सान्यो इलेक्ट्रिक कम्पनी लिमिटेड (जापानी: (三洋電機株式会社) (सान्यो देन्की काबुसिकी-गाइसा), एक जापानी इलेक्ट्रोनिक्स कम्पनी हो। यो विगतमा फर्च्युन ग्लोबल ५०० को सदस्य थियो जसको प्रधान कार्यालय मोरिगुची, ओसाका, जापानमा अवस्थित थियो। सान्योसँग २३० भन्दा बढी सहायक र सहयोगी कम्पनीहरू थिए। यसको स्थापना सन् १९४७ मा तोसियो इउद्वारा गरिएको थियो।

सान्यो इलेक्ट्रिक कम्पनी लिमिटेड
मौलिक नाम
三洋電機株式会社
रोमन लिपिमा नाम
San'yō Denki Kabushiki-gaisha
व्यवसाय प्रकार
सहायक कम्पनी
उद्योगइलेक्ट्रोनिक्स
भवितव्यताअप्रिल २०११ मा, पानासोनिकको सहायक कम्पनी बनेको[१]
स्थापित१९४७; ७७ वर्ष अघि (१९४७)
अप्रिल १९५०; ७४ वर्ष अघि (१९५०-०४) (सुरुवात)[२]
स्थापनाकर्तातोसियो इउ
केन्द्रीय कार्यालयमोरिगुची, ओसाका, जापान
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
सेइचिरू इगाकी (प्रमुख)[२]
उत्पादनहरू
राजश्वह्रास ¥८४.६७८ अर्ब (सन् २०१८)[३]
परिचालन आय
ह्रास ¥६.५९० अर्ब (सन् २०१८)[३]
ह्रास ¥४.९८३ अर्ब (सन् २०१८)[३]
कुल सम्पत्तिह्रास ¥१०६.३०४ अर्ब (सन् २०१८)[३]
कुल इक्विटीवृद्धि ¥६४.८३२ अर्ब (सन् २०१८)[३]
कर्मचारी सङ्ख्या
१०४,८८२ (समाहित)
३,५०३ (गैर-समाहित)
(३१ मार्च २०१०)[४]
मूल सङ्गठनपानासोनिक
हेयर (दक्षिण पूर्वी एसियाली उपभोक्ता उपकरण व्यवसाय)
वेबसाइटsanyo-av.com

सन् २००९ डिसेम्बर २१ मा पानासोनिकले सान्योमा ५०.२% अंशको लागि ४०० अर्ब येन (४.५ अर्ब अमेरिकी डलर) तिरेर अधिग्रहण पुरा गरेको थियो। जसपछि यो पानासोनिकको सहायक कम्पनी बनेको थियो।[५][६] सन् २०११ अप्रिलमा यो कम्पनी पानासोनिकको पूर्ण स्वामित्वको सहायक कम्पनी बनेको थियो। यसको सम्पत्तिहरू पछिको विभागमा एकीकृत गरिएको थियो।[७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Consolidation Continues: Panasonic to Buy Sanyo", जुलाई ३०, २०१०।  वेब्याक मेसिन अभिलेखिकरण जनवरी १२, २०२१ मिति
  2. २.० २.१ "SANYO Electric Co., Ltd.", पानासोनिक, अन्तिम पहुँच नोभेम्बर २०, २०१९ 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ "2019 Integrated Report", Sanyo, अन्तिम पहुँच नोभेम्बर २०, २०१९ 
  4. "Outline", पानासोनिक, मूलबाट अप्रिल ९, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १९, २०१५ 
  5. "Panasonic Acquires Majority of Sanyo", द न्युयोर्क टाइम्स, डिसेम्बर १०, २००९, अन्तिम पहुँच नोभेम्बर २२, २०१९ 
  6. Wakabayashi, Daisuke (फेब्रुअरी ५, २०१०), "Sanyo Deal Hits Panasonic Results", वाल स्ट्रिट जर्नल, अन्तिम पहुँच फेब्रुअरी १९, २०१५ 
  7. Fuse, Taro; Hamada, Kentaro (जुलाई २९, २०१०), "Panasonic buying Sanyo and other unit for $9.4 billion", रेउटर्स, अन्तिम पहुँच नोभेम्बर २२, २०१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्