा ईकाई धारी जति नै भए पनि जारी गर्नसकिन्छ। येदि ईकाई धारीहरूले बेच्न चाहेमा कोषले नै किन्न पनि सक्छ।

बन्द समाप्ति कोष

बन्द समाप्ति कोष ले निश्चित संख्यामा तोके बमोजिमको ईकाई सामान्यतय ३ देखि १५ वर्षसम्मको समयको लागि जारी गर्ने गर्छन्। बन्द समाप्ति कोषले निश्चित पुंजी प्राथमिक निस्काशनद्वारा सङ्कलन गर्ने गर्छन। त्यसरी संकलित कोषलाइ धितोपत्र बोर्डमा सूचिकृत गरिन्छ अनि दोश्रो बजारमा कारोबार पनि गर्न सकिन्छ। तय गरेअनुसारको समय सिमा सकिए पछि लगानीकर्ताले ईकाईको लगानी सहितको लाभ फिर्ता पाउँछन्। लगानी उद्दश्यका आधारमा ३ भागमा वर्गीकरण गरिएको छ :

  1. वृद्धि कोष:- यो योजनाको मुख्य उद्दश्य भनेको पुंजी मुल्यांकन वृद्धि हो। यसले कुनै तेस्तो लाभांश वितरण गर्दैन।
  2. आय कोष:- यो योजनाले मुख्य आम्दानीको श्रोत पहिचान गरेर तेस्मा लगानी गरेर ईकाई धारीहरुलाइ मुलत लाभांश वा ब्याज प्रदान गर्ने गर्दछ।
  3. सन्तुलित कोष:- सन्तुलित कोषको मुख्य उद्दश्य तेस्ता लगानीकर्ता उन्मुख हुन्छ जो माध्यम सुरक्षा जस्तै कि आम्दानी र पुंजी मुल्यांकनको खोजीमा हुन्छन। एस्तो कोषको संयोजन एउटै पोर्टफोलियोमा स्टक, बोन्ड, सम्पति बजार आदिको हुनेगर्छ।