देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले "नेपालको संविधान २०७२"लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो । संविधान दिवस संविधान जारी भएको दिनको सम्झनामा मनाइने दिवस हो। नेपालमा हालसम्म विभिन्न समयमा गरी ६ वटा संविधानहरू लागू भएका छन्। त्यस अनुसार नै संविधान दिवस मनाइएको पाइन्छ। पछिल्लो समय नेपालको संविधान २०७२जारी भएकोदिन संविधान दिवस असोज ३ गते मनाइन्छ। [१]


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "राष्ट्रपतिद्वारा संविधान जारी भएको घोषणा", अन्तिम पहुँच सेप्टेम्बर १८, २०१९ 



बाह्य सूत्र सम्पादन गर्नुहोस्