सञ्चार तथा सूचना प्रविधि मन्त्रालय (अफगानिस्तान)

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अफगानिस्तान सरकारको एक अङ्ग हो। हाल अफगानिस्तानका सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहम्मद फाहिम हाशिमी हुन्।[१] सन् २०१९ मा मन्त्रालयमा एक आत्मघाती हमला गरिएको थियो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
دمخابراتو وزارت

दूरसञ्चार मन्त्रालयको १८ तले भवन
मन्त्रालय विवरण
गठन१९५५ (1955)
किसिममन्त्रालय
अधिकार क्षेत्रअफगानिस्तान
प्रधान कार्यालयकाबुल, अफगानिस्तान
मन्त्री
उप प्रधानमन्त्री
  • Deputy Minister-Technical of MCIT,
मातृसंस्थाहरू
वेबसाइटआधिकारिक वेबसाइट

अवलोकन सम्पादन गर्नुहोस्

सञ्चार र सूचना प्रविधि मन्त्रालयले अफगानिस्तानको प्राविधिक क्षेत्रको प्रगतिबारे जनतालाई जानकारी दिन वार्षिक प्रतिवेदनको प्रस्तुत गर्दै आइरहेको छ। सन् २००१ को अन्त्यमा, सम्पूर्ण अफगानिस्तानमा २ करोड ७० लाख जनसङ्ख्याको सेवा गर्ने अनुमानित ३५००० फोनहरू सक्रिय थिए जुन विश्वको सबैभन्दा कम दूरसञ्चार घनत्व मध्ये एक हो।सम्पर्कहरू केवल उपग्रह सुविधाहरू मार्फत मात्र पूरा हुन्छ जुन अफगानिस्तानका छ वटा प्रमुख सहरी क्षेत्रहरूमा मात्र लागु छ। अन्तर्राष्ट्रिय परामर्श सहायताको साथ सञ्चार मन्त्रालयले अक्टोबर २००२ मा आधुनिक दूरसञ्चार तथा इण्टरनेट क्षेत्रमा एक नीतिको प्रकाशित गरेको थियो। उक्त नीति संरचना पारदर्शी र निजी क्षेत्रको नेतृत्वमा प्रतिस्पर्धाको लागि रूपरेखा राख्ने श्रेय पनि बनेको थियो। नोभेम्बर २००९ सम्ममा, अफगानिस्तान १ करोड ४० लाख भन्दा बढी मोबाइल ग्राहकहरू रहेका छन् जून अघिल्लो सात वर्षको तुलनामा ३०० गुणाले वृद्धि भएको मानिएको छ। यस क्षेत्रमा १.२ अर्ब अमेरिकी डलर भन्दा बढी लगानी भइसकेको छ।[२]

सन् २००३ मा अन्तर्राष्ट्रिय तवरमा अनुदान प्राप्त सल्लाहकारहरूले नयाँ दूरसञ्चार कानूनको मस्यौदामा तयार पर्नमा मद्दत गरेका थिए। उक्त मस्यौदालाई डिसेम्बर २००५ मा राष्ट्रपतिद्वारा जारी गरिएको थियो। जुन २००६ मा मन्त्रालयले नयाँ दूरसञ्चार सेवाहरूको अनुमति पत्र वितरण गर्नका लागि प्रतिस्पर्धी टेण्डरको आह्वान गरेको थियो।

दूरसञ्चार क्षेत्रमा चार मोबाइल सेवा प्रदायकहरूले आर्थिक पुनर्निर्माणको नेतृत्व गर्दछन् जसले देशको ७५% भन्दा बढी क्षेत्रमा सेवा प्रदान गर्दछन्। इण्टरनेट सेवा प्रदायकहरूले २,४०० भन्दा बढी टावरहरू सहित २५० भन्दा बढी ठुला सहरी क्षेत्रहरूमा सेवा प्रदान गर्दछन्। ५०,००० प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी इण्टरनेट सेवा प्रदायकहरूद्वारा सृजना गरिएको छ।

त्यहाँका १५ प्रमुख इन्टरनेट सेवा प्रदायकहरूलाई देशका २० प्रमुख सहरी क्षेत्रहरूमा सेवा सञ्चालन गर्नका लागि अनुमति पत्र प्रदान गरिएको छ। अफगान दूरसञ्चार, अफगानिस्तानको एक सरकारी दूरसञ्चार कम्पनी हो जसको स्थापना सन् २००६ मा गरिएको थियो। सन् २००८ यता कम्पनीको ८० सेयर निजीकरण भइसकेको छ। देशमा हाल, अनुमानित ४५,००० ल्यान्डलाइन र १,०४,००,००० मोबाइल ग्राहकहरू रहेका छन्।

अप्रिल २०१९ मा भएको आत्मघाती हमला सम्पादन गर्नुहोस्

२० अप्रिल, २०१९ मा, मन्त्रालयमा एक आत्मघाती हमला गरिएको थियो जसमा सबै पाँच जना आक्रमणकारीहरूको मृत्यु भएको थियो जसमा चारजना नागरिक र तीन प्रहरी अधिकारीहरू पनि मारिएका थिए। आइएसआइएस-केले पछि उक्त आक्रमणको जिम्मेदारी लिएको थियो जसले गर्दा दुई सरकारी मन्त्रालयहरू रिक्त भएका थिए।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "تاریخچه وزارت مخابرات وتکنالوژی معلوماتی", सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइट 
  2. "تاریخچه وزارت مخابرات وتکنالوژی معلوماتی", आधिकारिक वेबसाइटको अभिलेख, अन्तिम पहुँच नोभेम्बर २०१९ 
  3. Popalzai, Ehsan, "7 people were killed in the siege of an Afghan government ministry. All 5 attackers are also dead, officials say", सिएनएन, अन्तिम पहुँच अप्रिल २१, २०१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्