साउँद, साउद, सावद नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने खस समुदायको क्षेत्रीहरूको थर हो ।

नेपाल बाट कामको सिलसिलामा पहिले नै त्यतै बसोबास गरेर गएकाले साउद थर भारतमा पनि भेटिन्छ्न ।

यो थरका मानिसहरु नेपालको पश्चिम् भेग तिर बाक्लो बसोबास रहेको छ । नेपालका मुख्य गरि अछाम, डोटि, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेल्धुरा, कैलाली , कंचनपुर, बाके, बर्दिया, सुर्खेत लगायतका जिल्लाहरुमा यो थरको बाक्लो जनसंख्या रहेको छ । सुदुर पश्चिम् प्रदेश मुख्य गरि धेरै जनसंख्या रहेको छ भने लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा छिट्पुट छरिएर पातलो बसोबास रहेको पाईन्छ ।

साउद जातका मानिसहरुको ठूलो जनसंख्या अछाम जिल्लामा रहेको छ ।

लेखाइको हिसाब ले धेरै अपभ्रम्स भैइ कोहि 'साउद/Saud' लेख्छन त कोहि 'सावद/Sawod' लेख्ने गर्छन भने कोहि-कोहि ' साउँद/Saund' पनि लेख्ने गर्छन।

यसरी यो समुदायको फरक फरक थर लेखाइ भए पनि समग्रमा सबै खस क्षेत्री समुदायका जाती भित्र पर्दछन ।

यो जातीको त्यस्तो फरक किसिमको भासा हाल नभेटिएता पनि जुन जुन ठाउँमा साउद थर बसोबास गरेका छ्न त्यतै को भेगिए भासा बोल्ने गरेको पाईन्छ । जस्तै अछाममा रहेका साउदहरु 'अछामी' भासा बोल्छन भने डोटिमा बस्नेले 'डोटेली', बैतडिमा बस्नेहरु 'बैतडेल' लगाएत मिश्रित तरिकाले लवज मिलाएर बोलचाल गर्ने गरेको पाईन्छ ।

साउद थर/जातका सोह्र प्रकारहरु जनसंख्याका आधारमा तलका अनुसार छुट्टयाइएको छ।

- तेभारे / तेभार्या साउद

- पल्तेले साउद

- स्यावनी साउद

- कुस्कोटी साउद

- दुदुडेल साउद

- मलासी साउद

- बनासी साउद

- घिघिडेल साउद

- करुडेल / करुड्याल साउद

- बैक साउद

- हाङ/हाङग साउद

- माङ/ मान/ माङ्ग साउद

- वाङ / वान / वाङ्ग साउद

- टिमाल साउद

- जलु साउद

- तामल साउद

साउद जातीहरु बाईसे चौबिसे राजाका पालामा लाडाकु र सिपाही बनेर युद्धमा लडेको ईतिहास छ । जुम्लामा रहेका सिलालेखहरुमा साउद जातीहरु खस साम्राज्यको समयमा सैनिक प्रमुख पदमा नियुक्त भै युद्धका योजना तथा रणनीतिहरुले खस साम्राज्य बचाउनका लागि लडेको भन्ने प्रमाणहरु भेटिएको छ ।

उल्लेखनीय साउद, सावद/सामन्तहरू सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोला सम्पादन गर्नुहोस्