नौमती

नौ वटा बाजाहरूको सामूहिक बाजा जुन नेपाली विवाहमा बजाइने गरिन्छ।

बाजा नौ वटा बाजाहरूको सामूहिक बाजा हो।[] [] यो पञ्चैबाजाको ठूलो रूप हो जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ। यस अन्तर्गत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजा हुन्छन् जसमा सहनाई र दमाहाका दुई-दुई वटा हुन्छन्। सहनाई र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ।[] नौ जना वाद्यवादक लोककलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो वाद्यसमूहलाई नौमती बाजा भनिएको हो।[][]

नौमती बाजाहरूको सङ्क्षिप्त विवरण

सम्पादन गर्नुहोस्

सहनाई अर्थात् सनई नौमती बाजाको प्रमुख आकर्षण हो जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ।[] फुक्दै पौन फेर्दै यसमा मुरलीमाझैँ हरका आठवटा प्वालहरूमा औँला चाल्दै बजाइने यो बाजा निकै परिश्रमी लोककलाकारहरूले मात्र बजाउन सक्छन्। एउटा सनई औँला चाल्दै बजाउँदा अर्काले फुकेर सूर मात्र दिइरहन्छ त्यसैले सूर दिने सनईलाई भाले सनई र औँला चाल्दै भाखा हालेर बनाइने सनईलाई पोथी सनई पनि भनिन्छ। विशेष गरी सिल्वर र पित्तलबाट निर्मित सनईले आठवटा प्वालको भाखा निर्माणबाट छत्तीस राग रागीनीयुक्त धूनहरू प्रस्फुटन गर्दछ।

मादलजस्तो तर खरी नभएको यो बाजा पनि एकातिर हातले र अर्कोतिर सानो लट्ठीले ठोकेर बजाइन्छ। यसले अरू बाजाहरूको लयलाई ताल छोप्ने र बिट मार्ने काम गर्छ। ढोलक जोझण्डै डेढफिट लामो काठ र छालाले बनेको हुन्छ।

यसैगरी नौमती बाजामध्ये ठूलो बाजाका रूपमा दमाहा पर्दछ। तामा र छालाले बनेको यो बाजालाई काठको गजाले ठोकेर बजाइन्छ। यसको ध्वनि मोटो र थर्काउने प्रकृतिको हुन्छ।

दमाहाको सानो रूपलाई सानो दमाहा भनिन्छ।

दमाहाकै आकारको तर त्यसभन्दा सानो दमाहालाई बाउँताल भनिन्छ। यसको आवाज ठूलो दमाहाको जस्तो मोटो हुँदैन। ठूलो दमाहाको तुलनामा यसको धन्काई पनि कम हुन्छ त्यसैले यसैले यसलाई दमाहाको सहयोगी धनबाजाको रूपमा लिइन्छ।

नौमती अन्तर्गतको ताल दिने अर्को बाजा हो ट्याम्को जसको बनावट झण्डै झण्डै सानो दमाहा जस्तै हुन्छ। यो सानो र छरितो बाजालाई काठका साना गजाले ठोकेर बजाइन्छ। सनईका स्वरबाट सूर पैदा भएपछि ट्याम्कोले भाखा टिप्दै ताल दिन्छ र अरू बजाहरू बज्न थाल्छन्। यसरी ट्याम्को र सानो दमाहा एक अर्काका पूरक बाजाहरू हुन्। कहिलेकाहींँबाजा र वाद्यबादकहरूको कमीमा कुनै एकको अभावमा पनि नौमतिबाजा बज्ने गर्दछ।

झ्याम्टा/झ्याली

सम्पादन गर्नुहोस्

बाजाहरूको लय टुक्रिँदा ताल दिने यो बाजा काँसबाट बनेको थालजस्तो आकारको हुन्छ। काँशका दुई थालहरू जस्तै आकारका झ्याम्टामा हातका औँला छिराउनका लागि बनेका दुई प्वालमा डोरी छिराई त्यसैका आडमा हत्केलाले झ्याम्टा एक आपसमा जुधाएर काँशे रन्को निकालिन्छ। सनईको सूरमा ट्याम्कोले ताल समातेपछि दमाहा र ट्याम्कोले खालको बिट मार्दछन्|त्यसरी विट मार्ने क्षणमा ध्वनियुक्त मीठाससँगै झ्याईंझ्याईं गर्दै झ्याम्टा बजाइन्छ।

संस्कृत शब्द नरश्रृङ्गको अपभ्रंस भई बनेको शब्द नरसिङ्गा नर (मानिस) ले आफ्नो टाउकोमाथि सिङजस्तो ठाडो मारेर बजाउने भएकाले यसका नाम नरसिङ्गा रहेको हुनसक्छ। फुक्ने ठाउँ सानो तर क्रमशः ठूलो ठूलो हुँदै फुक्दै नरसिङ्गाको मुख ठूलो हुन्छ। तामाले बनेको यो वाद्ययन्त्र दुई खण्डमा हुन्छ जसलाई बजाउने बेलामा जोडिन्छ। नबजाई बोक्दा यसको सानो भागलाई ठूलो भागभित्र हाली काँधमा बोकिन्छ। पशुको सिङ्ग आकारको यो बाजा यसमा पारङत थोरैले मात्र बजाउन सक्दछन्। बिहे बटुलोमा जन्ती जाँदा बाटोमा कुनै देवस्थल, गुम्बा, घुम्ती तथा भञ्ज्याङ देउरालीहरूमा नरसिङ्गा फुकिन्छ र सँगसँगै धुँ धुँ गरेर कर्नाल बजाइन्छ।

बजाउन सबैभन्दा कठिन बाजाका रूपमा परिचित कर्नाललाई सोझो र अलिक ठूलो नरसिङ्गा भन्दा हुन्छ। साह्रै मोटो आवाजका लागि फुकेर बजाइन्छ।तामाले बनेको कर्नाल बाजा लामाले प्रयोग गर्ने लामा जस्तै हुन्छ तर फुकाइ फरक हुन्छ। कर्नाललाई पनि नरसिङ्गालाई जस्तै भाँचेर बोकिन्छ र जोडेर बजाइन्छ।

सम्बन्धित लेख

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. दर्नाल, रामशरण (सन् १९९०), "केही नेपाली वाद्यसमूह (बाजा)", सिएनएएस, त्रिभुवन विश्वविद्यालय १७: ५७–७३। 
  2. "मानव समुदायकै सम्पत्ति हाे पञ्चैबाजा/नाैमती बाजा", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०१ 
  3. पाण्डे, भगवती, "नौमती बाजा घन्काउँदै महिला", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०१ 
  4. "नौमती बाजाको संरक्षणमा जुटे ब्राह्मण समूह", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०१ 
  5. "नौमती बाजा बजाउँदै ब्राह्‌मण", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०१ 
  6. खनाल, प्रतीक्षा, "नौमती बाजाको बेलिविस्तार", इमेज खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०१