सन् २०१२-२०१३ को प्रिमियर लिग
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सन् २०१२-२०१३को प्रिमियर लिग (प्रायोजक भएको कारण बारक्लेज प्रिमियर लिग भनेर चिनिने) बेलायती फुटबल क्लबहरूको लागि व्यवसायिक लिग हो । सन् १९९२ देखि सुरु भएको यो लिग एक्काइसौं संस्करण हो । यसपालीको खेल तालिका सन् २०१२ जुन १८ मा सार्वजनिक भएको थियो ।[३][४] यो फुटबल लिग सन् २०१२ अगष्ट १८मा सुरु भएर सन् २०१३ मे १९ तारिखमा सम्पन्न भएको हो । [४] यसभन्दा अघि सन् २०११-१२को सिजनमा जित हासिल गरेर म्यानचेस्टर सिटी यसपाला डिफेन्डिङ च्याम्पियनको रूपमा मैदानमा उत्रेको थियो । म्यान्चेस्टर सिटीको लागि सन् १९६७–६८ देखि अहिलेसम्मको पहिलो जित थियो ।
संस्करण | २०१२–१३ |
---|---|
विजेता | म्याचेस्टर युनाइटेड |
च्याम्पियन्स लिग | म्यानचेस्टर युनाइटेड |
युरोपा लिग | स्वानसी सिटी |
खेलिएका खेलहरू | ३३७ |
गोलहरू | ९३० (प्रति खेलमा २.७६) |
सर्वाधिक गोलकर्ता | रोबिन भान पर्सी (२४ गोलहरु)[१] |
Biggest home win | चेल्सी ८–० एस्टन भिल्ला |
गृहमैदान बाहिर विजयी | क्विन्स पार्क रेन्जर्स ०–५ स्वानसी सिटी |
सर्वाधिक अङ्क | आर्सनल ७–३ न्युक्यासल |
लामो विजय यात्रा | ७ खेल[२] म्यान्चेस्टर युनाइटेड |
लामो अपराजित यात्रा | १८ खेल[२] म्यान्चेस्टर युनाइटेड |
लामो जितविहीन यात्रा | १६ खेल[२] क्विन्स पार्क रेन्जर्स |
लामो पराजय यात्रा | ७ खेल[२] रिडिङ |
सर्वाधिक उपस्थिति | ७५,६०५[२] म्यानचेस्टर युनाइटेड १-० रिडिङ (१६ मार्च २०१३) |
सबैभन्दा कम उपस्थित | १५,४३६[२] विगन एट्लेथिक ३–२ रिडिङ (२४ नोभेम्बर २०१२) |
औसत उपस्थिति | ३५,७४५[२] |
← २०११–१२ २०१३–१४ → |
सन् २०१३ अप्रिल २२मा ओल्ड ट्राफोर्ड रंगशालामा सम्पन्न खेलमा एस्टन भिल्लालाई ३-० गोल अन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड यो सिजनको उपाधि विजेता भएको छ । म्यान्चेस्टर युनाइटेडका लागि यो उपाधिमाथिको १३औं तथा इङ्लिस उपाधिमाथिको २०औं विजय हो । पाँच खेल खेल्न बाँँकी रहँदा नै अङ्क तालिकाको दोस्रो स्थानमा रहेको पूर्व विजेता टिम म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेडभन्दा १६ अङ्कले पछि परेपछि युनाइटेडलाई विजेता घोषणा गरिएको हो ।[५][६] सन् २००५-०६मा चेल्सीलाई विजेता घोषणा गरिएपछि विजेता बारे अप्रिलमा निर्णय लिइएको यो पहिलोपटक हो । त्यस्तै प्रिमियर लिगको इतिहासमा चारवटा खेल बाँँकी हुँदा नै खेलको विजय सुनिस्चित भएको यो चौथो पटक हो । यसभन्दा अघि सन् २००३-०४मा आर्सनल यसैगरी च्याम्पियन घोषित भएको थियो ।[७] बेलायती राष्ट्रिय फुटबल टिम व्यवस्थापक रोय हड्सनले युनाइटेडका व्यवस्थापक एलेक्स फर्गसनलाई २१ सिजनमा १३ उपाधि जिताउन सफल जादुगरको संज्ञा दिएका छन् ।.[८]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Barclays Premier League Stats: Top Goal Scorers – 2012–13", ESPN Soccernet, Entertainment and Sports Programming Network (ESPN), अन्तिम पहुँच २५ अगस्ट २०१२। वेब्याक मेसिन अभिलेखिकरण १७ मे २०१२ मिति
- ↑ २.० २.१ २.२ २.३ २.४ २.५ २.६ "Barclays Premier League Stats – 2012–13", ESPN Soccernet, Entertainment and Sports Programming Network (ESPN), अन्तिम पहुँच १८ अगस्ट २०१२। वेब्याक मेसिन अभिलेखिकरण २७ जुलाई २०१३ मिति
- ↑ "Fixtures out on Monday", manutd.com, १६ जुन २०१२, अन्तिम पहुँच १७ जुन २०१२।
- ↑ ४.० ४.१ "When does the 2012/13 season start?", premierleague.com, Premier League, ८ मे २०१२, अन्तिम पहुँच १५ मे २०१२। वेब्याक मेसिन अभिलेखिकरण १९ अप्रिल २०१२ मिति
- ↑ "Sir Alex Ferguson hails Robin van Persie's 'goal of the century'", Guardian UK, २२ अप्रिल २०१३, अन्तिम पहुँच २३ अप्रिल २०१३।
- ↑ "Man United 3 Aston Villa 0", Daily Mail, २२ अप्रिल २०१३, अन्तिम पहुँच २३ अप्रिल २०१३।
- ↑ "The Champions by Numbers: How does Man United's 20th league title success compare to the others?", Daily Mail, २२ अप्रिल २०१३, अन्तिम पहुँच २३ अप्रिल २०१३।
- ↑ "Sir Alex Ferguson is a magician, says England boss Roy Hodgson", BBC Sport, २३ अप्रिल २०१३, अन्तिम पहुँच २३ अप्रिल २०१३।