सङ्गोर मिथिला Sangor Mithila Nepal यो एउटा युवाहरूको सामाजिक संस्था हो। यसको मुख्यालय सिरहाको लहान रहेको छ।"सङ्गोर" मैथिली भाषाको शब्द हो। जसको अर्थ  "एक जुट भएको वा  समूह" हुन्छ। यसको स्थापना वि.संं २०७२ भदाैँ ५ गतेमा मिथिला स्टुडेन्ट युनियन नेपाल नामबाट भएको थियो। 'एक डेग मिथिला विकासक लेल' भन्ने मुल नारा रहेको छ। सामाज परिवर्तनको मुल आधारहरू मध्ये एक विद्यार्थी तथा युवाहरूलाइ लक्षित गरी हाल सम्म लहानकै अन्यन्त सक्रिय संस्थाको रूपमा रहेको देखिन्छ।

Sangor Mithila Nepal
गठनअगस्ट १०, २०१५; ८ वर्ष पहिले (२०१५-०८-10)
कानुनी वैद्यतासमाजिक संस्था
लक्ष्यमाृतभाषा उत्थान
प्रधान कार्यालयलहान,सिरहा
आधिकारिक भाषा
मैथिली
वेबसाइटHttps://www.sangormithilanepal.org.np/

कार्यहरू सम्पादन गर्नुहोस्

 
सङ्गोर मिथिला नेपाल समूह

यसले मातृभाषा मैथिलीको साहित्य,कला ,संस्कृति तथा सामाजिक विकासको लागि विभिन्न कार्यहरू गर्दै आएका छन्।

प्राय: सामाजिक ,साहित्यिक चेतनाको स्तरबाट मैथिली भाषामा विद्यार्थीहरू बिच वक्तृत्वकला , प्रश्नोत्तर कार्यक्रम, सरसफाइ कार्यक्रम ,साहित्यिक गोष्ठी तथा विपदमा परेकोलाइ सहयोग पनि गरी रहेकोछ। प्रतेक महिना साहित्यिक गोष्ठि आयोजन गर्नु ,मातृभाषाको प्रशिक्षण दिनु, सचेतना फैलाउनु यस संस्थाका प्रमुख कार्यहरू हुन्।

अनलाइनमा eSangor नामबाट ब्लग सञ्चालन पनि गरेको छ। हाल सिरहा र सप्तरीको हनुमाननगरमा औपचारिक रूपमा एकाइ विस्तार गरेको छ।

 

इतिहास सम्पादन गर्नुहोस्

मिथिला स्टुडेन्ट युनियन नेपालबाट यो संस्था प्रारम्भ भएको थियाे।