समर लभ (उपन्यास)
समर लभ साहित्यकार सुबिन भट्टराईद्वारा लेखिएको उपन्यास हो । विसं २०६९ मंसिरमा फाइन प्रिन्ट आइएनसी प्रकाशित गरेको यो उपन्यास आधुनिक प्रेम र रोमान्समा आधारित वियोगान्त उपन्यास हो । २४७ पृष्ठमा सङ्ग्रहित यो उपन्यास सुबिन भट्टराईको दोस्रो कृति हो। यसै कृतिमा आधारित रहेर २०७५ सालमा समर लभ नामक चलचित्र पनि निर्माण भएको थियो ।
लेखक | सुबिन भट्टराई |
---|---|
आवरण कलाकार | प्रिन्सा श्रेष्ठ (मोडल) किशोर कायस्थ (तस्विर) सुवर्ण हुमागाई (ढाँचा) [१] |
देश | नेपाल |
भाषा | नेपाली |
विषय | उपन्यास |
प्रकार | प्रेम र रोमान्स |
प्रकाशक | फाइन प्रिन्टआइएनसी |
प्रकाशित मिति | २०६९ साल |
पृष्ठ | २४७ पृष्ठ |
आइएसबिएन | 978-9937-8563-8-6 |
कथानक
सम्पादन गर्नुहोस्समर लभ मुख्य पात्र अतीत र शायाको प्रेममा आधारित छ।अतीतको सुरूमा इन्ट्रान्स टपर शाया को हो भन्ने कौतुहलता जाघ्छ। एउटै कलेज र घर जाने बाटोपनि एउटै हुदा दुवै नजिकिन्छन्। उनीहरूको प्रेम जीवन राम्रै चलेको हुन्छ तर कलेज यात्रा समाप्त हुदा केही प्रभाव पर्छ।थप प्रभाव जातीय अन्तरले पार्छ।काम र पढाईको शिलशिलामा अतीत धनगढी र शाया नर्वे जान्छन्। बिचमा दुवैको लुकीछिपी विवाह भएपनि केही छिनमा दुवैको विछोड हुन्छ ।विछोड पछि अतीतपनि शायाको खोजीमा नर्वे पुघ्ने र किरण भन्ने साथीलाई भेटेर यो आफ्नो कथा सुनाउने र उसले यो कथा लेखिदिन्छ र विछोडमै यो उपन्यास टुङगेको छ। प्रेम र रोमान्सले भरिपूर्ण यो उपन्यासमा दुई प्रेम जोडीको सङघर्स देखाईएको छ। [४] [५][६][७]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ (24 February 2013) समर लभकी साया (Himal Khabarpatrika)
- ↑ [१] वेब्याक मेसिन अभिलेखिकरण २०१६-०१-२५ मिति
- ↑ [२]
- ↑ Dhamala, Roshani(29 November 2013). Book Chat: Of tales, telling, and narration वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२२ मिति, República (Nepalese newspaper)
- ↑ (4 September 2014). समर लभको दोस्रो भाग २३ गते, नागरिक पत्रीका (in Nepali)
- ↑ (9 September 2014). Subin Bhattarai continues love story with 'Saaya', República (Nepalese newspaper) (discussing "sequel to author Subin Bhattarai’s bestselling novel ‘Summer Love’")
- ↑ (13 September 2014). Youngsters throng Sabin's Saaya launch[स्थायी मृत कडी], The Himalayan Times