सजिलोबाद
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
नेपाली भाषा व्याकरणमा सजिलो लेखनको थालनीको अभियानलाई सजिलोबाद भनिन्छ। बि. सं. २०१६ सालमा सुरु भएको नेपाली साहित्यिक आन्दोलन मध्येको यस अभियानका प्रस्तावक प्रो. राम राज पन्त हुन्।[१] उनले आफ्नो कृति नेपाली लिपि विज्ञानमा सजिलो लेखन पद्धतिका बारेमा ७ सूत्रीय प्रस्ताव प्रस्तुत गरेका छन्।[२][३] नेपाली लेखनपद्धति वैज्ञानिक नभएको र व्याकरणका नियम पनि वैज्ञानिक दृष्टिबाट नमिलेका कारण सजिलोबादको अवधारणा पन्तले प्रस्तुत गरेका थिए। नेपाली भाषाका अग्रणी भाषाविद उनले यसलाई प्रजातान्त्रिक समाज सुहाउँदो लेखन पद्धति भनेका छन्।