पञ्चै बाजाको मुख्य भुमिकामा रहेको सहनाई एक प्रकारको विशेष बाजा हो। यसलाई सनही, सनै, सनई, सहनाई वा सनाई पनि भनिएको पाइन्छ । मुरलीमा झैँ हरका आठवटा प्वालहरूमा औँला चाल्दै फुक्दै बजाइने यो बाजा निकै परिश्रमी लोक कलाकारहरूले मात्र बजाउन सक्छन्। विशेष गरी सिल्वर र पित्तलबाट निर्मित सनईले आठवटा प्वालको भाखा निर्माणबाट छत्तीस राग रागीनीयुक्त धूनहरू प्रस्फुटन गर्दछ।

सहनाई अर्थात् सनई नौमती बाजाको प्रमुख आकर्षण हो, जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ। एउटा सनई औँला चाल्दै बजाउँदा अर्काले फुकेर सूर मात्र दिइरहन्छ । त्यसैले सूर दिने सनईलाई भाले सनई र औँला चाल्दै भाखा हालेर बजाइने सनईलाई पोथी सनई पनि भनिन्छ। ताडको पातबाट बनाएको नलले यसलाई बजाउन सहयोग गर्छ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्